स्वास्थ्यहेल्थ टिप्स

यार्सागुम्बा र यसको महत्व

Dr. Ram Bdr Bohara
डा. राम बहादुर बोहरा

यार्सागुम्बा भनेको हिमाली भेकमा पाइने ढुसी र झुसिल्किरा एकै ठाउँमा जोडिएर रहेको बस्तु हो । यसमा ढुसी र झुसिल्कीरा परस्परमा आश्रित भएका हुन्छन् । यार्सागुम्बाको जीवनचक्रका सम्बन्धमा बनस्पतिविदहरूका अनुसार यो ६ महिना किरा र ६ महिना बनस्पति भएर रहन्छ । त्यसरी हेर्दा बनस्पति जीवित रहे प्राणी मर्ने र प्राणी जिवित रहे बनस्पति मर्ने हुन्छ ।

जमिनमा रहेका पुराना यार्सागुम्बाबाट हावामा प्रशस्त बीऊहरू फैलिरहन्छन् । यी बीऊहरू एक प्रकारका पुतली, झुसिल्कीराको शरीरमा टाँसिन्छन् र त्यहीँ उम्रन्छन् । यी बीऊहरू उम्रेपछि यिनका जराहरू झुसिल्कीराको शरीरमा फैलन्छन् त्यस समयसम्म झुसिल्कीरा हिडडुल गरिरहेकै हुन्छ । यसरी यो बनस्पतिको जराहरूले झुसिल्कीरालाई पुरै ढाक्दै गएपछि झुसिल्कीरा जमिनभित्र गएर मर्छ ।

झुसिल्कीरा जमिनमा मरिसकेपछि बनस्पतिले आफ्नो आहारा त्यही झुसिल्कीराको शरीरबाट लिन्छ र बनस्पति विकसित हुन्छ अर्थात माटोमाथि जिवित रहन्छ माटोमुनि मर्छ । माटोमाथिको बनस्पति माटोमुनिको प्राणीको टाउकोबाट पलाएको हुन्छ यसको रङ्ग कालो हुन्छ जसको टुप्पोमा साना-साना प्वालहरू हुन्छन् ती प्वालभित्र लामा-लामा थैला हुन्छन् र प्रत्येक थैलामा मसिना-मसिना लामा-लामा बीऊ हुन्छन् ।

यार्सागुम्बाको प्रयोग कामोत्तेजक औषधि तथा स्मरण शक्तिवर्द्धक औषधिको रुपमा प्रयोग गरेको कुरा विभिन्न पुस्तकहरूमा उल्लेख भएको पाइन्छ । तर यसलाई औषधिको रुपमा त्यतिमा मात्र प्रयोग गरिने कुरा नेपालको आयुर्वेदिकले मान्न तयार छैन । उहाँहरूका अनुसार यस बाहेक अन्य औषधिमा पनि यार्सागुम्बाको प्रयोग गरिन्छ । यार्सागुम्बा पाइने ठाउँका मानिसहरूका अनुसार यार्सागुम्बा रक्तश्राप रोक्न, काटेको घाउ चाँडै निको पार्न, रगतमासी निको पार्न तथा शरीर दुखेमा पनि यसलाई पिसेर धुलो बनाई खाने गरिन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

यो पनि पढनुहोस्

जिरा र यसको प्रयोग

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!