हेल्थ टिप्स

माटोको भाडामा राखेको पानी पिउनुका फाइदाहरु

गर्मी महिना लागेसगैँ विभिन्न रोगले पनि सताइरहेको हुन्छन् । गर्मी याममा अनेक समस्याबाट मुक्ति पाउनका लागि माटोको भाँडामा राखेको पानी खानु सबैभन्दा उत्तम उपाय हो । आयुर्वेदमा माटोको भाँडामा राखिएको पानी शीतल, हल्का, स्वच्छ र अमृत समान मानिन्छ । स्वास्थ्यका दृष्टिले माटोको भाँडामा राखिएको पानी पिँउदा शरीरको गतिलशिलता नियन्त्रण गर्ने र शरिरमा शितलता प्रदान गर्छ ।

१. फाइदाजनक

माटाको भााडामा राखिएको पानी प्राकृतिक रूपमै चिसो हुन्छ जब कि फ्रिजको पानी चिसो बनाउन बिजुलीको प्रयोग हुन्छ । फ्रिजमा राखिएको पानी बढी चिसो हुने तथा स्वास्थ्यमा नकारात्मक असर पार्ने खालको हुन्छ । माटाको भाँडो प्रयोग गरियो भने बिजुलीको खपत कम हुन्छ, पैसा वचत हुन्छ र त्यही पैसाले माटाको भाँडो किन्दा माटाको भाँडो बनाएर गुजारा चलाउनेहरूलाई फाइदा पुग्छ ।

२. प्रतिरक्षा प्रणालीमा सुदृढीकारण

माटोको भाडामा शुद्धिकरण गर्ने क्षमता हुन्छ । माटोमा अशुद्ध पदार्थलाई शुद्ध गर्ने गुण भएको कारण त्यसले पानीमा भएको विशाक्त पदार्थलाई सोस्छ । माटाको भाँडोमा माटोमा पाइने त्यस्तो प्राकृतिक गुण हुन्छ जसले अशुद्धिहरूलाई नाश गर्छ र शरीरका लागि आभदायक खनिज तत्व प्रदान गर्छ । शरीरलाई विषाक्त पदार्थबाट मुक्त बनाई प्रतिरक्षा प्रणाली सुदृढ बनाउन पनि माटाको भाँडामा राखिएको पानीले सहयोग गर्छ ।

यो पनि पढ्नुहोस्

पानी यसरी पिउनुहोस्

पानी किन र कति पिउने ?

तातो पानी पिउने कि चिसो ?

कागती पानी पिउनुका फाइदाहारू

पानी कम हुँदा निम्तने ९ समस्याहरु

पानीबाट रोगहरुको उपचार चिकित्सा विधि

जान्नुहोस् ! पानी कति पिउने र कसरी पिउने ? 

३. लाभदायक

फ्रिजको पानी खाँदा कब्जियत तथा घाँटी दुख्नेजस्ता समस्या सिर्जना हुन सक्छन् तर माटाको भाँडामा राखिएको पानीले त्यस्तो समस्या उब्जाउँदैन । यसमा राखिएको पानी शरीरका लागि अनुकूल हुने हदसम्म मात्र चिसो हुन्छ ।

४. शरीरको प्राकृतिक सन्तुलन कायम

माटाको भाँडामा राखिएको पानीको पीएच सन्तुलन सन्तुलित हुन्छ । माटाको क्षारीय तत्व तथा पानीको तत्व मिलेर उचित पीएच ब्यालेन्स निर्माण गर्छन् जसले शरीरलाई कुनै प्रकारको हानी हुन दिँदैन भने शरीरको प्राकृतिक सन्तुलन पनि बिगार्दैन ।

५. स्वास्थ्यवर्धक

माटाको भाँडामा राखिएको पानी स्वास्थ्यका लागि अत्यन्त फाइदाजनक हुन्छ । यसको तापक्रम सामान्यभन्दा थोरै मात्र चिसो हुने भएकाले यसले शीतलता त प्रदान गर्छ साथै पाचन प्रक्रिया राम्रो बनाउन समेत सहयोग गर्छ । शरीरमा टेस्टोस्टेरोनको स्तर बढाउनुको साथै एसिडिटीको समस्याबाट मुक्त गराउँछ ।

Like & Follow us on Facebook

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!