यौन जिज्ञासा

शास्त्र भन्छ, यी १० महिलासंग राख्नु हुँदैन शारीरिक सम्बन्ध

शारिरीक सम्बन्ध केवल शरिरसंग मात्र सम्बन्धित हुँदैन । यसले व्यक्तिको मानसिक र आध्यात्मिक क्षेत्रमा पनि उत्तिकै प्रभाव पार्छ । विशेषगरी पूर्वी सभ्यता अझ भारतवर्ष (दक्षिण एसिया) का देशहरुमा विवाहपछि मात्र सेक्स हुनुपर्ने संस्कृति रहि आएको छ । यो केवल एक नियम मात्र होइन, मानव शरिर र यसको सम्भावनालाई सबल बनाउन आवश्यक विषय पनि हो । तर पश्चिमा सभ्यताको प्रभाव र हर्मोनल असन्तुलनको कारण विवाह अघि नै सेक्स चाहनेहरु बढ्दो छन् । यो नकारात्मक विषय होइन, तर विवाह अघि सेक्स गर्दा पनि यी महिलासंग भने यो सम्बन्ध कायम राख्नु हुँदैन । हिन्दु धर्मशास्त्र भन्छ, यी १० महिलासंग शारीरिक सम्बन्ध राख्नु हुँदैन ।

१. अविवाहित महिला

पुरुषले अविवाहित महिलासंग शारीरिक सम्वन्ध राख्नु पाप हो । चाहे त्यो सम्झौता अनुसार होस् वा जबरजस्ती शारीरिक सम्बन्ध राख्नु हुदैन ।

२. विधवा महिला

पुरुषले विधवा महिलासंग शारीरिक सम्बन्ध राख्नुहुदैन । यदि पुरुषले ती महिलासंग विहे गरेपछि मात्र शारीरिक सम्बन्ध राख्नु पर्दछ ।

३. ब्रम्हाचरी महिला

कुनै पनि महिला ब्रम्हाचारी जीवनमा आबद्ध छिन् भने त्यस्ता महिलासंग शारीरिक सम्बन्ध राख्नु हुदैन । जसले महिलाको ध्यान भंग हुन्छ ।

४. साथीको पत्नी

आफ्नो साथीको पत्नीमाथी नराम्रो नजरले हेर्नु अर्थात शारीरिक सम्बन्ध राख्नु कुन पनि हिसाबले ठिक होइन ।

५. दुस्मनकी पत्नी

दुस्मनकी पत्नीसंग कुनै पनि किसिमको सम्बन्ध राख्नु महापाप हो । जस्ले अन्य नोक्सानी निम्त्याउन सक्छ ।

६. आफ्ना विधार्थीको पत्नी

आफुले पढाएका विधार्थी अर्थात शिष्यको पत्नीसंग शारीरिक सम्बन्ध राख्नु महापाप हो । साथै आफ्ना शिक्षकका पत्नीसंग शारिरिक सम्बन्ध राख्नु पनि महापाप मानिन्छ ।

७. आफ्नै परिवारका महिला

आफ्नै परिवारका महिलासंग शारीरिक सम्बन्ध राख्नु महापाप हो । जोसंग रगतको नाता हुन्छ, र एउटै परिवारको नाता सम्बन्ध छ भने त्यस्ता महिलासंग शारीरिक सम्वन्ध राख्नु हुदैन ।

८. धेरै पुरुषसंग सम्बन्ध राखेका महिला

जुन महिलाले धन सम्पतिको लागी आफ्नो शरिर तथा मान सम्मान बेचेका छन् त्यस्ता महिलासंग शारीरिक सम्ब्न्ध राख्नु हुदैन । यस्तै कुनैपनि कारणले जाँड रक्सी पिएर मातेका महिलासंग समेत शारीरिक सम्बन्ध राख्नुहुदैन । त्यस्तो फाइदा उठाउने पुरुषलाई नराम्रो मानिन्छ ।

९. आफुभन्दा जेठी महिला

आफ्नो उमेर भन्दा बढि उमेरको महिलासंग सम्बन्ध राख्नु पुरुषका लागी महापाप हो ।

१०. परिवारका सदस्यका आफन्त

आफ्ना परिवारको सदस्यका आफन्तसंग शारिरिक सम्वन्ध राख्नु समेत महापाप मानिन्छ । शारीरिक सम्बन्ध आपसी सहमतिको आधारमा कायम गरिने स्वभाविक प्राकृतिक कर्म हो । यसलाई धेरै दिमागमा चढाउँदा शारीरिक रुपमा नकारात्मक असर पुग्छ । त्यसैले स्वस्थ शारीरिक सम्बन्ध महत्वपूर्ण मानिन्छ ।

Like & Follow us on Facebook

यो पनि पढनुहोस्

कुन समयमा यौन सम्पर्क राख्दा गर्भ बस्छ ?

यौन जीवन रोमाञ्चक बनाउने ७ टिप्सहरु

जन्म नक्षत्रवाट थाहा पाउनुस् तपाईंको यौन जीवनको जानकारी

सेक्स सन्तुष्ति नहुनुका कारणहरु

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!