विज्ञान जिज्ञासा

कुकुरले बिरालोलाई किन लखेट्छ ?

कुकुर र बिरालो घरपालुवा स्तनधारी जनावर हुन् । घरको सुरक्षाका लागि पालिने कुकुरलाई स्वामी भक्त प्राणीको रूपमा लिइन्छ र यो मानिसहरूसँग अत्यन्त मिलेर बस्न सक्दछ । कुकुर पशु भएता पनि यसको गणना परिवारको सदस्यको रूपमा गरिन्छ । यसलाई घरको बफादार रक्षक भनिन्छ । कुकुरको सुन्ने र सुँघ्ने शक्ति अत्यन्त तिक्ष्ण हुन्छ । बिरालोले मुसाहरूलाई मारेर अन्नको रक्षा गर्दछ । बिरालो पाल्ने मानिस तथा समुदायलाई आत्मनिर्भर मानिन्छ, किनभने बिरालोलाई आत्मनिर्भरता र आत्मविश्वासको प्रतिक पनि मानिन्छ ।

यो पनि पढ्नुहोस्

कुकुर रुनुका कारणहरु

कुकुर पाल्दा स्वस्थ जीवन

कुकुर तिहारभित्र लुकेको वैज्ञानिक पक्ष

कुकुरले टोकेको होम्योपैथीक औषधि

कुकुर रुनुका कारणहरु

कुकुर तिहारको वारेमा पौराणिक कथन

कुकुरले टोकेको होम्योपैथीक औषधि

हाम्रो नेपाली समाजमा ‘कुकुर-बिरालोको झगडा’ भन्ने उखान त प्रख्यात नै छ । कुकुरले सामान्यतः बिरालोलाई लखेट्ने भएपनि देख्नेबित्तिकै लखेट्छ भन्ने धेरैको धारणा गलत हो । कुकुर र बिरालोलाई परम्परागत शत्रु मानिन्छ । झट्ट हेर्दा यस्तो लाग्छ कि कुकुरले बिनाकारण आफ्नै काममा मस्त बिरालोलाई लखेट्छ । तर यसमा पनि वैज्ञानिक रहस्य लुकेका छ र यो वैज्ञानिक रहस्य जीवको क्रम विकाससँग सम्बन्धित छ ।

कुकुर प्राकृतिक रूपमा शिकारी जीव हो । १० हजार वर्षभन्दा पहिले मानव समाजले यसलाई घरपालुवा बनाउनुभन्दा अगाडि कुकुर शिकार गर्थ्यो । प्राकृतिक रूपमा प्राप्त हुने शिकार गर्ने कलाको प्रयोग गरेर सामुहिक रूपमा शिकार गर्ने कुकुर सफल शिकारी थियो । शिकार गर्ने प्राकृतिक रूपमा प्राप्त कलाहरूमध्ये कुनै वस्तु वा जीवको चालद्धारा उत्तेजित हुने व्यवहार पनि एक हो । त्यसैले कुकुर बिनाकारण बिरालोमाथि जाइ लाग्ने नभई बिरालोको चालले उसलाई उत्तेजित पार्नाले हो ।

Like & Follow us on Facebook

तपाईले कुकुरलाई देखाएर कुनै खेलौना पर फाल्नुभयो भने त्यस खेलौनाको चालले गर्दा उत्तेजित भई त्यसलाई शिकारको रूपमा लिएर त्यो खेलौनालाई ‘मार्न’ खोज्छ किनभने कुकुरले प्रकृतिबाटै चालबाट उत्तेजित हुने व्यवहार सिकेको हुन्छ । त्यसैले बिरालो आफ्नै काममा मस्त भई यताउता गरिरहँदा कुकुरको ध्यान उसप्रति आकर्षित हुन्छ र बिरालोको चालले उसलाई उत्तेजित तुल्याउँछ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!