आयुर्वेद

प्राचीन चिकित्सा पद्धति पानीबाट रोगको उपचार (Hydropathy)

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

पानी प्रकृतिको अनुपम उपहार भन्दा खासै फरक पर्दैन । यदि यो धर्तीमा पानी नहुदो हो त सम्पुर्ण जीव जन्तु नै हुने थिएन । मानिसको अस्तित्व नै समाप्त हुने थियो । जन्मदेखि मृत्युसम्म पानीको आवश्यक हरेक मानिसलाई हुने गर्दछ । आज मैले पानीबाट कसरी उपचार सम्भव छ भन्ने बारेमा जानकारी पस्कनेछु ।

जब-जब हाम्रो शरीरमा पानीको कमि हुन थाल्दछ तब-तब हाम्रो स्वास्थ्यमा गडबडी हुन थाल्दछ । हामीलाई यो थाहा हुदैन की यस्तो हुनुमा पानीको कमि हुन सक्छ । हरेक रोग लाग्नुको पछि कहिन कहि पानीको कमी हुन सक्छ भन्ने कुरा हामीले बुझ्न आवश्यक छ । स्वास्थ्य रहन जति खानाको आवश्यक छ त्यो भन्दा बढी पानीको आवश्यक छ ।

हाम्रो शरीरमा ७०% पानीले ओगटेको छ । यही पानीको अभावको कारणले अनेकौं रोग लाग्न थाल्दछ । यदि हाम्रो शरीरलाई आवश्यक पानीको पुर्ति हुन सक्छ भने कुनै पनि रोगले हाम्रो शरीरलाई प्रभाव पार्न सक्दैन । पृथ्वीमा जतिपनि उपचार पद्धति छन् सवैभन्दा प्राचीन चिकित्सा पद्धतिमा Hydropathy प्रमुख मानिएको छ ।

प्राकृतिक, आयुर्वेदिक र यूनानीमा यसको महत्व धेरै मानिएको छ। वैकल्पिक चिकित्सा पद्धतिमा यसलाई प्रमुख स्थान दिइएको छ । जापानमा यो उपचार पद्धति लोकप्रिय छ । जापानीहरूले पानीको साहेताबाट उपचार गर्ने गरेको पाइन्छ । यो कुनै पनि औषधि भन्दा कम छैन । जहाँ पानी छ त्यहाँ जीवन छ । आउनुस पानीको साहेताबाट के कस्ता रोग निको बनाउन सकिन्छ जान्ने प्रयत्न गरौं ।

पानीको साहेताबाट निको गराउन सकिने रोगहरू

१. पानी पिउनाले थकान मेटाउदछ । कहिबाट घुमेर आउनुभएको छ भने एक गिलास पानी पिउने गर्नुस् यसले धेरै फाइदा पुर्याउनेछ ।

२. यदि ज्वरो कडा टाइपको छ भने पानी पट्टी दिनुको साथ साथै हरेक आधा-आधा घण्टामा चिसो एक गिलास पानी दिने गर्नुस् ज्वरो निको हुन्छ ।

३. यदि कुनै मानिस मूर्छा परेको भए उसको अनुहारमा पानीको छिटा हान्नुस मानिस होशमा आउदछ । उसलाई पानीले भरिएको टबमा सुताई दिनुहोस् होशमा आउदछ ।

४. यदि तपाईलाई साइटिकाको समस्या छ भने चिसो पानीको साहेताले सेकाई गर्नुस दुखाई कम हुन थाल्दछ ।

५. हिस्टीरियाका रोगीलाई नियमित चिसो पानीले नुहाउदा यो रोग निको हुन्छ ।

६. आगोले पोलेको छ भने पोल्नासाथ पानीको छिटा हान्न थाल्नुस जबसम्म पोलेको डाहा निको हुदैन ।

७. किड्नी फेल हुनुमा पानीको कमीलाई प्रमुख मानेका छौं । पानीको सेवन नित्य गर्नेलाई किड्नी फेल हुदैन र फेल भएमा क्रमश: निको हुदै जान थाल्दछ ।

८. पानीको सेवन कमगर्नेहरू कब्जियतको रोगबाट ग्रस्त हुन्छन् । पेटको रोगको प्रमुख कारण भनेको कब्जियत प्रमुख हो ।

९. पानीको कमी हुनाले हाम्रो शरीरमा भएको फोहर निस्कासन प्रणालीमा बाधा पुग्दछ । पानीको अभाव भएमा किड्नीले काम गर्न छोड्दछ ।

१०. मोटोपनाबाट परेशान हुनुहुन्छ भने आजैबाट पानी प्रशस्त पिउन थाल्नुस यसले अनावश्यक खानाबाट बचाउदछ । यसरी नियमित पानीको सेवन गर्नाले क्रमश: मोटोपना घट्दै जान थाल्दछ ।

११. जण्डिसको रोगमा पनि पानीको सेवन बढी गर्नुपर्छ । यसरी पिएको पानीको साहेताले जण्डिस निको हुन सक्छ ।

१२. चाडो बुढो हुनबाट रोक्न पानी जस्तो ठूलो औषधि केहि छैन । नियमित पानीको सेवन गरेर आयुलाई बुढो हुनबाट रोक्न सकिन्छ ।

नोट : यहाँ मैले लेखेका भन्दा थुप्रै रोगमा पानीको साहेताबाट उपचार गराउन सकिन्छ । पानीको सेवन आफुले पनि सेवन गर्नुस् र अरूलाई पनि पानीको सेवन गर्न सिकाउनुस् यसले सबैको कल्याण हुनेछ ।

Like & Follow us on Facebook

यो पनि पढनुहोस्

जौको पानी पिउनुका फाइदाहरु

चिसो पानीले नुहाउँदा हुने फाइदाहरु

पानीको कमिले शरीरमा देखिने समस्याहरु

माटोको भाडामा राखेको पानी पिउनुका फाइदाहरु

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!