लेखहरु

९ प्रकारका पानीहरु

Dr. Hemraj Koirala
डा. हेमराज कोइराला

जल जीवन हो, जीवन जल हो किनकी हाम्रो शरीरको लगभग ७० प्रतिशत हिस्सा जलले बनेको छ । शरीरमा संचित पानीमध्ये केही प्रतिशत हिस्सा मात्र कम भए हाम्रो जीवन नै संकटमा आउन सक्दछ । शरीरको पानीलाई यथावत राख्न हामी बार-बार पानी पिउने गर्दछौ । तर हामीले पिउने पानी कस्तो प्रकारको हो ? कुन पानी पिउँदा के कति फाइदा गर्छ वा के कति नोक्सान गर्छ भन्ने विषय हामी सबैलाई थाहा नहुन सक्छ । आउनुस् हामी आज यसै विषयमा चर्चा गरौं ।

१. धाराको पानी (Tap Water):

जमीनमुनीको पानी अथवा सतहको पानीलाई प्रशोधन गरेर पाइपको माध्यमद्वारा घर–घरमा कोठा–कोठामा पु¥याईएको पानीलाई धाराको पानी भनिन्छ । सामान्यतया राम्रोसँग प्रशोधन गरेर पठाइएको धाराको पानीलाई स्वाद, स्वास्थ्य र क्रय क्षमताको हिसाबले राम्रो मानिन्छ तर घर घर कोठा कोठा सम्म पानी पु¥याउन जडान गरिएको पायपद्वारा आपूर्ति गरिएको पानीमा प्लाष्टिकको रेसिड्यू एल्मूनियमको रेसिड्यू, फलामको खिया लगायत लेउ, भ्mयाउ र ढुसी जस्ता स्वास्थ्यलाई प्रतिकूल असर पार्ने तत्वहरु फेला परेको अनुसन्धनात्मक रिपोर्टहरुले जनाएको छ । यसर्थ धाराको पानी सिधै पिउनुभन्दा प्रशोधन गरेर पिउनु राम्रो हो ।

२. खनिजयूक्त पानी (Mineral Water)
:
प्राकृतिक रुपमाा मिनिरलका खानीहरुबाट प्राप्त पानीलाई प्रशोधन गरेर बोटलमा हालेर घरघरमा पु¥याइएको पानीलाई मिनिरल वाटर भनिन्छ । मिनिरल वाटरमा सल्फर, म्यानिसियम र क्याल्सियम जस्ता खनिज तत्वहरु पाइन्छ । मिनिरलहरु हाम्रो शरीरको लागि अत्यावश्यक तत्वहरु हुन् । मिनिरलको स्वास्थ्यमा धेरै फाइदाहरु छन् । यसको स्वादलाई पनि धेरैले मन पराएको पाइएको छ तर पानी जस्तो वस्तुलाई पनि अध्याधिक मूल्यमा बिक्री गरिनु र सधैं प्रयोग गर्न चुकाउनु पर्ने ठूलो मूल्य यसको बेफाइदा हो ।

३. खोलाको पानी (River Water)

खोलामा बगेको पानीलाई खोलाको पानी भनिन्छ । पहिले पहिले खोलाको पानी पिउनुलाई सवस्थकर मानिन्थ्यो तर अब खोलानालाहरु प्रदुषणको चपेटामा आउन थाले पछि अब सिधै खोलाको पानी पिउनु हुँदैन ।

४. मुलको पानी (Origin Water)

धर्तीबाट आपैm मूल फुटेर आएको पानीलाई मूलको पानी भनिन्छ । मूलको पानी स्वास्थ्य, स्वाद, एवं खनिज पदार्थहरुको उपस्थितिका कारणले राम्रो मानिन्छ तर मूल जहिकहि पाइदैन । मूलको पानी घरसम्म ल्याई पुयाउन खर्चिलो हुन सक्छ ।

यो पनि पढ्नुहोस्

पानी र यसको महत्व

पानी यसरी पिउनुहोस्

पानी किन र कति पिउने ?

तातो पानी पिउने कि चिसो ?

