खानपान

स्वास्थ्यको लागि अजिनो मोटोका बेफाइदाहरु

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

अजिनो मोटोको प्रयोगले मानव स्वास्थ्यमा कतिको असर हुनसक्छ भन्ने प्रयाप्त जानकारी नहुनाले आज यसको व्यापक प्रयोग भएको छ । स्वाद लिने हाम्रो जिब्रोको कारणले गर्दा आज अजिनो मोटोले राम्रो बजार लिएको देखिन्छ । तर यसले हाम्रो शरीरलाई कति नोक्सान गर्न सक्छ भन्नेबारे तल दिइएको छ । यो खासगरी जापानबाट लोकप्रिय भएको यो सेतो मसला एक प्रकारको रसायन हो ।

यो पनि पढ्नुहोस्

उखुको जुस पिउनु फाइदाहरु तथा बेफाइदाहरु

ग्रीन-टी पिउनुका बेफाइदाहरु

उपवासका फाइदाहरु र बेफाइदाहरु

चिया कफीमा पाइने क्याफिनका फाइदाहरु र बेफाइदाहरु

चिया कफी पिउनुका फाइदाहरु र बेफाइदाहरु

होशियार ! कस्ता व्यक्तिले खानुहुँदैन कागती

यो रसायन क्यान फुड, फास्ट फुड एवं जंक फुड आदिमा प्रयोग गरिन्छ । पास्तामा पनि यसको प्रयोग हुन्छ । हामीले दिनहुँ खाजाका रूपमा प्रयोग गर्ने चाउचाउ तथा अन्य जंक फुडहरूमा यसको बढी प्रयोग गरिएको हुन्छ । यसले बालबालिकाहरूमा फुड एलर्जी, अपचका साथै दमको संकेत देखाउन सक्छ । यसको नियमित प्रयोग हानिकारक छ ।

यसले उत्तेजना बढाउँछ भने मस्तिष्कका कोषहरू नष्ट गर्छ । त्यसैले यस्तो हानिकारक पदार्थको प्रयोगबाट बच्नुमै बुद्धिमानी हुन्छ । अजिनो मोटोद्वारा बनाईएका परिकारमा पृथक किसिमको स्वाद प्रदान गर्छ तर स्वाद मात्र हेरेर हुँदैन, यसले स्वास्थ्यमा पार्ने नकारात्मक असर पनि उत्तिकै छ । यो सेतो मसलाको रासायनिक नाम ‘मानोसोडियम ग्लुटेमेट’ हो ।

Like & Follow us on Facebook

चल्तीको भाषामा यसलाई अजिनो मोटो भनिन्छ । यसलाई विशेषगरी रेस्टुराँहरूले मःम, चाउमिन आदि परिकारमा प्रयोग गर्छन् । अजिनो मोटोले वजन बढाउने तथा हड्डी गलाउने काम गर्छ । यसले टाउकाको पीडा, छातीको पीडा, मुटुको रोग, दम तथा अन्य स्वास्थ्य समस्या उत्पन्न गराउँछ । स्वादिलो भएकाले पारखीहरू यसको प्रयोग गर्छन् । यो मसलाको परिकारमा पृथक किसिमको स्वाद प्रदान गर्छ तर स्वाद मात्र हेरेर हुँदैन, यसले स्वास्थ्यमा पार्ने नकारात्मक असर पनि उत्तिकै छ । यो सेतो मसलाको रासायनिक नाम ‘मानोसोडियम ग्लुटेमेट’ हो ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!