हेल्थ टिप्स

औषधीको रुपमा हिङको प्रयोग

हिङ मानव स्वास्थ्यका लागि बहुउपयोगी बस्तु हो । शरीर भित्र र बाहिर लाग्ने विभिन्न प्रकारका रोग निको पार्न यो जडीबुटी हो । यसको सहि तरिकाले उपयोग गरे विभिन्न रोग निको पार्न मद्दत गर्छ । यो प्रजातिको वनस्पति अफगानिस्तानको हिमाली क्षेत्रको रैथाने वनस्पति हो र यसको खेती यस आसपासका भारतीय तथा इरानी भूभागहरूमा गरिन्छ ।

हिङबाट अनेकौं किसिमका रोगहरुको उपचार गर्न सकिन्छ । हिंगलाई पहिले घ्यूमा फुराएर मात्र औषधिको रुपमा प्रयोग गर्नुपर्छ । छालामा लगाउँदा मात्र घ्यूमा नफुराई प्रयोग गर्न सकिन्छ । असली र शुद्ध हिङ मात्र औषधी उपचारमा प्रयोग गर्नु आवश्यक छ ।

औषधोपचार

१. पेट मडारिने घोच्ने, दुख्ने, दिसा लाग्ने भएमा

हिङ, जाइफल, केशर र मरिच १५/१५ ग्राम सबै बराबर पिनेर धूलो पार्ने र तातो पानी हालेर केराउको गेडा जत्रो गोली बनाउने र सुकाएर राख्ने । आवश्यकता अनुसार १/२ गोली मनतातो पानीसँग खाएमा निको हुन्छ ।

२. कब्जियत र अधिक वायु भएमा

आँपको कोया आगोमा पोल्ने र त्यस भित्रको गुदी निकाल्ने र त्यसमा १/४ भाग हिङ र सिदेनून मिसाएर औषधीलाई सिसीमा राख्ने र आवश्यकता अनुसार १/२ ग्राम औषधी मनतातो पानीसँग खाने गरेमा १/२ दिनमै ठीक हुन्छ ।

३. कान दुख्ने, पिप आउने, खटिरा आदि भएमा

ठूलो चम्चाको ४ चम्चा शुद्ध तोरी वा नरिवलको तेलमा ६ गेडा लसुन, सानो चम्चा आधा चम्चा हिङ र सानो चम्चा १ चम्चा सिदेनून धूलो तेलमा कालो पार्ने र छानेर सिसीमा राख्ने र आवश्यकता अनुसार कान सफा गरी बिहान र बेलुका ४/४ थोपा हाल्नाले कानको रोग निको हुन्छ ।

४. दम रोगमा

एक भाग फुराएको हिङमा एक भाग कपुर मिसिएर केराउको दाना जत्रो गोली बनाउने र दुई गोली तातो पानीसँग बिहान\बेलुका सेवन गर्ने तथा तारपिनको तेल टातीमा लगाउनाले दम रोग केही महिनामा नै ठकि हुन्छ ।

५. हिङवाष्टक चूर्ण

पेट सम्बन्धी समस्याहरु जस्तै ग्याष्ट्रिक, अमलपित्त, अजीर्ण, मन्दाग्नि, खाना, अपच, खाना नरुच्ने आदिका लागि हिंगवाष्टक चूर्ण बनाएर प्रयोग गरेमा लाभकारी हुनेछ ।

६. महिलाको हिस्टेरिया रोगमा

महिलामा हिस्टेरियाको समस्या छ भने हिङ निकै प्रभावकारी औषधी हो । नियमित १ चम्चा भाङको रसमा १ चिम्टी हिङ फिटेर बिहान बेलुका खान दिएमा महिलाको हिस्टेरिया निको हुन्छ ।

यो पनि पढनुहोस्

औषधीको रुपमा मरिचको प्रयोग

औषधीको रुपमा कागतीको प्रयोग

औषधीको रुपमा अदुवाको प्रयोग

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!