स्वास्थ्य

बेसार र यसको प्रयोग

Dr. Ram Bdr Bohara
डा. राम बहादुर बोहरा

आज समय परिवर्तन भएको छ । मानिस परनिर्भरपनको सिकार भएका छन् । मानिस रोगी हुनुको प्रमुख कारण अस्वस्थकर खानपिन र अनावश्यक औषधिको प्रयोग मान्न सकिन्छ । हर्वल औषधी सहि तरिकाले प्रयोग गर्न सके सानो औषधीले पनि ठुला-ठुला रोग निको हुनसक्छ । आज मैले बेसारबाट उपचार गर्ने विषयमा प्रकाश पार्ने जमर्को गर्दैछु । बेसार नेपालमा सदियौंदेखि ऋषिमनिहरूले यसको प्रयोग एक औषधिका रूपमा गर्दै आएको र आयुर्वेदमा यसको गुणहरूको पर्याप्त बयान गरेको पाइन्छ ।

१. धेरै पिसाब लागेमा

धेरै पटक पिसाब गरिरहनु पर्ने, पानीको प्यास बढी लाग्ने भएमा वा मधुमेह (डायबिटिज) भएमा पनि यो औषधिले राम्रो फाइदा गर्दछ ।
मात्रा : बिहान,बेलुका १\१ चम्चा शुद्ध राम्रो बेसारको धूलो पानीसँग खाने ।

२. सुख्खा खोकिमा

१ चिम्टी खाने खयर, १ चिम्टी बेसार तातोपानीसँग विहान/वेलुका खाने गरेमा २/३ दिनमा नै सुख्खा खोकी ठिक हुन्छ ।

३. कुनै पनि घाउ, खटिरा वा काटेकोमा

राम्रो शुद्ध बेसारको धूलो ५० ग्राम २०० ग्राम तोरी वा तिलको तेलमा पकाउने, राम्ररी पाकेपछि छानेर सिसीमा हालेर राख्ने आवश्यकता अनुसार कुनै पनि घाउमा ,कान दुखेमा कानमा हालेर निको पार्न सकिन्छ ।

४. वायुगोलाको समस्या

१ चम्चा घ्यू कुमारीको गुदी, १ चम्चा राम्रो बेसार १ चिम्टी सिदेनून फिटेर तातो पानीसँग खाली पेट केही दिन खाएमा ठीक हुन्छ ।

५. शरीर सुनिएमा मर्केमा

५ ग्राम राम्रो शुद्ध बेसार दूधमा पकाएर बिहान बेलुका २\४ दिन सेवन गर्नाले शरीरमा सुन्निएको साथै मर्केको पनि ठीक हुन्छ ।

६. गलगाँड भएमा

बिहान,बेलुका शुद्ध बेसार १ चम्चा खाने र घोटेर लेप बनाएर मनतातो पारी गलगाँडमा दिनदिनै लगाउने गरेमा ठीक हुन्छ तर धेरै पुरानो भए निको हुदैन ।

७. पेट फुल्ने रोग भएमा

हावा भरिएर पेट फुल्ने, दुख्ने, बटारिने भएमा १ चम्चा बेसार र १ चम्चा नून १ गिलास पानीमा पकाएर बिहान\बेलुका खानाले ठिक हुन्छ ।

८. कफ जमेर दम हुनेमा

आधा चम्चा बेसार दिनको ३ पटक मनतातो पानीसँग खाएमा कफ जमेर हुने कफ ठिक हुन्छ ।

९. रुघा लागेमा

ज्वानो र बेसार १ चम्चा दिनको ३ पल्ट १ गिलास पानीमा पकाएर खाएमा यसले रुघा पाक्छ र चाँडै आराम हुन्छ ।

१०. मूख, घाँटीमा घाउ आएमा

२ चम्चा बेसार २ गिलास पानीमा पकाउने र १ गिलास भएपछि गारगल\कुल्ला दिनको २ पटक गरेमा ठीक हुन्छ ।

११. खोकी लागेमा

१ गिलास दूधमा १ चम्चा बेसार हालेर उमालेर दिनको २ पल्ट खाएमा ठिक हुन्छ । बेसारको टुक्रा पोलेर सुत्ने बेला चुस्ने गरेमा पनि खोकी ठिक हुन्छ ।

१२. टंसिल भएमा

टंसिल दुखेकोमा बेसार र मह फिटेर रुद्रघण्टीमा बेलुका सुत्ने बेलामा लगाउने गरेमा ठीक हुँदै जान्छ ।

१३. हात्ती पाइले रोगमा

गौत(गाईको पिसाब) आधा गिलास, १ चम्चा बेसार, १ चम्चा सखर हालेर नित्य बिहान\बेलुका खाने गरेमा हात्तीपाइले रोग ठीक हुँदै जान्छ ।

१४. वाथ भएमा

घ्यू कुमारीको गुदी नित्य बिहान/बेलुका एक/एक चम्चा खाने गरेमा वाथरोग ठीक हुन्छ । मर्केको, चोट लागेको र सुनिएकोमा घ्यू कुमारीको गुदीमा बेसार मिसाउने र तताएर बाँधिदिएमा छिटै दुख्न कम हुन्छ, चोट पनि ठिक हुन्छ ।

१५. दाँत बलियो बनाउन

रायोको तेलमा नून बेसार मिलाएर नित्य सुत्ने बेलामा औंलाले दाँत राम्ररी माझेर मनतातो पानीमा कुल्ला गर्ने गरेमा १/२ हप्तामा नै गिजा तथा दाँत जरैदेखि बलियो हुन्छ ।

१६. मर्केको, चोट लागेको र सुनिएकोमा

घ्यू कुमारीको गुदीमा बेसार मिसाउने र तताएर बाँधिदिएमा छिटै दुख्न कम हुन्छ, चोट पनि ठिक हुन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

यो पनि पढनुहोस्

बिरेनुन र यसको प्रयोग

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!