खानपान

मिर्गौलाको पथरी हुँदा के खाने ? के नखाने ?

Dr. Hemraj Koirala
डा. हेमराज कोइराला

मिर्गौलाको पथरी हुँदा के खाने ? के नखाने ? मृगौलाको पथरीको रोकथाम तथा उपचारमा भोजन व्यवस्थापनको ठूलो महत्व छ । विशेषत: यो रोग केहि हदसम्म बंशानुगत भएपनि यसको मुख्य कारण भनेको खानपान र जीवनशैली हो । रोग निरोध गर्न स्वस्थ जीवनशैलीको अभ्यास गर्ने र रोग लागी सकेपछि पथ-पहरेजमा बस्नाले यो रोग ठिक हुन्छ ।

के खाने ?

१. पथरी भएको व्यक्तिले सामान्य भन्दा धेरै पानी पिऊन जरूरी छ । धेरै पानी पिउँदा पिसापको मात्रा पनि बढने हुँदा यसले मृगौलामा बनेको पथरलाई बगाई लान मद्दत गर्छ ।

२. पथरी हुँदा नरिवल पानीको उपयोगलाई पनि राम्रो मानिन्छ । नरिवल पानीमा पथ्थर बन्न रोक्ने र बढन नदिने मात्र होइन बनिसकेको पथरलाईं समेत समन गर्नै खालका विशेष रसायनहरु छन । यसमा प्रशस्त प्राकृतिक पोटासियम पाइन्छ जसले पथरी बन्ने प्रक्रियालाई रोक्छ ।

३. हरियो मकैको चिया : यसमा प्रसस्तै मात्रामा प्रोटीन, कार्बोहाइड्रेट्स, भिटामिन्स, मिनिरल्स पाइन्छ । यो चियाको सेवनले मूत्र उत्सर्जनलाई पनि बढाउछ। यसका अलाबा यो चियामा टार्ट्रेट्स भन्ने तत्व पाइन्छ जसले पथरी बन्ने क्रियालाई रोक्छ । यस चियामा पाइने तत्वहरूले मिर्गौलाको इनफेक्शन कम गर्न र मिर्गौला तथा मुत्रथैलीलाई बलियो बनाउन मद्दत गर्छ।

४. जौको मांड : जौ को मांडले मुत्र-प्रवाहलाई बढाउनुका साथै मिर्गौला तथा मुत्रमार्गको इन्फेक्शनलाई समन गर्दछ।

५ . भुई-कटहरको रस : भुई-कटहरको रसमा पथ्थरीलाई गाल्ने इञ्जाइमहरू छन । यसमा भएको इञ्जाइमले फ़ाइब्रिनलाई तोड्न पनि मद्दत गर्छ ।

६. पथरी भएको व्यक्तिलाई केराले पनि फाइदा दिन्छ । केरामा भिटामिन बी-६ पाइन्छ जसले अक्जलिक एसिडलाई तोडेर ऑक्जेलेट क्रिस्टल बन्न दिदैन ।

७. बदाम : बदाममा प्रशस्त मात्रामा म्याग्नेशियम र पोटासियम पाइन्छ । यी तत्वहरूले पथरी बन्न दिंदैन।

८. कागती: कागतीमा प्रशस्त सिट्रेट पाईन्छ । यो अम्लले क्याल्सियम अक्जलेट पथरी हुन दिदैन।

९. गहतको झोल : गहतको झोललाई शक्तिशालि पथरी समकद्रव्य मानिन्छ र एसको प्रयोगले पथरी हुन नदिनका साथै बनेको पथरीलाई पनि गलाउन मद्दत गर्छ।

१०. करेला : करेलामा प्रशस्त मात्रामा म्याग्नेसियम र फस्फोरस पाईन्छ । यी तत्वले युरीक एसिड र मधुमेहलाई पनि नास गर्छ ।

११. गाँजर : यसमा पायरोफॉस्फेट र वनस्पति अम्ल पाइन्छ जसले पथरी बन्ने क्रियालाई रोक्छ । यसका अलाबा गाजरमा पाइने केरोटिन नामक पदार्थले मूत्र संस्थानको भित्तामा हुने घाऊ निकोपार्न मद्दत गर्छ ।

के नखाने ?

पथरी भएका हरूले पालुंगोको साग, गोलभेडा, अमला, चिकू फल, काजु, काक्रो र कालो अंगुरको पहरेज गर्नुपर्छ । यी फलहरूमा अक्जलेटको मात्र धेरै छ जसले क्याल्सियमसंग मिलेर कयाल्सियम अक्जालेट क्रिस्टल बनाउन सहयोग गर्छ । यसैगरी मिर्गौलाको पथरी भएकाहरूले फूल गोभी, भान्टा, च्याउ र फर्सी जस्ता खाद्यहरूको पनि पहरेज गर्नुपर्छ । यी खाद्यान्नमा युरिक एसिड बनाउने प्यूरिन न्यूक्लियोटाइड प्रशस्तै पाइन्छ । खानामा यी तत्वहरूको समाबेस भए युरीक एसिड र अक्जलेटको क्रिस्टल बनी चाडै पथरी हुन्छ ।

*डा. हेमराज कोइराला योगी चितवनको भरतपुर-१, वागीश्वरी स्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडीकल डाईरेक्टर हुन् । 

यो पनि पढ्नुहोस् 

बुद्धि बढाउने खाद्यान्न तथा फलफूलहरू के के हुन् ?

के तपाई फलफूलका बोक्रा फाल्नुहुन्छ ? नफाल्नुहोस् यस्ता छन् फाइदाहरु

घरको छतमा तरकारी खेती गर्ने तरिका

 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!