चिकित्सा विज्ञान

एन्टीबायोटिक्स भनेको के हो ?

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

एन्टीबायोटिक्स औषधिलाई एन्टीबैक्टिरियल भन्ने प्रचलन छ । यो औषधि बैक्टेरियल इंफैक्शन्ससंग लड्ने भएकाले एन्टीबायोटिक्सलाई एन्टीबैक्टिरियल भन्ने गरेको हुन सक्छ । यो अति नै बलियो खालको औषधि मानिएको छ । सहि तरिकाले उपयोग हुन सके यसले रोगमा राम्रो फाइदा दिन सक्छ ।

आजकल एन्टीबायोटिक्स औषधि सामान्य रोगमा पनि चलाउने प्रचलन बढी भएको छ । हरेक विरामीलाई एन्टीबायोटिक्स नै सुट हुन सक्छ भन्ने छैन कतिपयलाई नहुन पनि सक्छ । अनावश्यक रूपमा पटक पटक एन्टीबायोटिक्स दिदा यसको रेजिष्टेण्ड हुने खतरा बढेको हुन्छ ।

यो पनि पढ्नुहोस्

एन्टीबायोटिक्स एमोक्सिसिलिन र यसको प्रयोग

औषधि डोपान-डीएसआर (Dopan-DSR) र यसको प्रयोग

प्रोप्रानोलोल मिनिल (Propranolol Minil) र यसको प्रयोग

निमेसुलाइड टेब्लेट (Nimesulide Tablet) र यसको प्रयोग

कैल्केरिया फ्लोरिका (Calcarea Fluorica) र यसको प्रयोग

नीम (Azadirachta Indica) र यसको प्रयोग

बर्वेरिस वुलगेरिस (Berberis Vulgaris ) Mother Tincture र यसको प्रयोग

राबेप्रा (Rabeprazole Sodium 20 MG Capsule) र यसको प्रयोग

उपयोगी औषधि साइलीशिया (Silicea) र यसको प्रयोग

अस्थालीन इनहेलर (Asthalin Inhaler) र यसको प्रयोग

हाम्रो शरीरमा बैक्टीरिया बढ्दै जान थाले पछि शरीरमा भएको रोग प्रतिरोधक शक्ति नष्ट गर्न सक्छ । हाम्रो शरीरमा विषेश श्वेत रक्तकण हुन्छ, जसले हानीकारक बैक्टीरियालाई आक्रमण गर्दछ । कहिलेकाही बैक्टीरियाको सक्रमण बढी भएमा एन्टीबायोटिक्स प्रयोग गर्नुपर्ने हुन सक्छ । एन्टीबायोटिक्सको प्रयोगले बैक्टीरिया नष्ट गराउदछ वा कमजोर बनाएर बढ्नबाट रोक्दछ । कतिपय अवस्थामा शर्जरी भन्दा अगाडि एन्टीबायोटिक्स औषधि दिनुपर्ने हुन सक्छ ।

एन्टीबायोटिक्सको उपयोग

एन्टीबायोटिक्स औषधि सधै डाक्टरको परामर्शमा औषधि लिने बानी बसाल्नु पर्दछ । हरेक प्रकारको रोगमा अलग-अलग प्रकारको एन्टीबायोटिक्स हुने भएकाले यस्ता औषधि चलाउदा अनुभवी व्यक्ति वा डाक्टरको आवश्याकता हुन सक्छ ।

Like & Follow us on Facebook

एन्टीबायोटिक्स सकेसम्म यस्ता विरामीलाई दिदा पुरा ध्यान दिन आवस्यक छ ।

१. गर्भवती महिला ।
२. स्तनपान गराउदा ।
३. किड्नी लिवर ठीक प्रकारले काम नगरेको अवस्थामा ।
४. अन्य एन्टीबायोटिक्स चलायको अवस्थामा चलाउन मिल्ने वा नमिल्ने अवस्था हेरेर ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।यो पनि पढ्नुहोस्

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!