विज्ञान जिज्ञासा

कहिलेकाहीँ हातगोडा किन निदाउँछ ?

लामो समय एउटै पोजिसनमा बस्नाले हातगोडा निदाउँने गर्दछ र हामीलाई झनन्न भएको अनुभव हुन्छ । हातगोडा झट्कारेको केही क्षणपछि भने बल्ल ठीक हुन्छ । तपाईँले पक्कै पनि कुनै न कुनै बेला गोडा निदाउँने वा झम झम्झम् गर्ने अवस्थाको महसुस गरेको हुनुहुन्छ होला । एकैठाँउमा नचलिकन बस्दा वा गोडा खुम्च्याएर बस्दा प्राय गोडा निदाउने गरेको पाइन्छ । गोडा भारी भएजस्तो हुने, स्पर्श अनुभव गर्न नसक्ने, झन्झनाहट हुने अवस्थालाई गोडा निदाएको भनिन्छ । गोडामा दवाव पर्न जाँदा यस्तो हुने गर्छ ।

यो पनि पढ्नुहोस्

स्वस्थकर जीवनको लागि यस्ता छन् हाँस्नुका फाइदाहरु

व्यायाम किन आवश्यक छ ?

स्वास्थ्यको लागि केरा खानुका फाइदाहरु

दाँत र मानव स्वास्थ्यको सम्वन्ध

प्लाष्टिकको कपमा चिया पिउँदा स्वास्थ्य पुग्ने हानीहरु

फ्रिजमा राखेको चिसो पानी पिउँदा स्वास्थ्यमा पर्ने असरहरु

हाम्रो शरीरमा स्नायुकोषले मस्तिस्कसम्म पुरयाउने काम गर्छ । शरीरका अन्य भागमा जस्तै गोडामा पनि कैयौँ स्नायुको कोषहरु हुने गर्छ । गोडामा दवाब पर्नजाँदा रक्तसञ्चार प्रणाली अवरुद्ध हुन्छ । जसले गर्दा प्रशस्त रगत र त्यसको साथमा अक्सिजन प्रर्याप्त पुग्न पाउदैन । यसले गर्दा गोडामा स्नायुहरु केही समयको लागि निस्कृय हुन्छन् र बाह्य सन्देश मस्तिस्कसम्म पुग्न सक्दैन् । हात वा गोडामा पर्याप्त मात्रा अक्सिजन नपुग्नाले हात गोडा निदाउँने गर्छन् । यसरी हातगोडा निदाउनु सामान्य कुरा हो । तर एक दिनमा धेरैचोटि यस्तो भयो भने र लामो समयसम्म झनन्न गर्यो भने चाहिँ चिकित्सकलाई देखाइहाल्नुपर्छ । स्लिप डिस्क, मल्टीपल स्क्लेरोसिस वा मधुमेहको कारणले पनि यस्तो भएको हुनसक्छ । यसले गर्दा गोडा झमझम गर्ने स्पर्श अनुभव गर्न नसकिने र भारी भएको महशुस हुन्छ । जव गोडामा दवाव हट्छ अथवा गोडा चलाइन्छ अथवा मालिस गरिन्छ । रक्तसञ्चार पुन नियमित भई गोडा निदाउने समस्या हटछ् ।

Like & Follow us on Facebook

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!