कागती पानी पिउनुका फाइदाहारू

पानी कम हुँदा निम्तने ९ समस्याहरु

पानीबाट रोगहरुको उपचार चिकित्सा विधि

जान्नुहोस् ! पानी कति पिउने र कसरी पिउने ?

५. कलको/ इनारको पानी (Tube well /Well Water)

ट्यूबेलको पानी सामान्यतया इनार वा ट्यूबेलको पानीलाई राम्रो मानिन्छ तर इनार खनिएको जमिनमा स्वास्थ्यलाई हानी पु¥याउने अनेकौं प्रकारका हानीकारक तत्वहरु हुने गर्दछन् । यी हानीकारक तत्वहरुको उपस्थितिले हामीलाई गंभिर स्वास्थ्य समस्या पनि हुन सक्ने र ज्यान सम्म जान सक्ने खतरा रहन्छ । यसैगरी इनारमा ब्याक्टेरिया, फंगस, भाइरस, ल्याउ भ्mयाउ, ढुसी जस्ता तत्वहरु हुने हुँदा इनारको पानी सधैं राम्रो हुँदैन । इनारको पानी पिउनु भन्दा पहिले पानीको जाँच गरिनुपर्दछ ।

६. हिमनदीको पानी (Glacier Water)

हिउ पग्लेर बनेको पानीलाई हिम नदीको पानी भनिन्छ । हिम नदीको पानी पनि पिउनको लागि स्वस्थकर मानिन्छ तर यो पानीलाई पनि जाँच गरेर यसमाा हानीकारक तत्वहरु छ÷छैन भनेर हेर्नुपर्ने हुन्छ ।

Like & Follow us on Facebook

७. डिष्टिल्ड पानी (Distilled Water)

सामान्य पानीलाई उमालेर बाफ बनाएर बाफलाई पुनः शितलिकृत गरी पानीको रुप दिइएको पानीलाई डिष्टिल्ड पानी भनिन्छ । यो पानीमा रोगका कुनै किटाणुहरु नहुने भएकाले धाराको वा अन्य श्रोतको पानी दूषित भएका अवस्थामा प्रयोग गर्न त सकिन्छ तर डिष्टिल्ड पानीमा कुनै पनि प्रकारको मिनिरल र भिटामिनहरु नहुने हुँदा यसको सेवनले शरीरमा मिनिरलहरुको कमी गराई रहने सक्दछ र मिनिरल कम भए संचित मिनिरलहरु पनि चल्न सक्दछन् र स्वास्थ्यमा प्रतिकूल समस्या निम्त्याउन सक्दछ ।

८. प्रशोधित पानी (Purified Water)

भूमिगत पानी, खोलाको पानी वा धाराको पानीलाई प्रशोधन गरेर र त्यसमा विद्यमान हानीकारक तत्वहरु हटाएर पिउन योग्य बनाइएको पानीलाई प्रशोधित पानी भनिन्छ । अन्य पानी भन्दा प्रशोधित पानी पिउन स्वास्थ्यको लागि राम्रो हो तर पानी प्रशोधनका क्रममा फ्लोराइड लगाएर राम्रा तत्वहरु निकालिने हुँदा प्रशोधित पानीको सेवनका पनि केही अँध्यारा पक्षहरु छन् ।

९. क्षारिय पानी (Alkalic Water)

प्रशोधित पिउने पानीमा क्षारिय खनिजहरु हालेर पि.एच. (P.H.) लाई उच्च बनाइएको पानीलाई हामी क्षारिय पानी भन्दछौं । क्षारिय पानी पिउँदा शरीरमा क्षारत्व बढ्ने हुँदा यसले क्यान्सर, बुढ्यौली जस्तो समस्यालाई हुन नदिने दाबी गरिएको छ तर क्षारिए पानीको सेवनले पेटको अम्लता घटाउने र मेटावोलिक अल्कलोसीस जस्ता समस्या निम्त्याउन सक्दछ ।

*डा. हेमराज कोइराला योगी चितवनको भरतपुर-१, वागीश्वरी स्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडीकल डाईरेक्टर हुन् ।

योगी नरहरिनाथ अस्पताल

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!