स्वास्थ्यहेल्थ टिप्स

औषधीको रुपमा कागतीलाई कुन-कुन रोगमा प्रयोग गर्न सकिन्छ ?

कागती एक प्रकारको रसिलो तथा अमिलो सदाबहार बहुउपयोगी र गुणकारी फल हो । कागती भिटामिन सी को महत्वपूर्ण स्रोत हो । सबै कागतीहरु सर्वगुणकारी हुने भएपनि कागजी कागतीलाई सबैभन्दा राम्रो मानिन्छ । कागतीको जुसले छालालाई सुन्दर र कोमल पनि बनाउछ । कागतीमा रोगको संक्रमणबिरुद्ध लड्न सक्ने गुण हुन्छ । यसले सेता मान्छेमा रक्तकोष उत्पादन गर्न मद्दत गर्छ र रगतलाइ संक्रमण हुनबाट पनि बचाउँछ ।
औषधीको रुपमा कागतीलाई निम्न रोगमा प्रयोग गर्न सकिछ ।
१. दाद रोगमा
पाकेको बकाइनोको गेडाको धूलो कागतीमा फिटेर लगाउनाले दाद रोग निको हुन्छ ।
२. घाँटी बसेमा
मनतातो पानीमा कागतीको रस, नून हालेर बिहान/बेलुका गारगल गर्नाले घाँटी बसेको ठीक हुन्छ ।
३. ओठ फुट्ने भएमा
दूधको तरमा कागतीको रस मिसाएर दिनको २/३ पटक ओठमा लगाउनु होस्, ओठ फुटेको निको हुन्छ ।
४. दाद आएमा
हर्रो कागतीको रसमा घोटेर लगाउने गरेमा दाद आएको ठिक हुन्छ ।
५. फियो बढेमा
कागतीको चुकमा ८-१० गेडा मरिच पिनेर बिहान-बेलुका लेप गरेमा ठीक हुन्छ ।
६. अजीर्ण भएमा
छोकडा, मरिच, सिदेनुन, मुनक्का दाख र जीरा बराबर पिनेर कागती हालेर लेदो अचार बनाउने र सिसीमा राख्ने र बिहान/बेलुका खाना खानु अगाडि १\१ चम्चा चाटेर मात्र खाना खाने गरेमा केही दिनमै अजीर्ण, बान्ता हुने, दीसा लाग्ने जस्ता रोग ठीक हुन्छ र बिस्तारै खाना पनि रुच्दै जान्छ ।
७. ढाड दुखेमा
दुई पुरिया कपुरमा एउटा कागतीको रस मिसाएर मनतातो पारी दुखेको ठाँउमा लगाउनाले ढाड दुखेको ठीक हुन्छ ।
८. कपालको रोगमा
कपाल झरेमा, कपाल सेतो भएमा, कपालमा चाया तथा जुम्रा परेमा कागतीको रसमा अमलाको धुलो मिलाएर कपाल धुनाले फाइदा हुन्छ ।
९. डण्डिफोर आएमा
डण्डिफोर हटाउँनकोलागि कागतिको रसमा मलाई मिलाएर एक महिनासम्म अनुहारमा लगाएमा डण्डिफोर हट्ने तथा अनुहार चम्किलो हुन्छ ।
१०. शरीर चिलाएमा
शरीरको कुनै भागमा चिलाएमा नरिवलको तेलमा कागतिको रस मिलाएर लगाउनाले चिलाउँदैन ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!