खानपान

जमराको विषयमा मेरो बिचार

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

जौंको जमराबाट रोगको उपचारबारे थुप्रैको आ-आफ्नो मत हुनसक्छ । म यसवाट उपचार हुन सक्दैन होला भन्ने पक्षमा छैन किनकि प्रकृतिको रूपलाई हामीले मान्नुपर्छ । पशुले खाने हरेक बस्तु काचो छ तर पशु कति शक्तिशाली छ यसैमा सहज अनुमान लगाउन सकिन्छ ।

जौंको जमरा भन्दा कमलो टुसामा जति पावर जमरामा नहुन सक्छ तर प्रयोग गरेर फाइदा लिएकाहरूबाट हामीले बुझ्न आवश्यक छ । कुनै पनि रोगमा कुनै पनि वस्तुको साइडइफेक्ट हुनसक्छ । कलेजोको विमारीमा यस्ता थुप्रै एलोपैथिक औषधि छन् जस्ले कलेजोलाई ड्यामेज गर्न सक्छ ।

जमराले कलेजोमा असर हुनसक्छ भन्ने तर्क पोख्नु आफ्नो ठाउमा जायज हुनसक्छ । कुनैपनि वस्तुको सेवन आवश्यक भन्दा बढी भएमा हामीले खाने जुनसुकै बस्तुले असर गर्न सक्छ चाहे औषधि एलोपैथिक होस वा आयुर्वेदिक होस वा होम्योपैथीक होस वा युनानी नै किन नहोस वा हामीले खाने गरेको आलु वा चामल सबैको असर आफ्नो ठाउमा हुन सक्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्  

गहुको जमरा र यसको सेवनका फाइदाहरू

बैज्ञानिक दृटिकोणले जमराको महत्व

जमराको रसको फाइदा

गहुँको जमरा धेरै उपयोगी

के हो जमरा ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!