हेल्थ टिप्स

रक्तचाप कम भए के गर्ने ?

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

सामान्यतया बढी रक्तचाप जस्तै कम रक्तचाप पनि स्वास्थ्यका लागि हानिकारक छ । माथिको सिस्टोलिक रक्तचाप ९० भन्दा कम हुनु हुदैन । कतिपय अवस्थामा केहि व्यक्तिहरूमा पहिले देखि नै रक्तचाप कम भएको हुन सक्छ त्यस्ता व्यक्तिहरूमा केहि लक्षण नदेखिन सक्छ तर कतिपयलाई भने यसले असर देखाउन सक्छ ।

चक्कर लाग्ने कमजोरी महसुस हुने जस्ता समस्या देखिएमा डाक्टरसंग परामर्श लिनुपर्ने हुन सक्छ । केहि व्यक्तिहरूमा बढेको रक्तचाप एक्कासी घटेमा पनि अप्ठयारो हुन सक्छ । कम ब्लड प्रेशरको कारण दिमागमा र किड्नी दुबैमा असर हुन सक्छ । ब्लड प्रेशर कम हुदाँ किड्नी फेल हुनुको साथै मस्तिष्कमा रक्तप्रवाह घट्न सक्छ ।

त्यस्तै गर्भवस्थामा मुटुको असमान्य धड्कन कम रक्तचापको लक्षण हुन सक्छ । यस्तो अवस्थामा छाती अप्ठ्यारो हुने, सास फुल्ने, चक्कर लाग्ने, आँखाको अगाडि अधेरो देखिनु, अत्यधिक थकाई लाग्नु, कमजोर महसुस हुने जस्ता लक्षण देखिन सक्छ ।

यो पनि पढ्नुहोस्

रक्तचाप (Blood Pressure) भनेको के हो ?

गर्भवती र रक्तचाप

महिनाबारी गडवड र यसको प्राकृतिक उपचार

उच्च रक्तचापमा खान नहुने खानेकुराहरु

रक्तचापवाट कसरी बच्ने ?

रक्तचाप र यसका श्रेणीहरु

यस्ता छन् जानौ उच्च रक्तचापका कारणहरू

कसरी बच्ने

१. पानीको मात्रा

पानीको कमिले शरीरमा रक्तचाप कमहुन सक्छ । दैनिक ४-५ लिटरसम्म पानी चाहिन्छ । रक्तचाप धेरै कम भएमा रगतको नसामा सलाइन चढाउनुपर्ने हुन सक्छ ।

२. नुन

ब्लड प्रेशर कम हुँदा खानामा नुनको मात्रा केहि बढाउनुपर्ने हुन सक्छ । तर बढी नुनको प्रयोगले पनि स्वास्थ्यमा नकरात्मक प्रभाव पार्न सक्छ ।

३. रक्सी

रक्सी स्वास्थ्यमा नकरात्मक प्रभाव पार्न सक्ने भएकाले बिल्कुलै सेवन गर्नुहुँदैन । कुनै व्यक्तिहरूमा रक्सीले गर्दा पिसाब धेरै आउने, उल्टि हुन सक्ने र शरीरमा पानीको कमी हुन गई ब्लड प्रेशर कम हुन सक्छ ।

Like & Follow us on Facebook

४. आहार

खानामा पौष्टिक आहार समावेश गर्नुपर्दछ । शरीरमा पौष्टिक तत्वको कमि हुदाँ ब्लड प्रेशर कम हुनुको साथै कमजोरी हुन सक्छ । स्वास्थ्यका लागि घातक मानिने फास्टफुड खानुभन्दा हरियो सागसब्जी र फलफूल बढी खानुपर्छ ।

५. रक्तचाप कम भएमा

प्राय सबै प्रकारका दीर्घ रोगहरूको अन्तिम अवस्थामा रक्तचाप कम हुन सक्छ । समए समयमा रक्तचाप नाप्ने बानी बसाल्नु राम्रो हो । यस्तो समस्या नहोस् भन्नाका लागी डाक्टरसंग परामर्श लिने बानी बसाल्नु पर्दछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!