खानपान

चिन्नुहोस् ! यस्ता छन् अम्लीय र क्षारीय भोजनहरु

चिन्नुहोस् ! यस्ता छन् अम्लीय र क्षारीय भोजनहरु । शरिरमा अधिकांश रोगहरुको उत्पत्ति हामीले खाने खानेकुरामा अम्ल र क्षारकारक खाद्यान्नको सहि सन्तुलन हुन नसक्दा हुन्छ । यदियसो भएर रोग उत्पन्न भएको भए खानामा अम्ल र क्षारको सन्तुलन गरेदेखि रोग पुनः ठिक पनि भईहाल्छ । हाम्रो शरिर ८० प्रतिसत क्षारिय र २० प्रतिशत अम्लिय घोलबाट बनेको छ । यो प्राकृतिक ब्यवस्थालाई बनाई राख्न हामीले यहि अनुपातमा अम्लिय र क्षारिय भोजन गर्नुपर्छ ।

स्वास्थ्यका दृष्टिकोणले अम्लकारक भोजनको मात्रा ज्यादा हुन वा क्षारकारक भोजनको मात्रा कम हुनु राम्रो होइन । साधारणतः सु-स्वास्थ्य बनाई राख्नका लागि ८० प्रतिसत क्षारिय २० प्रतिसत अम्लिय भोजन हुनु राम्रो हो । हाम्रो शरीरमा अनिवार्य रुपमा चाहिने क्याल्सियम, फोस्फोरस, पोटासियम, सल्फर, सोडियम, क्लोरिन, कपर म्याग्निसियम, आयोडिन म्यागाजीन, आइरन, जिक फ्लोरिन क्रोमियम र कोबालट गरेर १५ प्रकारका क्षार तत्वहरू छन् । रगतमा अम्लता बढ्न लागे तुरुन्त यी क्षारहरुले समस्थितीमा ल्याई हाल्ने गर्दछ ।

Like & Follow us on Facebook

अम्लीय भोजनहरु

१. माछा, मासु, अण्डा जस्ता मांसजन्य खाद्यान्नहरु ।

२. तारेको भुटेको मसलादार एवं गरिष्ठ भोजनहरु ।

३. परिस्कृत (Refined) खाद्यान्नहरु ।

४. रेसाचोकर एवं अत्यावश्यक तत्वहरू फ्याकिएका खाद्यान्नहरु ।

५. मैदा र बेशनबाट बनेका खानेकुराहरु ।

६. सेतो चामल र चामलबाट बनेका खाद्यपदार्थहरु ।

७. चिनी, मिश्री, चकलेट चास्नीमा बनाएका र मिठाईहरु।

८. बोतल र बट्टा बद्ध खानेकुराहरु ।

९. नमकिन, विस्कुट,पाउरोटी,चाउचाउ, समोसा,कचौरी,पकौडी ।

१०. चिया, कफि, हर्लिक्स, वर्नभिटा, हट चक्लेट आदि ।

११. बोक्रा फ्याकेको दाल ।

१२. जाँड, रक्सी, वियर, हुवस्की, ब्राण्डी ताडी आदि मादकपदार्थहरू ।

१३. चुरोट, बिडी, सुर्ती, खैनी, गुल, बज्जर र हुक्का जस्ता सुर्तीजन्य पदार्थहरू।

१४. अतितातो, अतिपिरो, अतिचर्को खानेकुराहरू ।

१५. धेरैबेर पकाएर प्राकृतिक गुण धर्म नष्ट भईसकेका खाद्यान्नहरू ।

क्षारीय भोजनहरु

१. बोक्रा सहितका ताजा फलफुलहरु।

२. हरिया सागपातहरू ।

३. चोकर रेशा र बोक्रायुक्त अन्य भोजन ।

४. फलफुलको रस,जमराको रस एवं अन्य वनस्पतीहरूको रस ।

५. अंकुरित अनाज ।

६. नरिवल पानी ।

७. पानीमा भिजाईएको ड्राई फ्रुट ।

८. मौषमी फलफुल एवं तरकारीहरु ।

९. प्राकृतिक गुण धर्म यथावत राखेर पकाइएको खानाहरु ।

*डा. हेमराज कोइराला योगी चितवनको भरतपुर-१, वागीश्वरी स्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडीकल डाईरेक्टर हुन् ।

यो पनि पढ्नुहोस् 

प्राकृतिक चिकित्सामा भान्साको वर्गीकरण

खाना खाँदा अवलम्बन गर्नुपर्ने नियमहरू

भोजन को सँग गर्ने को सँग नगर्ने

महिलाहरुले खानैपर्ने ६ प्रकारका खानाहरु

योगी नरहरिनाथ अस्पताल

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!