खानपान

फापरको रोटी खानुका फाइदाहरु

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

फापरको रोटी मलाई सारै मनपर्छ । अहिले फापर लोपोन्मुख हुन थालेको देखिन्छ । फापरमा भिटामिन बी१, बी६, प्रोटिन प्रशस्त पाइनुको साथै एन्टिअक्सिडेन्ट पोलिफेनोल पाइन्छ । मासु नखाने शाकाहारीका लागि फापर प्रोटिनको धनी स्रोत हो जसमा करिब १२.५ प्रतिशत प्रोटिन पाइन्छ । जनावरको मासु खाँदा कोलेस्टेरोल अनि अन्य अस्वस्थ्यकर चिल्लो पदार्थहरु पनि खान सकिने भएकाले हृदय सम्बन्धी रोगहरुको जोखिम बढ्न सक्छ । तर फापरमा कोलेस्टेरोल नपाइने हुँदा यो स्वास्थ्यका दृष्टिकोणबाट पनि एक उत्कृष्ट वनस्पतिय भोजन हो ।

यो पनि पढ्नुहोस्

कुरिलो खानुका फाइदाहरु

पुदिना र यसका फाइदाहरु

सिस्नु खानुका फाइदै फाइदाहरु

पालुंगो र यसका फाइदाहरु

गर्मीमा मेवा खानुका फाइदाहरु

जामुन खानुका फाइदाहरु

भुटेको मकै खानुका फाइदाहरु

फापरमा प्रशस्त मात्रामा पाइने खनिजहरु जस्तै जिंक, कपर, म्यागनेसियम शरीरलाई स्वास्थ्य राख्ने आवश्यक तत्वहरु छन् । फापरको पिठोको अर्को विशेषता भनेको गहुँ वा जौको पिठोमा पाइने ग्लुटेन भनिने प्रोटिन यसमा पाइँदैन । फाइबरयुक्त फापर कम ग्लाईसेमिक इन्डेक्स भएको खाद्य पदार्थमध्ये एक हो, जुन मधुमेहका लागि लाभदायक हुन्छ । फापरको सेवन रगतको कोलेस्टेरोल घटाउन पनि सहयोगी हुने एक वैज्ञानिक रिपोर्टले बताउँछ । जापानी अनुसन्धानकर्ताहरुले मुसामा गरेको अध्ययन अनुसार प्रोटिनयुक्त फापरको पिठोमा रगतमा कोलेस्टेरोल घटाउने र पित्तको पत्थरी हुनबाट बचाउने गुण हुन्छ, साथै यसको सेवनबाट मोटोपन पनि कम हुनसक्ने उनीहरुको राय छ ।

यसरी मधुमेह, उच्च रक्तचाप, कब्जियत, मोटोपन घटाउन र स्मरणशक्ति बढाउन फापर खानु लाभदायक हुन सक्छ । फापरको यति धेरै गुण भए पनि यसको सेवन सहरिया समाजमा यदाकदा मात्र गरिन्छ । हाम्रो समाजमा रोटी प्राय उपवास बस्दा खाने चलन छ । आफ्नै देशमा उत्पादन हुने अनि घरमै पकाएर खानसक्ने फापर, कोदोको ढिँडो, रोटो खानु स्वस्थ्यका लागि हितकर हुन्छ । धेरैजसो हामी ढिँडो, रोटो खाँएरै हुर्किएका हौ । यो एन्टिअक्सिडेन्टको धनी भएकाले अझै स्वस्थ्यकर खानेकुरा मानिन्छ ।

Like & Follow us on Facebook

हामीले पनि अरूले जस्तै प्रशस्त फापरको उत्पादन गरी नेपाललाई विश्वको प्रमुख फापर उत्पादक मुलुकको रुपमा चिनाउन सकिन्छ । फाइबर र एन्टिअक्सिडेन्टले भरपुर फापर जस्ता खानेकुराहरुको लोकप्रियता फंग्सनल फुडको रुपमा पश्चिमी मुलुकहरुमा बढेकाले नेपालको फापरले अन्तर्राष्ट्रिय बजारमा नाम र दाम कमाउन सक्छ । यस तर्फ सरकारको ध्यानाकर्षण गराउन चाहांन्छौं ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!