विज्ञान जिज्ञासा

हरितालिका तीजभित्र लुकेको महत्वपूर्ण वैज्ञानिक पक्ष

Gopal Bhandari
गोपाल भण्डारी

तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो । यो चाड भाद्र शुक्ल द्वीतिया देखि पञ्चमी सम्म ४ दिन मनाइन्छ । तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ । नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् । भनिन्छ, आद्य शक्ति भगवानशिवकी अर्धाङ्गीनी हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो वत्र राखेकि थिईन् त्यो दिन यहि हरितालिका तिजको दिन थियो त्यसै दिन आजसम्म हिन्दु नारीहरूले यो पर्व मनाउदै आएका छन् ।

तीजमा नारीहरुले व्रत-उपवास बस्दा फाइदा छ । यसले मान्छेलाई शारीरिक रुपमा स्वस्थ वा रोगमुक्त हुन सहयोग पुग्छ । बेला-बेलामा उपवास बस्नुले शरीरको स्वास्थ्यमा सुधारगत परिवर्तन आउँछ । ध्यानमग्न भई बस्ने उपवासले मानसिक पवित्रता र स्वच्छता दिलाउँछ । उपवास श्रद्धा र भक्ति प्रदर्शनको माध्यम भएपनि यो स्वास्थ्यका लागि निकै लाभदायक छ । उपवासले शरीरको प्रतिरोधी क्षमता बढाउँछ । न्युराल्जिया, कोलाइटिस, थकान, कब्जियत, कोलाइटिस, टाउको दुख्ने हुँदैन । शारीरिक तौलमा सन्तुलन ल्याउँछ । उपवास बस्दा ब्रेन डिराइभ्ड न्युट्रोफिल फ्याक्टर नामक प्रोटिन बढ्छ र मस्तिष्कको कार्यक्षमता वृद्धि हुन्छ । स्मरण शक्तिमा बढेपछि अल्जाइमर हुन पाउँदैन । पार्किन्सनको सम्भावना घट्दै जान्छ । उपवासमा पाचन प्रक्रियाले आराम पाउने भएकाले पाचनशक्ति बलियो हुँदै जान्छ । शरीर फुर्तिलो हुन्छ ।

हामी र हाम्रो धर्म संस्कृति र परम्परा जोगाउनेतर्फ लाग्नुपर्दछ । धर्म संस्कृतिमा भएका सुसंस्कारलाई जगेर्ना गर्नेतर्फ लाग्नुपर्छ । आधुनिकताको नाममा विदेशी संस्कार जोडेर धर्म संस्कृतिमा विकृति भित्र्याउने हो । संस्कृति तथा परम्परा मनाउने शैलीमा समय सापेक्ष परिवर्तन हुँदै जानु स्वाभाविकै हो । संस्कृतिभित्रका वैज्ञानिक पक्षलाई जगेर्ना गर्दै कुसंस्कारहरूलाई क्रमशः हटाउँदै लैजानुपर्छ । तर, हामीले संस्कृतिभित्रका वैज्ञानिक पक्षलाई बेवास्था गर्दै कुसंस्कारलाई झन् बढवा चाहि दिनु हुँदैन ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!