हेल्थ टिप्स

स्वास्थ्यको लागि फलफूल खानुका फाइदाहरु

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

स्वास्थ्यको दृष्टिकोणले फलफूल बढी उपयोगी हुन्छ । गर्मी मौसममा फलफुल प्रयाप्त पाइन्छ । हामीले हाम्रो भान्सामा पकाएर खाने खानाको तुलनामा फलफूलको सेवनले थुप्रै रोगहरू निको बनाउन सक्छ ।

पकाएर खाने खानेकुरा भन्दा काचै खाने खानेकुरा बढी पौष्टिक हुने गर्दछ । आजको लेखमा काचो खानाले मानव स्वास्थ्यमा के कस्तो फाइदा हुन सक्छ भन्नेबारे जानकारी पस्कन गइरहेको छु । स्वास्थ्यप्रति सबैको ध्यान पुग्न सके राम्रो हुने थियो तर कसैको ध्यान पुग्न नसक्नु दुर्भाग्य भन्दा खासै फरक छैन ।

फलफूल खानुका फाइदाहरु

१. काँचो खानेकुरामा प्रशस्त भिटामिन, खनिज, एन्टिअक्सिडियन्ट पकाइएका खानाको तुलनामा बढी हुन्छ किनकि पकाएको खानेकुरामा कार्सिनोजेन नामक तत्व हुने भएकोले पकाएको खानेकुराबाट विभिन्न प्रकारका क्यान्सर हुने खतरा हुन्छ ।

२. दैनिक भोजनमा फलफुल र सागसब्जी जस्ता धेरै भन्दा धेरै काँचो खानेकुरा मिसाएर खाने बानीले क्यान्सरको खतराबाट जोगाउँछ ।

३. काँचो खानेकुरा विभिन्न प्रकारका प्रोटिनको महत्वपूर्ण स्रोत हो, जसले पाचन प्रक्रिया सहज गर्ने, कोलेस्ट्रोल ठीक्क राख्ने र कब्जियतबाट बचाउँछ ।

४. यदि तपाई चिनी प्रतिको मोह नियन्त्रण गर्न सक्नु भएको छैन भने कच्चा खानेकुराले तपाईको समस्या समाधान गर्छ । फलफूल चिनी र ऊर्जा प्रदान गर्ने अन्य पोषणको स्वभाविक प्राकृतिक स्रोत हो ।

५. फलफुल तथा सागसब्जीमा फ्याट र क्यालोरिको मात्रा प्राकृतिक दृष्टिले नै न्यून हुन्छ ।

६. तपाई आफ्नो तौल बढेर हैरान हुनुहुन्छ वा मोटोपनबाट मुक्त हुन चाहनुहुन्छ भने निश्चय नै काँचो फलफूल र सागसब्जी सहयोगी सिद्ध हुन सक्छ ।

७. कच्चा खानेकुराले थोरै मात्रामा कार्वनडाइअक्साईड उत्सर्जन गर्छ ।

८. काँचो खानेकुरा कसलाई पो मन पर्दैन बदाम, केरा, किवी फल, सुन्तला, स्याउ, चेरी, स्ट्राबेरी, व्लुबेरी, गाजर, मुला, आप, भुईकटहर, एभोकाडो लगायतका अन्य फलफुल र सागसब्जी निकै स्वादिला हुन्छन् ।

९. फलफूल पकाउन तपाईलाई ऊर्जा आवश्यकता पर्दैन । कच्चा खानेकुरलाई प्याक गर्न वा वोतलमा राख्न पर्दैन । यसले प्रदूषण वा फोहरलाई रोक्न पनि सहयोग गर्छ ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

सेक्स पावर बढाउने लसुन खानुका फाइदाहरु

स्वास्थ्यको लागि तोरीको साग खानुका फाइदाहरु

पालुङ्गोको साग र यसको फाइदा

बेथेको साग र यसका फाइदाहरु

मानव स्वास्थ्यको लागि चम्सुरको भाजी खानुका फाइदाहरू

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!