हेल्थ टिप्स

औषधीको रुपमा मरिचको प्रयोग

हामी नेपालीहरु मरिच प्राय: चियामा हालेर खाने गर्छौ । मरिच सुगंधित, उत्तेजक र स्फूर्तिदायक वस्तु हो । आयुर्वेद र यूनानी चिकित्साशास्त्रहरूमा यसको उपयोग कफ, वात, श्वास, अग्निमांद्य उन्निद्र इत्यादि रोगहरूमा भनिएको छ । भोक बढाउने र ज्वरो कम गर्नलाई दक्षिण भारतमा यसको विशेष प्रकारको ‘रसम’ खानासँग पिइन्छ । भोजनमा मसलाको रूपमा यसको उपयोग सर्वत्र हुन्छ ।

औषधीको रुपमा प्रयोग

१. कपाल दुखेमा

गाईको घिउ पाँच चम्चा कराईमा तताउनु र सात गेडा मरिच डडाउनु र छानेर राख्नु । टाउको दुखेको बेलामा घ्यू कंचटमा दल्नु ठीक हुन्छ ।

२. आधा टाउको दुखेमा

मरिचलाई पानीमा पिनेर लेप बनाउने र दाहिने पट्टिको कपाल देखेको भए देब्रेपट्ट्रिेको कंचटमा लेप लगाउने र देब्रे पट्टीको कपाल दुखेको भए दाहिनेपट्टिको कंचटमा लेप लगाउने गरेमा ठीक हुन्छ ।

३. रुघाखोकी लागेमा

१०–१५ दाना फुराएको मरिच पिनेर फिटेर नित्य सेवन गर्ने गरेमा बिग्रेको रुघाखोकी १ हप्तामा नै ठीक हुन्छ ।

४. पिनास भएमा, रुघा लागेमा, टाउको दुखेमा

२५ दाना मुनक्का दाखको गेडा २५–३० दाना मरिच हालेर पिँध्नुहोस् र त्यसलाई दुई ग्लाँस पानीमा पकाउनुहोस् घटेपछि रोगीलाई खान

दिएर सिरक ओडेर सुत्न लगाउनुहोस्, यस्तो प्रक्रिया अपनाएमा १ पटकमा नै पिनास भएमा, रुघा लागेमा, टाउको दुखेको रोग ठीक हुन्छ ।

५. कफ र खोकी लागेको रोगमा

१ दाना फुराएको मरिच मसिनो गरी पिनेर १ चम्चा सखरमा मुछेर सानो–सानो गोली बनाउनुहोस् र दिनको तीन–चार वटा गोली चुस्ने

गर्नुहोस्, यस्तो प्रक्रियाले कफ निकालेर खोकी ठीक गराउँछ ।

६. हिक्क आउनेमा

हिक्क आउने समस्या आएमा मरिच डडाएर त्यसको धूँवा सुँघेमा एकै छिनमा ठिक हुन्छ ।

७. कफ जमेर गाह्रो भएमा

फुराएको मरिचको धूलो १ चिम्टी १ चम्चा महमा फिटेर दिनको ३–४ पटक चाट्ने गरेमा केही दिनमै ठीक हुन्छ ।

८. फियो बढेमा

कागतीको चुकमा ८–१० गेडा मरिच पिनेर बिहान–बेलुका लेप गरेमा ठीक हुन्छ ।

९. जाडोले कामज्वरो आएमा

एक डाडु घ्यूमा एक चम्चा मरिचको धूलो डडाएर कपुर २–४ पुरिया हालेर शरीर भरी मालिस गरेमा शरीर तातेर आउँछ र ठीक हुन्छ ।

१०. आँखामा रतन्धो भएमा

दहीमा फुराएको मरिच पिनेर सुत्ने बेलामा आँखामा लगाउने गरेमा एक–दुई हप्तामा ठीक हुन्छ ।

११. आँखाको कुनै पनि रोगमा

गाईको घ्यूमा मरिचको धूलो तताएर भातमा मिसाएर खाने गरेमा आँखाका रोगहरु समन हुन्छन् ।

१२. घाँटी सुनिएमा, टंसिल बढेकोमा

पानीमा मरिच पिनेर लेप बनाएर घाँटीमा लगाउने गरेमा घाँटी सुनिएको, टंसिल बढेको आदि रोग निको हुँदै जान्छ ।

१३. अंग नचलेमा वा पक्षघात भएमा

मरिचको धूलो, नीमको पात तेलमा डडाएर पक्षघात भएको अंगमा बिहान–बेलुका मालिस गरेमा बिस्तारै ठीक हुँदै जानेछ ।

१४. दाँत दुख्ने रोगमा

मरिचको धूलो, खयर, कपुर बराबर पिधेर दाँत माज्ने गरेमा गिजापाक्ने, दाँत हल्लिने, कीराले खाएको लगाएतको रोगहरु ठीक हुन्छ ।

१५. अल्काई भएमा

एक चिम्टी मरिचको धूलो आधा चम्चा जीराको धूलो, एक चम्चा महमा फिटेर बिहान–बेलुका केही दिन खान दिएमा पनि अल्काई ठीक हुँदै जान्छ ।

१६. शरीर सुनिएकोमा

मरिच डढाएको तेल मालिस गर्नाले शरीर सुनिएको ठीक हुन्छ ।

१७. अमलपित्तको रोगमा

फुराएको एक चिम्टी मरिचको धूलो, एक चम्चा मह, एक ग्लास पानीमा फिटेर खाने गरेमा अमलपित्तको रोग ठीक हुँदै जानेछ ।

