हेल्थ टिप्स

औषधीको रुपमा सिमालीको प्रयोग

सिमाली एक बुट्यान वर्गमा पर्ने वनस्पति हो । यसको पात किसानहरुले किटनाशक औषधि तथा प्राङ्गारिक मल बनाउन प्रयोग गर्ने गर्दछन् । नेपालको पहाड तथा मधेश जताततै पाइने विरुवा सिमाली महत्वपूर्ण वन औषधी हो । यसको वैज्ञानिक नाम Vitex Negundo हो । यसमा Volatile Oil, Alkaloids, Vitamin C, Carotene, Flavon, Tannic acid, Hudroxybenjoic Acid, Resin, Mallic Acid तत्वहरु पाइन्छ । औषधीको रुपमा सिमालीको निम्न अनुसार प्रयोग गर्न सकिन्छ ।

औषधीको रुपमा सिमालीको प्रयोग

१. खोकी र दममा

सिमालीको पातको १ लिटर रस निकालेर राम्ररी उमाल्ने र बाक्लो भएपछि झिक्ने र जति लेदो छ त्यति नै सखर हालेर राम्ररी मिसाउने । १/१ चम्चा बिहान र बेलुका खाने गरेमा सबै रोग ठीक हुन्छ । औषधि सेवन गरुन्जेल दूध भातमात्र खाँनु राम्रो हुन्छ ।

२. टाउको दुखेमा

सिमालीको २/३ वटा पातमा नून हालेर काँढा पानी बनाएर खाएमा ठीक हुन्छ ।

३. आधा कपाल दुखेमा

जतापट्टीको कपाल दुखेको छ त्यसको अर्को पट्टिको कानमा २/३ थोपा सिमालीको पातको रस मनतातो पारी हालेमा ठीक हुन्छ ।

४. दन्त शूलमा

सिमालीको जरा फिट्कीरी पानीमा पिनेर दाँत माझ्नाले दाँत सम्बन्धी रोगहरु निको हुन्छन् ।

५. कानको रोगमा

सिमालीको जरा तिलको तेलमा राम्ररी पकाउनु र छानेर राख्नु । २/२ थोपा कानमा हालेमा कान पाक्ने, बसहरोपन, खटिरा, घाउ सारा निको गर्छ ।

६. घाँटीको रोगमा

३/४ वटा सिमालीको पात २ वटा पिल्ला नून हालेर काँढा बनाएर पिएमा घाँटी सम्बन्धी रोग निको हुन्छ ।

७. शरीर सुनिएमा

सिमालीको ३/४ पातको काँढा नून हालेर पकाएर खानु ३/४ दिनमै सुनिएको ठीक हुन्छ ।

८. ज्वरो आएमा

सिमालीको पात ३/४ वटा र नून हालेर काँढा बनाएर बिहान र बेलुका खाने गरेमा जस्तोसुकै ज्वरो पनि ठीक हुन्छ ।

९. गण्डमाला

सिमालीको पात पकाएर घाँटीमा नियमित सेक्नाले र सिमालीको रस २/३ थोपा दुबै नाकमा हाल्नाले गण्डमाला निको भएर आउँछ ।

यो पनि पढनुहोस्

औषधीको रुपमा मरिचको प्रयोग

औषधीको रुपमा हिङको प्रयोग

औषधीको रुपमा कपुरको प्रयोग

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!