खानपान

चामल, गहुँ र जौ कुन कति उपयोगी

चामल, गहुँ र जौ कुन कति उपयोगी ! विश्वमा धानको चामल मकैपछी दोस्रो धेरै उत्पादन हुने खाद्यान्न हो । विश्वका प्राय: सबै देशमा खेती गरिने गहुँ एक प्रमुख अन्न बाली हो । जौ उच्च पहाडी भागमा फल्ने एक प्रकारको अन्नबाली हो। संस्कृतमा यव भनिने जौ पौष्टिक खाद्यपदार्थलाई स्वास्थ्यका दृष्टिले औषधि पनि मानिन्छ। वैदिक ग्रन्थहरूमा जौलाई रोग हटाउने यज्ञ-यज्ञादिमा उपयोगी, बल र प्राणलाई पुष्ट पार्ने अन्नका रूपमा लिइएको छ।

चामलको खाना खाने मान्छेभन्दा रोटी खाने मान्छे बढी शक्तिशाली भएको देखिन्छ । रोटी अर्थात् गहुँमा भिटामिन ई बढी हुन्छ । भिटामिन ईको मात्रा बढी हुँदा शरीरलाई पनि बढी इनर्जी प्राप्त हुन्छ । त्यस्तै, भिटामिन ईले सेक्स हर्मोन टेस्टोसटेरोन बनाउन पनि भूमिका खेल्छ ।

भिटामिन ई बढ्दा सेक्स हर्मोन बढ्छ, सेक्स हर्मोन बढ्दा मान्छेमा सिर्जनशीलता पनि बढ्छ । किनकि सेक्स पनि क्रियसन नै हो । गहुँ खाँदा शरीरमा गर्मी बढ्छ, तर चामलले चिसो गर्छ । चिसो मान्छे कहीँ पनि काम लाग्दैन । चिसो मान्छे रमाइलो पनि हुँदैन । रमाइलो, क्रियटिभ मान्छे, धेरै काम गर्न सक्ने मान्छे त तातो हुनुपर्छ ।

विश्वमा गहुँ खाने मान्छे भन्दा पनि जौ खाने मान्छे शक्तिशाली भएको पाइएको छ । खासगरी सभ्यता र आधुनिक विज्ञानको विकास गर्ने मान्छेहरूले जौ खाएको पाइन्छ । युरोप, अमेरिकातिर बिहानै ब्रेक फास्ट जौबाट सुरु हुन्छ, उनीहरू जौको ओटमिल खान्छन् । उनीहरू संसारका सबैभन्दा सिर्जनशील देखिएका छन् ।

पछिल्लो रिसर्चले यो देखाएको छ कि जौ यस्तो चिज हो, जसले मानिसलाई डिप्रेसन नै हुन दिँदैन, मेन्टल्ली रिल्याक्स गर्छ । जौमा यस्ता तत्त्व हुन्छन्, जुन तत्वले ब्रेनका सेल ड्यामेज हुँदा रिपेयर गर्छ । शरीरमा रहेका विकार फाल्ने काम पनि गर्छ । तर, जौ खाइरहने मानिसलाई भाइरल इन्फेक्सन हुँदैन ।

ह्वाइट ब्लड सेलले भाइरसलाई मार्न सक्छ । ह्वाइट ब्लड सेलको विकासमा पनि जौले काम गर्छ । त्यस्तै, डिप्रेसन हुन नदिने तत्व पनि जौमा पाइन्छ । कार्बोहाइड्रेट पाइनेमा जौ सर्वश्रेष्ठ हो । तर, हामीले जौ खाँदै खाँदैनौँ । यसकारण हामीले भोजनमा परिवर्तन ल्याउँदै जौ नियमित खान आवश्यक छ । जसरी युरोपियन र अमेरिकनहरूले पहिलो ब्रेक फास्ट नै जौ खान्छन् । समग्रमा भन्नु पर्दा चामलभन्दा गहुँ; गहुँभन्दा जौबाट बनेका खानेकुरा नै उत्तम हुन्छन ।

यो पनि पढ्नुहोस्  

काली मार्सी चामलको महत्व

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!