चिकित्सा विज्ञान

डाक्टरको कलम

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

बदलिदो समय साक्षेप डाक्टरको कलममा परिवर्तन गर्नुपर्ने देखिन्छ । औषधि लेख्दा अंग्रेजीमा लेखेपनि खाने तरिकालाई नेपालीमा होस् वा अंग्रेजीमा लेख्दा प्रष्ट लेखेको हुनुपर्छ । यसरी लेख्दा औषधि दिनेलाई समेत राम्रो हुने देखिन्छ । यसो भएमा सामान्य पढे लेखेकाले समेत औषधि सेवन गर्न सहज हुनेछ ।

औषधि जस्तो संबेदनशील बस्तुलाई नेपालीमा प्रष्ट लेखेर दिदा औषधि सेवन गर्ने र फार्मेसिमा बस्नेलाई समेत सजिलो हुन सक्ने हाम्रो अनुमान छ । कतिपय औषधि तौलको आधारमा दिनुपर्ने औषधि कमडोजमा दिएमा औषधिले काम समेत नगर्ने हुन सक्छ ।

यो पनि पढ्नुहोस्

विश्वविख्यात ७ वरिष्ठ डाक्टरहरु

विरामीप्रति डाक्टरको भुमिका

निरोगी हुन् डाक्टरका ३३ सुझावहरु

औषधि दिने सिष्टममा सुधार नहुँदासम्म चाँडो रोग निको नहुने र रेजिष्टेण्ड हुने खतरा बढेको देखिन्छ । यस्तो हुनुमा डाक्टर मात्र होइन भाषा पनि दोषी ठहरछ । अल्पविकसित राष्ट्रमा स्वदेशी भाषाको प्रयोग हुनुपर्छ तर यहाँ सवै उल्टो देखिन्छ ।

हरेक एण्टिवायोटिक औषधिको खोलमा औषधि खानेतरिका र तौलको विषयमा प्रष्ट खोलेर लेखेको हुन आवश्यक छ । औषधि डाक्टरको सल्लाह वमोजिम उल्लेख भएपनि डाक्टरको Prescription मा उल्लेख नभएको अवस्थामा औषधि वितरण गर्दा फाइदा भन्दा वेफाइदा हुन सक्छ ।

Like & Follow us on Facebook

औषधि जस्तो संबेदनशील वस्तुमाथि हेलचक्राई गर्नु गलत हो । केहि कम्पनीले ५०० मि.ग्राम को औषधिलाई ल्याबमा चेक गराउदा २०० मि.ग्रा भएको कुरा समाचारमा सुनिएको छ । यस्ता औषधि सेवन गर्नेहरूलाई रोग निको नहुने र रेजिष्टेण्ड हुने खतरा ज्यादा हुने गरेको पाइन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!