१८. चिसोले कपाल दुखेमा

मरिच र दालचिनीको लेप बनाएर विहान/वेलुका निधार र कन्चटमा लगाउने गरेमा चिसोले कपाल दुखेको ठिक हुन्छ ।

१९. औलोको ज्वरोमा
नीमको बोक्रा , कुटकी, सुठो र मरिच सबै बराबर मिसाएर चूर्ण बनाउने । चौथाँइ चिया चम्चा मनतातो पानीसँग बिहान\बेलुका सेवन गरे औलाको ज्वरो पनि बिस्तारै निको हुँदै जान्छ ।

२०. पुरानो खोकीमा

सूठो, पिप्ला र मरिच एक\एक भाग तथा ३ भाग कपुर पानी हालेर केराउको गेडा जत्रो गोली बनाउने एक\एक गोली दिनमा खिनमा तीन\चार पटक चुस्ने गरेमा पुरानो खोकी ठीक हुन्छ ।

२१. भोक जगाउन

१ डाडु भाङको गेडाको धूलोमा १ चम्चा मरिचको धूलो मिसाउने र बिहान खाली पेटमा १ चम्चा महसँग फिटेर खाने गर्नुहास्, भोक राम्ररी जाग्नेछ ।

२२. दम खोकीमा

आधा चम्चा दालचिनीको धूलो , एक चिम्टी मरिचको धूलो, आधा चम्चा जेठीमधुको धुलो, चारवटा कण्ठकारीको फल, दुई चम्चा मिश्री एक माना पानीमा पकाउने र एक चौथाई भएपछि छानेर शिशीमा राख्ने र दिनको तीन पटक विहान दिउँसो वेलुका खाने गरेमा ठिक हुन्छ । अथवा १ चम्चा मनतातो भाङको रसमा १ चिम्टी मरिच र मिश्री फिटेर खाने गरेमा दमको वेग कम हुदै जान्छ ।

२३. घाँटी बसेमा

घाँटी बसेर बोल्नै नसक्ने भएको छ भने १०/१२ पात तुलसी ४/५ दाना मरिच र मिश्रीको टुक्रासँग चपाएर निल्दा घाँटी बसेको २/३ मात्रामै ठीक भएर आउँछ ।

२४. पेट मडारिने घोच्ने, दुख्ने, दिसा लाग्ने भएमा

हिङ, जाइफल, केशर र मरिच १५\१५ ग्राम सबै बराबर पिनेर धूलो पार्ने र तातो पानी हालेर केराउको गेडा जत्रो गोली बनाउने र सुकाएर राख्ने ।

२५. अण्डकोष बढेमा

यस प्रकारको रोगमा जिरा र मरिच पानीमा पिनेर लेप बनाएर लगाउने गरेमा बिस्तारै ठिक हुँदै जान्छ ।

२६. अजीर्ण (खाएको नपच्ने) भएमा

छोकडा, मरिच, सिदेनुन, मुनक्का दाख र जीरा बराबर पिनेर कागती हालेर लेदो अचार बनाउने र सिसीमा राख्ने र बिहान/बेलुका खाना खानु अगाडि १\१ चम्चा चाटेर मात्र खाना खाने गरेमा केही दिनमै अजीर्ण, बान्ता हुने, दीसा लाग्ने जस्ता रोग ठीक हुन्छ र बिस्तारै खाना पनि रुच्दै जान्छ ।

२७. दाँत कीराले खाएमा

दाँतको प्वालमा कपुर हाल्नाले दाँत दुख्न बन्द हुन्छ र कीरा पनि ठीक हुन्छ । अथवा मरिचको धूलो, खयर, कपुर बराबर पिधेर दाँत माज्ने गरेमा गिजापाक्ने, दाँत हल्लिने, कीराले खाएको लगाएतको रोगहरु ठीक हुन्छ ।

२८. काला ज्वरो आएमा

दतिउनको पात, मरिच र लसुन तीनवटै बराबर राखी पानी हालेर सिलौटामा पिन्ने र सखर हालेर केराउ जत्रो गोली बनाएर दुई/दुई गोली बिहान/दिउँसो/बेलुका तातोपानीसँग खान दिएमा एक हप्तामै ठीक भएर आउँछ ।

२९. औलोको ज्वरो आएमा

दतिउनको पात र मरिच बराबर पिनेर सखर हालेर केराउ जत्रो गोली बनाएर ज्वरो आउनु भन्दा अगाडि मनतातो पानीसँग खाने गरेमा औलोको ज्वरो ठीक हुन्छ ।

३०. कम्मर दुख्ने रोगमा

आधा पाउ भुटेको कालो तिल, १० ग्राम घोडताप्रे, १० ग्राम धूलो मरिच, १० ग्राम सूठो धूलो, १० ग्राम धूलो पिप्ला, ५ ग्राम फुराएको हिङको धूलो सबै मिसाएर
सिसीमा राख्ने र दुख्न सुरु भएपछि ३ पटक धूलोलाई मिश्री पानीमा पकाएर खाने ।

३१. घाँटी दुखेमा

राती सुत्ने बेलामा ८/१० गेडा मरिच र मिश्रीको टुक्रा चपाएर तातो पानीले निलेमा चिसोले घाँटी बसेको निको हुन्छ ।

यो पनि पढनुहोस्

औषधीको रुपमा कागतीको प्रयोग

औषधीको रुपमा अदुवाको प्रयोग

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!