धर्म-सस्कृति

हिन्दू अनुसार विवाहका प्रकार

हिन्दू अनुसार विवाहका प्रकार ! विवाह दुई व्यक्तिहरूको सामाजिक, धार्मिक अथवा कानूनी रूपबाट एक अर्का संगै जीवन ब्यतित गर्ने सम्बन्ध हो। विवाहले दुइ परिबार बिच नया नाता सम्बन्ध जोड्ने काम गर्छ । मनुस्मृतिले विवाहलाई दुई आत्माबीचको पवित्र मिलन भनेको छ। आफूले चाहेर मात्र नहुने, विवाहका लागि सूर्य भगवान्ले नै तोकिदिएको हुने कुरा उक्त स्मृतिमा चर्चा छ। स्कन्धपुराणको केदारखण्डको श्रीस्वस्थानीले पनि यही विचारलाई समर्थन गरेको छ। हिन्दूको जीवनलाई सफलीभूत पार्न विवाह संस्कारको ठूलो महत्व रहेको छ । यदि व्यक्तिमा वैदिक सनातन हिन्दूधर्म प्रति श्रद्धा, भक्ति र विश्वास भरिएको छैन, वेदले बताएको कर्म र धर्म प्रति आस्था छैन भने ऊ पुरुषार्थ निम्ति पात्र बन्न सक्दैन । हिन्दूधर्म अनुसार विवाहलाई आठ प्रकारमा विभाजन गरिएको छ ।

१.         ब्रहृम विवाह

२.         दैव विवाह

३.         आर्य विवाह

४.         प्रजापत्य विवाह

५.         आसुर विवाह

६.         गन्धर्व विवाह

७.         राक्षस विवाह र

८.         पैशाच विवाह

ब्रहृम विवाह, दैव विवाह, आर्य विवाह, प्रजापत्य विवाह, आसुर विवाह, गन्धर्व विवाह, राक्षस विवाह र पैशाच विवाह गरी शास्त्रीयरूपमा आठ प्रकारका विवाहहरू वणिर्त छन्। यी परम्परागत विवाहलाई नेपाली समाजले मागी विवाह, भागी विवाह, चोरी विवाह, जारी विवाह, प्रेम विवाह आदि नाम दिने गरेको पाइन्छ। परम्परागत रूपमा मागी विवाहको सर्वव्यापकता थियो। कतिपय जातजातिहरूमा चोरी विवाह र मागी विवाह पनि प्रचलित थिए। हाल सबै शिक्षित समाजमा प्रेम विवाह फस्टाउँदै गएको छ। एक प्रकारले यो मान्य भइसकेको छ। जारी विवाहको प्रचलन हराउँदै गएको छ। गाउँघरमा दुई-चारजना गएर सामान्य किसिमले विवाह सम्पन्न गरी केटी लिएर आउने विवाहलाई ‘कुम्ले विवाह’ र निकै ठूलो तयारी गरी बाजा र जन्ती लिएर गई केटी लिएर आउने विवाहलाई ‘वरियाती’ भन्ने चलन छ। विवाहमा पन्चे बाजा बजाउने पनि गरिन्छ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!