हेल्थ टिप्स

प्याज र यसको उपयोगिता

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

मानव स्वास्थ्यमा प्याजको राम्रो भुमिका छ । कमजोर आँखालाई समेत यसले राम्रो फाईदा पुर्याउछ । अन्धोपनमा दैनिक प्याज काट्न दिएमा प्याजमा हुने सल्फरले आँखामा जलन पैदा गराई पानी निकाल्दछ र यसो गर्दा कहिले काही अन्धोपन हटाउन पनि ठूलो मदत्त गर्दछ ।

प्याज साधारण जस्तो देखिएपनि सबै तरकारीमा मिल्ने तरकारी मात्र नभै यसको बेजोड औषधीय गुणपनि रहेको छ । प्याजलाई काँचै वा पकाएर यसको रस निकालेर जसरी पनि सेवन गर्न सकिन्छ । यसका अनेकन औषधीय गुणहरु रहेको पाइन्छ ।

प्याजलाई हामीले दुइवटा समुहमा बाडेका छौं पहिलोमा रातो र दोस्रोमा सेतो प्याज । सेतो प्याज औषधिय गुण बढी भएको भन्ने मान्यता छ । आजको लेखमा मैले रातो प्याजको बारेमा प्रकाश पार्न गइरहेको छु । हुनत: दुवैलाई औषधिको रूपमा प्रयोग गर्न सकिन्छ ।

प्याजको उपयोग

एनीमिया

एनीमिया ठिक गर्न सहायक हुन्छ। एनीमियाका विमारीले काँचो प्याजको सेवन गर्नु उपयोगी हुन्छ ।

कब्जियत

प्याजमा हुने रेशाले पेटमा टाँसिएर रहेको भोजनलाई वाहिर निकाल्दछ। जस्ले पेट सफा हुन्छ । यदि कब्जियतको सिकायत भएमा काँचो

प्याज खाने गर्नुपर्दछ।

गलामा खरास

यदि सर्दी कफ या खरासबाट पीडित भएमा ताजा प्याजको रस पिउन सकिन्छ ।

ब्लीडिंग समस्या

नाकमा रग बगेमा काँचो प्याज काटेर सुँघेमा फाइदा हुन्छ । पाइल्सको समस्या भएमा सेतो प्याज खान शुरु गर्नु पर्दछ ।

मधुमेह

यदि प्याज काँचो खाएमा यस्ले शरीरमा इन्सुलिन उत्पन्न गर्दछ । डायबिटिकले सलादमा नियमित रुपमा प्याजको सेवन गर्नुपर्दछ ।

मुटुको सुरक्षा

काँचो प्याजको सेवनले हाई ब्लड प्रेशरलाई नर्मल गर्दछ । बन्द भएको रक्त धमनी खोल्दछ। जसले मुटुको रोग निर्मुल हुन्छ ।

कोलेस्ट्रॉल कंट्रोल

प्याजमा हुने मिथाइल सल्फाइड तथा अमीनो एसिडले खराब कोलेस्ट्रॉललाई घटाएर राम्रो कोलेस्ट्रॉललाई बढाउँने गर्दछ ।

क्यान्सरको ग्रोथ कंट्रोल

प्याजमा सल्फर तत्व अधिक हुन्छ । सल्फरले शरीरका पेट, कोलोन, ब्रेस्ट, फोक्सो तथा प्रोस्टेट क्यान्सरबाट बचाउँदछ । साथमा यसले

मुत्र मार्गको संक्रमणको समस्या पनि निर्मुल गर्दछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ । 

यो पनि पढ्नुहोस्  

प्याज काट्दा किन आँशु आउँछ ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!