हेल्थ टिप्स

स्वास्थ्यको लागि मह खानुका फाइदाहरू

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

महबारे जान्न सके यसबाट थुप्रै रोगहरू निको बनाउन सकिन्छ । प्रकृतिको अनुपम उपहारमा मह सवैभन्दा पहिलो देखिन्छ । हाम्रो घरमा प्राय मह हुने हुनाले कहिले सर्बतको रूपमा कहिले औषधिसंग मिलाएर खान महको प्रयोग ज्यादा हुने गर्दथियो ।

महको प्रयोग विभिन्न रोग निवारणमा प्रभावकारी मानिन्छ । महको नियमित सेवन गर्दा यौन क्षमता बढाउनुका साथै यौन क्षमतालाई बचाइ राख्न पनि मह खानुपर्छ । यसका अलवा महले व्यक्तिको स्मरण शक्ति बढाउँछ । खानामा रुची बढाउन, खोकी, कब्जियत जस्ता रोग निको पार्न मह उत्तिकै उपयोगी मानिन्छ ।

अल्सरका रोगीले नियमित महको सेवन गर्दा निको हुन सहज हुन्छ । आयुर्वेद विज्ञानमा मात्र नभएर एलोपेथिक उपचार पद्धतिमा समेत महलाई गुणकारी औषधिका रुपमा मान्यता दिइएको छ । तर आजभोली महमा हुने मिसावटले स्वास्थ बनाउन भन्दा नयाँ नयाँ रोगहरु निम्त्याउने गरेको छ ।

मह खानुका फाइदाहरू

१. फुराएको एक चिम्टी मरिचको धूलो, एक चम्चा मह, एक ग्लास पानीमा फिटेर खाने गरेमा अमलपित्तको रोग ठीक हुँदै जानेछ ।

२. एक ग्लास पानीमा एक चम्चा मह हालेर गारगल गरेमा बसेको घाँटी ठीक हुन्छ र स्वर खुल्छ ।

३. रुघा, खोकी लागेमा तुलसी पत्र र अदुवाको धूलो एक चम्चामा एक चम्चा मह मिसाएर खाएमा रुघा, खोकी र ज्वरो पनि ठीक हुन्छ ।

४. फुराएको मरिचको धूलो १ चिम्टी १ चम्चा महमा फिटेर दिनको ३-४ पटक ६ चाट्ने गरेमा केही दिनमै ठीक हुन्छ ।

५. बकाइनोको फूलको रस आधा चम्चामा मह आधा चम्चा मिसाएर बिहान,बेलुका खाने गरेका रोकिएको मासिक धर्म खुल्छ र नियमित हुन्छ । महको सेवन महिलाहरूको लागी राम्रो औषधि मानेका छौं ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

स्वास्थ्यको लागि फलफूल खानुका फाइदाहरु

सेक्स पावर बढाउने लसुन खानुका फाइदाहरु

स्वास्थ्यको लागि तोरीको साग खानुका फाइदाहरु

पालुङ्गोको साग र यसको फाइदा

बेथेको साग र यसका फाइदाहरु

मानव स्वास्थ्यको लागि चम्सुरको भाजी खानुका फाइदाहरू

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!