अचम्मको संसार

घरपालुवाको अचम्मको संसार

 

हामीमध्ये धेरैले घरपालुवा जनावर पालेका हुन्छौं । अझ सहरी जीवनमा त घरपालुवा जनावर अपरिहार्य जस्तै छन् । धेरैले घरमा पाले पनि तिनको हेरचाहका बारेमा कतिपयलाईर् पर्याप्त जानकारी नहुन सक्छ । घरपालुवा जनावरको संसार अचम्मको हुन्छ । उनीहरूको बानी-व्यवहार हामीले सोचेभन्दा एकदम फरक हुन्छ ।

घरपालुवासँग सम्बन्धित केही रोचक तथ्य

–    कुकुर जति सानो हुन्छ उसको जीवन त्यति नै लामो हुन्छ । ग्रेटडेन जातको कुकुर ८-१० वर्ष बाँच्छ भने पमेरियन जातको १४-१६ वर्षसम्म

बाँच्छ ।

–    कुकुरको छालामा पसिना आउने ग्रन्थि हुँदैन । कुकुरको पन्जाबाट पसिना आउँछ,  त्यसैले कुकुरले जिब्रो बाहिर निकालेर शरीरलाई चिसो

राख्छ ।

–    विश्वमा करिब ३ सय ५० भन्दा बढी जातका कुकुर छन् ।

–    ड्राल्मिसयन जातको कुकुर जन्मिदा पूरै सेतो हुन्छ ।

–    कुकुरको आँखामा टेपेटम लुसिडम नामक पदार्थ हुन्छ जसले गर्दा उसले राति पनि सजिलै देख्न सक्छ ।

–    कुकुरको सुँघ्ने क्षमता मान्छेको तुलनामा १० हजार गुना बढी हुन्छ ।

–    कुकुरले कालो र सेतो रंग मात्र हेर्न सक्छ भन्ने कुरा गलत साबित भएको छ ।  कुकुरले नीलो, पहेँलो तथा खैरो रंग छुट्याउन सक्छ ।

–    विश्वमा सबैभन्दा बढी पालिने कुकुर ल्यावराडोर हो ।

–    कुकुरको छाउरो जन्मिँदा त्यसले आँखा देख्दैन, कान सुन्दैन र उसको दाँत पनि हुँदैन ।

–    बेसनजी जातको कुकुर भुक्दैन ।

–    विश्वमा सबैभन्दा धेरै कुकुर भएको देश अमेरिका हो ।

–    ग्रेहाउन्ड विश्वमै सबैभन्दा तीव्र गतिमा दौडन सक्ने कुकुर हो ।

–    अस्ट्रेलियामा ब्लुई नाम गरेको कुकुर २९ वर्ष ५ महिना बाँचेको थियो जुन सर्वाधिक उमेरसम्म बाँचेको रेकर्ड हो । त्यसलाई मानिसको

औसत आयुसँग तुलना गर्दा १ सय ६० वर्ष हुन्छ ।

–    अध्ययनहरूबाट प्रमाणित भएको छ कि कुकुरले मानिसको सास सुँघेर फोक्सोको क्यान्सर छ कि छैन पत्ता लगाउन सक्छ ।

–    रसियाको लाइका नामको कुकुर पहिलो पटक सन् १९५७ मा चन्द्रमामा पुगेको थियो ।

–    कुकुरको कानमा विभिन्न किसिमका १८ वटा मांसपेशी हुन्छन् जसको सहयोगले उनीहरू आफ्नो कानको आकार परिवर्तन गर्छन् ।

–    चाउचाउ जातका कुकुरको जिब्रो कालो हुन्छ ।

–    करिब १२ हजार वर्षअघिदेखि मानिसले कुकुर पाल्दै आएको अनुमान छ ।

–    सबैभन्दा सानो जातको कुकुर चिहुबहुवा हो ।

–    सबैभन्दा अग्लो कुकुर ग्रेटडेन हो ।

–    सबैभन्दा बढी तौल हुने कुकुर सेन्ट वरनार्ड हो ।

–    चकलेट ख्वाउँदा कुकुरको ज्यानसमेत जान सक्छ ।

–    कुकुरले ६०-६८ दिनमा सन्तान जन्माउँछ ।

–    घरपालुवा जनावर पाल्दा मानिसको दिनचर्यामा परिवर्तन आउँछ जसले

ब्लडप्रेसर एवं डाइबिटिज भएका व्यक्तिलाई फाइदा मिल्छ ।

 

साभार : नारी मंसिर १, २०७१

डा. शरद सिह यादव

एडभान्स पेट हस्पिटल एन्ड रिसर्च सेन्टर

विशालनगर, काठमाडौं

 

 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

error: Content is protected !!