स्वास्थ्य

रोगको उपचार औषधि मात्र नभएर जान्न आवश्यक छ के कारणले लाग्यो रोग

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

रोगको उपचार औषधि मात्र नभएर जान्न आवश्यक छ के कारणले लाग्यो रोग । टाउको दुखाईबाट पिडित हुनुभएको छ भने तपाईंले पक्कै चिया र कफिको सेवन बढी गर्नु भएको हुन सक्छ । भनाई छ जहरको औषधि जहर नै हुन सक्छ । विगत लामो अनुभवबाट यो कुरा प्रमाणित भइसकेको छ ।

मेरो व्यक्तिगत अनुभव आजको लेखमा प्रस्तुत गर्न गइरहेको छु । म दिनमा २ कप ब्लेक टि पिउने गर्छु । पहिलो मर्निङ टाइम भन्नाले ठिक ७ सात बजे प्रात र दिउसो ठिक ३ बजे मलाई अनिबार्य चिया खाएको हुनुपर्छ । यसको प्रमुख कारण हो टाउको दुखाईको उपचार ।

मलाई दिनमा २ पटक टाउको दुख्ने समस्या देखिन थालेको छ । मैले निकोटिनको असर होला भन्ने लागेको थिएन कहिलेकाही चिया खाएपछी टाउको दुख्ने समस्या आफै सेलाएर जाने गर्दथ्यो । मैले केही दिन चिया नखाने विचार गरे र हेरे के होला चियाको विकल्पको खोजी गर्न थाले ।

मैले चियाको विकल्पको रूपमा चुरोट पनि निकोटिनको स्रोत हो के हुने रहेछ भनेर ठिक चिया खाने समयमा मैले चियाको ठाउँमा चुरोट तान्ने गरे यसो गर्नुको पछाडि मेरो मुख्य उद्धेश्य थियो टाउको दुख्ने कारण निकोटिनको कमि नै हो त ? यसको कारणको खोज गर्नु थियो ।

जब मैले एक सर्का चुरोट तान्ना साथ मलाई राहत महसुस भयो कि निकोटिनको अभाबमा टाउको दुख्ने समस्यालाई निकोटिनको अभाव पुर्ति गर्नु नै सटिक उपचार रहेछ । हरेक रोगको पछि पनि एउटा कारण रहेछ त्यो चिज भन्नाले उसको शरीरमा भएको कमजोरी या कुनै पदार्थको कमि हुनु ।

कुनै-कुनै मानिसको शरिरमा भिटामिन डि को अभावमा जोर्नी दुख्ने समस्या हुन सक्छ । यसरी हामीले रोगको उपचार गर्ने सिस्टमको विकास गर्छौं भने रोगको उपचारमा पक्कै सफलता हासिल गर्न सक्छौं । टाउको दुखाई पछिको रहस्य भनेको निकोटिनको अभाव रहेछ भन्ने जानकारी हामीले पाएका थियौं ।

आज हाम्रो स्वास्थ्य शरीरमा रोग लाग्यो भने हामीले वास्तविक कारणतर्फ नगएर हामी उपचारतर्फ लाग्छौं भने रोग निको हुनुको सट्टा झन बढ्न सक्छ । वर्तमान अवस्थामा हरेक चिकित्सकले यो कुरा बुझ्न आवश्यक छ । टाउको दुख्नु निकोटिम जस्तै भिटामिन ए को कमि पनि हुन सक्छ ।

प्रेसर बढ्नुको पछि सोडियमको कमि हुन सक्छ । कतिपय महिला पुरूषको शरिरमा भिटामिन ई को अभावमा गर्भ नरहन सक्छ । हाम्रो अध्ययन यस्तो हुनु पर्छ रोगको उपचार औषधि मात्र होइन अरू कारण पनि हुन सक्छ भन्नेतर्फ ध्यान दिन सके सानो खर्चमा ठूलो उपचार हुन सक्ने देखिन्छ ।

तसर्थ, टाउको दुखाई पछिको रहस्य निकोटिन पनि एक हो भने जस्तै हरेक रोगको पछि निकोटिन जस्तै अरू कारण के के हुन सक्छ भन्ने विषयमा जान्न आवश्यक छ ।

यो पनि पढनुहोस् 

रोग लाग्नुका कारणहरु

रोगको प्रमुख कारण स्वयं मानिस हो

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!