स्वास्थ्य

एण्टिबायोटिक मेडिसिनबारे आवश्यक जानकारी

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

आजकाल एण्टिवायोटिक मेडिसिन बढी प्रयोगमा आइरहेको छ । हरेक प्रकारको रोगमा एण्टिवायोटिक औषधिले काम नगर्न सक्छ । पटक-पटक एण्टिवायोटिक मेडिसिन चलाउदा रेजिस्टेण्ड हुनसक्छ ।

एण्टिबायोटिक केलाई भन्दछन् ?

एण्टिबायोटिक औषधिलाई एण्टिबेक्टिरियल मेडिसिन भन्दछन् । ब्याक्टेरियल इन्फेक्शन्ससंग लड्ने सवैभन्दा पावर फुल मेडिसिनलाई भन्दछन् । यस्ता मेडिसिन सहि तरिकाले प्रयोग गर्न सके मानिसको ज्यान बचाउन सक्छ । तर यो मेडिसिन अरू औषधि जस्तै साइड इफेक्ट हुनसक्छ ।

एण्टिवायोटिक मेडिनले कसरी काम गर्छ ?

ब्याक्टेरियाको सक्रमण बढ्न थालेको अवस्थामा एण्टिबायोटिकको अनुचित प्रयोगले शरीरमा भएको रोग प्रतिरोधक शक्ति नष्ट गर्न सक्छ । हाम्रो शरीरमा
हुने सेतो रक्तकणको प्रमुख भूमिका भनेको हानिकारक ब्याक्टेरियाको सक्रमण लाई निस्चेत पार्दछन् तर कहिले काही ब्याक्टेरियाको सक्रमणको असर बढी भएमा एण्टिबायोटिक औषधिको आवस्यक हुन सक्छ । यस्तो बेलामा प्रयोग भएका एण्टिबायोटिक मेडिसिनले ब्याक्टेरियाका जीवाणुलाई नष्ट गर्दछ । कहिले काही सर्जरी गरि सकेपछि या अघि पनि यस्ता मेडिसिन चलाउन आवस्यक हुन सक्छ ।

एंटीबायोटिक्स मेडिसिनको उपयोग कसरी गर्ने ?

१. कुनै पनि एण्टिबायोटिक औषधि दिदा डाक्टर वा अनुभवी व्यक्तिको रेखदेखमा चलाउनु मानवको लागि सुरक्षित मानिएको छ ।

२. एण्टिबायोटिक मिडिसिन लेखेको निर्देशन भन्दा बढी लिनु या दिनु घातक हुन सक्छ ।

३. लेखेको डोजभन्दा कम खानु हुदैन यसो गर्दा ड्रग रेजिस्टेण्ड हुन सक्छ ।

४. औषधि सेवन गर्दा गर्दै बिचमा औषधि रोक्नुभएको खण्डमा केहि बेक्टीरिया बच्न गएमा पुन सक्रमण हुने खतरा बढ्न सक्छ ।

५. हरेक ब्यक्तिको शरिरलाई एकै किसिमको मेडिसिनले काम नगर्न सक्छ त्यसैले अरूले खाने गरेको औषधि सकेसम्म प्रयोग नगर्ने ।

६) एण्टिबायोटिक्स मेडिसिन खाना खानुभन्दा एक घण्टा या खाना खायको एक घण्टा पछाडि खानाले राम्रो फाइदा देखिन सक्छ ।

एण्टिबायोटिक्स मेडिसिन प्रयोग गर्नु नहुने अबस्थाहरु 

१. गर्भवती महिलालाई ।

२. दूध खुवाउदै गरेको अवस्थामा ।

३. जसको किड्नी वा लिभरले ठिक काम गरेको छैन भने ।

४. एण्टिबायोटिक्स खाई रहेको अवस्थामा अर्को एण्टिबायोटिक्स मेडिसिन नखाने । खानैपर्ने अवस्था भएमा डाक्टर वा अनुभवी व्यक्तिको सल्लाहमा लिने ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्  

एण्टिबायोटिक औषधिबारे जानकारी

आयुर्वेदिक औषधि र यसको रहस्य

होम्योपैथीक औषधि सेवनबारे जानकारी

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!