हेल्थ टिप्स

औषधीको रुपमा घिउको प्रयोग

हामीले प्राय: गाईको दुधबाट बनाइएको घिउ खाइरहेका हुन्छौं । हामी खानाको स्वाद बढाउनको लागी घिउ खाने गर्दछौ तर हामीलाई गाईको घिउले कुन-कुन रोगबाट बचाउँछ भन्ने कुरा थाहा नहुन सक्छ ।

औषधी उपचार

१. कपाल दुखेमा

गाईको घ्यू पाँच चम्चा कराईमा तताउनु र सात गेडा मरिच डडाउनु र छानेर राख्नु । टाउको दुखेको बेलामा घ्यू कंचटमा दल्नु ठीक हुन्छ ।

२. कामज्वरो आएमा

एक डाडु घ्यूमा एक चम्चा मरिचको धूलो डडाएर कपुर २–४ पुरिया हालेर जाडोले शरीरभरि मालिस गरेमा शरीर तातेर आउँछ र ठीक हुन्छ ।

३. आँखा धमिलो र फूलोमा

गाइको घ्यूमा नीमको फूलको गाजल बनाएर लगाउने गरेमा धमिलो र फूलो समेत काट्न धेरै मद्दत गर्नेछ ।

४. खानामा अरुची भएमा

घ्यूमा नीमको कमलो ८\१० वटा पात तारेर खाएमा जस्तो अरुचीमा पनि खाना खान मन लाग्नेछ ।

५. आँखाको कमजोरीमा

राम्रो शुद्ध बेसारको धूलोलाई गाईको घ्यूमा मुछेर बेलुका सुत्ने बेला लगाउने गरेमा आँखा रातो भएको, घाउ भएको, जालो हुन लागेको धमिलो

भएको आदि १\२

हप्तामा निको गर्छ र सँधै लगाएमा आँखाको कहिल्यौ खराबी हुँदैन ।

६. शूल भएमा , धेरै दीसा लागेमा

जीराको धूलो, ५० ग्राम, सिदेनूनको धूलो ५० ग्राम र घ्यूमा फुराएको हिङ १० ग्रामको धूलो सबै मिसाएर मनतातो पानीसँग १\१ चम्चा मह

अथवा घ्यूमा

मिसाएर दिनको ३\४ पटक रोग अनुसार मात्रा मिलाई खाएमा दीसा धेरै लागेको ठीक हुन्छ ।

७. सेतो दुवी आएमा

रायोको धूलो गाईको घ्यूमा फिटेर मलम बनाउने र त्यस ठाँउमा बिहान/बेलुका लगाउने गरेमा बिस्तारै सेतो दुवी ठीक हुन्छ ।

८. ओठ फुट्ने भएमा

एक चम्चा घ्यूमा एक चिम्टी नून हालेर तताएर राख्नुहोस् र ओठ फुटेको बेलामा दिनको २/४ पटक लगाउनु होस् । सुत्नेबेलामा नाइटोमा घ्यू

लगाएर सुत्ने गरेमा पनि ओठ फुट्दैन ।

यो पनि पढनुहोस्

औषधीको रुपमा कागतीको प्रयोग

औषधीको रुपमा अदुवाको प्रयोग

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!