राजनीति

जनयुद्धभित्र लुकेको स्वार्थ

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

जनयुद्ध किन हुन्छ ? जनयुद्धको प्रमुख एजेण्डा के हुन सक्छ । जनयुद्धको क्रममा १७ हजार मारिए । यसको खासै उपल्ब्धी केहि देखिएन । यो १७ हजारको रगतले राम्रो सन्देश गएन देशमा विकास हुन सकेन जनयुद्ध पुन: शुरु भएको छ । जनयुद्ध भयो केवल जनता मारिए नेतृत्वबर्गले कुर्सी पाए तर कमजोर वर्गको केही उत्थान भएन । राजसंस्था फालेर देशमा विकासले गति पाएको भए यसको उपलब्धिलाई प्रशंशा गर्नुपर्ने थियो तर सोचेको जस्तो हुन सकेन यसैको प्रतिफल स्वरूप अर्को समुह खडा भएको छ ।

जब-जब स्वार्थमा काम हुन्छ तब-तब प्रतिकारमा अर्को समुह पैदा हुदै जान थाल्दछ । जनयुद्धको उपलब्धिलाई स्वार्थमा परिणत गरिदिदा देश ओरालो लाग्दैछ । राजसंस्था गयो तर राजाको जस्तो भुमिका गएन यहाँ सवै राजा बन्ने उद्धेश्य मात्र रहेको देखिन्छ । सशस्त्र रूपको यो युद्ध १९९६ देखि २००६ सम्म चलिरह्यो । नेकपा माओबादीद्वारा १ फागुन २०५२ वि सं (१३ फरवरी १९९६) देखि थालिएको यो युद्ध नेपालको राजतन्त्रको अन्त्य र संघीय गणतन्त्रको स्थापनाको लागि लक्षित थियो र भयो ।

यो पनि पढ्नुहोस्

देश कसैको पेवा होइन ?

देश कता गई रहेको छ ?

परिवर्तन कुन चराको नाम हो ?

मेरो देश नेपालले कहिले काचुली फेर्ला ?

के यस्तो राजनीतिक अवस्थाले देश बन्न सक्ला ?

सत्ता हुनेहरुमा व्यक्तिगत स्वार्थको पराकाष्ठा

नेपाली धर्म संस्कृति, राजनीति र समाज कता गई रहेको छ ?

यो २१ नोभेम्बर २००६ का दिन तत्कालीन सरकार र माओबादी विद्रोहीका वीच भएको बृहत शान्ति सम्झौतामा टुंगियो । यस युद्धमा हजारौं शशस्त्र विद्रोही माओवादी, नेपाल प्रहरी नेपाली सेना तथा सर्वसाधारण नेपाली जनता मारिएका थिए । मारिय तर यसले न विकास भयो नत जनताको चाहना अनुसार नै परिवर्तन भयो परिवर्तन त भयो स्वार्थको ।

युद्धमा राज्य तथा विद्रोही दुवै पक्षबाट युद्धमा संलग्न रहेका तथा संलग्न नरहेका सर्वसाधारणलाई समेत सताउने, यातना दिने, बेपत्ता पार्ने तथा मार्ने समेतका घटना भएका थिए । युद्धकालमा दुवै पक्षबाट मानव अधिकारको गम्भीर उल्लंघन भएको थियो । अबको युद्धले पनि स्वार्थ मात्र लिने हो भने यसको केहि अर्थ छैन । आज देशका युवाहरु पलायन हुने दर बढ्दैछ ।

Like & Follow us on Facebook

के यही हो त जनयुद्धको एजेण्डा ? जनयुद्धको उपलब्धिलाई विकासमा परिवर्तन गर्न सकेको भए ठूलो उपलब्धि हुने थियो । यो कलियुग हो यहाँ स्वार्थको खेती राम्रोसंग फस्टाउछ जसले कुर्सी समाउछ उसले केवल आफुलाई मात्र सफल सम्झेको हुन्छ । उसले देशको अवस्था के छ भन्नेतर्फ ध्यान दिन सकिरहेको हुदैन । यसले देशको विकास वेरोजगारको अन्त्य होइन व्यक्ति विकास मात्र हुने देखिन्छ ।

*यो लेखकको निजी नितान्त विचार हो ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!