आयुर्वेद

औषधीको रुपमा बोझोको प्रयोग

प्राकृतिक बुटी बोझो एक प्रकारको बनस्पती हो । यसको बैज्ञानिक नाम, अकोरस कालामस हो । आर्युवेदमा यसको खास महत्व छ । आयुर्वेदिय पद्धति अनुसार यस जडीबुटीको काण्ड ग्रन्थी , बाथ , ज्वरो , शुल , कफदोष इत्यादिमा प्रयोग गरिन्छ । यसले भोग जगाउँछ, कण्ठ रोगलाई हित गर्दछ । बोझोलाई संस्कृतमा ‘बचा’ भनिन्छ । संस्कृति भाषामा अभिलेख रहनुले पनि यो सदियौंदेखि प्रयोगमा आएको भन्ने अनुमान गरिन्छ । पातको रूप समुराई तरवारको आकारको हुनाले जापानी समाजमा यसलाई बीरताको प्रतीकको रूपमा पनि लिइन्छ । यसको स्वाद अलि परपराउने, पीरो र तीतो अनि र वासना सुगन्धित मिश्रण युक्त हुनाले अङ्ग्रेजीमा Sweet Flag भनिन्छ ।

बोझोको फाइदा अनेकौ छन् । घाँटी दुखेको निको पार्नदेखि भोक जगाउन समेत बोझो उपयोगी हुन्छ । यो पिनासको समस्यामा पनि लाभदायक हुने बताइन्छ । आर्युवेद विज्ञहरुका अनुसार बोझोले स्नायु प्रणालीमा प्रभाव पार्छ । मेडिकल रिसर्चले समेत यो पुष्टि गरिसकेको बताइन्छ । शरीर लठ्याउनका लागि बोझो प्रयोग गरिन्छ ।

औषधीको रुपमा बोझोको प्रयोग

१. घाँटी दुखेमा

बोझोले घाँटी दुखेको ठिक हुन्छ ।

२. शरीर वा जोर्नीको दुखाई

शरीर वा जोर्नीको दुखाई निको पार्न काम गर्छ । पिलो, जोर्नीमा निम्तिने पीडा लगायत कतिपय बाह्य समस्यामा पनि बोझोको रस प्रयोग गर्न सकिन्छ ।

३. पेट दुखेमा

पेट दुखेको अवस्थामा बोझो सेवन गर्न सकिन्छ । यसले आराम दिन्छ ।

४. मानसिक तनावमा

मानसिक तनाव कम गर्न बोझो सेवन गर्न सकिन्छ ।

५. हिस्टेरिया, अनिन्द्रामा

हिस्टेरिया, अनिन्द्रामा समेत यो उपयोगी हुन्छ ।

६. स्मरणशक्ति बढाउन

यसले स्मरणशक्ति बढाउन काम गर्छ । यसले स्मरणशक्ति एवं बुद्धि बढाउन मद्दत गर्छ भन्ने विभिन्न आयुर्वेदिक ग्रन्थमा उल्लेख छ ।

७. उच्च रक्तचाप नियन्त्रणमा

उच्च रक्तचाप नियन्त्रणमा बोझो प्रभावकारी मानिन्छ ।

८. श्वासप्रश्वास समस्यामा

बोझोले श्वासप्रश्वासको गति सामान्य तुल्याउन सहयोग गर्छ । दम रोगमा यसले प्रभावकारी काम गर्छ । कफ वा खकार निकाल्न मद्दत गर्ने भएकाले श्वासप्रश्वासको समस्यामा पनि प्रभावकारी छ ।

९. पेटको समस्यामा

पेटको समस्या भएमा बोझो सेवन गर्नुपर्छ । पेटको ग्यास निकाल्न, दिसा खुलाउन, बान्ता गराउन पनि बोझो उपयोगी हुन्छ ।

१०. नसासम्वन्धी रोगमा

यसमा पाइने आर्सोन र वेटाआर्सोनको सम्मिश्रणले नसा मजबुत बनाउन मद्दत गर्छ ।

कति सेवन गर्ने ?

चूर्ण वा धुलो बनाएर सेवन गर्ने हो भने २५ देखि ५ सय मिलिग्रामसम्म सेवन गर्न सकिन्छ । बढी सेवन गर्दा कतिपय असर गर्न सक्छ ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

अचारको रूपमा प्रयोग गरिने धनियाका फाइदाहरू

औषधिको रुपमा बहुउपयोगी हर्रोको प्रयोग

औषधिको रुपमा बहुउपयोगी अमलाको प्रयोग

औषधिको रुपमा बहुउपयोगी बर्रोको प्रयोग

पुदिना खानुका फाइदाहरु र प्रयोगहरु

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!