स्वास्थ्य

जान्नुहोस् ! पिनासको कारणहरू, लक्षणहरू र निदान विधि

Dr. Hemraj Koirala
डा. हेमराज कोइराला

पिनासको कारणहरू, लक्षणहरू र निदान विधि । पिनासलाई डाक्टरी भाषामा साइनोसाइटिस भनिन्छ । साइनोसाइटिस भनेको नाक वरिपरिका पिनास ग्रन्थीहरू (साइनास) को इन्फ्लामेसन अथवा (सुनिएर रातोतातो भई दुख्नु र काम गर्न छाड्नु) हो । यी साइनस ग्रन्थीहरू नाकको वरिपरिका हड्डीहरूमा पाइने हावा भरिएका खोक्रा संरचनाहरूहुन् । साइनसले टाउकोलाई हलुका बनाउन, स्वरलाई स्पष्ट बनाउन, श्वासक्रियामा सहजतापूर्वक श्वास लिन, अनुहारमा चोटपटक लाग्दा धेरै क्षति हुनबाट बचाउन सहयोग गर्ने जस्ता कार्य गर्दछन । यी साइनसहरूमा प्राकृतिकरुपमा हावा भरिएको हुन्छ, तर यदि हावा भरिएको हड्डीको खोक्रो भाग सुन्निएर रातोतातो भई यसभित्र कफ जम्ने स्थितिलाई पिनास (साइनोसाइटिस) भनिन्छ ।

पिनासका कारणहरू

१. एलर्जी ।

२. नाकमा मासु पलाउनु ।

३.नाकको हड्डी बाङ्गिनु ।

४. नाक, कान, घाँटी र दाँतको सङ्क्रमण ।

५. माथिल्लो श्वासमार्गको सङ्क्रमण ।

६. भाइरसहरूको सङ्क्रमणः राइनो भाइरस, कोरोना भाइरस, इन्फ्लुएन्जा भाइरस, एडिनो भाइरस, प्यारा इन्फ्लुएन्जा भाइरस इन्टेरो भाइरस आदि ।

७. ब्याक्टेरिया : स्ट्रेप्टो कोकस निमोनी, हिमोफिलस इन्फ्लुएन्जा, मोराक्सेला क्याटार ह्यालिस स्टाफाइलो कोकस अरिएस ।

८. ढुसीको सङ्क्रमण : कमजोर प्रतिरक्षा प्रणाली, जस्तै ः मधुमेहका रोगी, एड्स आदिका बिरामीमा ढुसीको कारणले हुने पिनास ज्यादा देखिन्छ ।

९. रसायनहरूको गन्ध : तिक्ष्ण रासायनहरूको गंधले पिनास ग्रन्थीको शोथ गराउदछ ।

पिनासका लक्षणहरू

१. रुघा लाग्नु ।

२. टाउको भारी भएर दुख्नु ।

३. पिनासको गन्थ्रीको क्षेत्रमा दबाव दिँदा दुख्नु ।

४. स्वर परिवर्तित हुनु ।

५. नाकको वरिपरी वा आँखाको ठिक माथि पीडा हुनु ।

६. दाँत दुख्नु ।

७. गन्धग्रहण शक्ति कमजोर हुने ।

८. स्वाद ग्रहण शक्ति कमजोर हुने ।

९. आउने ।

१०. बेचैनी बढ्नु ।

११. नाक बुझिनु ।

१२. नाकबाट सिंगान बग्नु ।

१३. घाँटी खसखसाउनु ।

१४. थकान ।

१५. श्वास गन्हाउने ।

१७. हाच्छुयु आउने ।

१८. अनुहार सुन्निने ।

पिनासको निदान विधि

१. रोगको इतिहासः पिनास हुँदा टाउको दुख्ने र रुघा लाग्ने लक्षणहरूबाट सुरु हुन्छ । अन्य प्रकारको रुघा लाग्दा सामान्यतया ७ दिनको पुरै समय लिएर ठिक हुन्छ तर पिनास हुँदा रुघा एक दुइदिन पछि नै रोकिन्छ र पिनासको रुप धारण गर्छ । पिनास हुँदा देखिने लक्षणहरू प्रयजसो रुघाखोकी फ्लू दम, श्वास प्रश्वास प्रणालीको जिर्ण रोगहरू, माइग्रेन, राइनाइटीस, आदिमा पनि देखा पर्ने हुँदा पिनासलाई अन्य रोगहरूबाट ठिकसँग छुट्याउन आवश्यक छ । पिनास हुँदा विशेषतः अन्य लक्षणहरूका साथसाथै पिनास ग्रन्थी वरिपरि दबाउँदा असाध्यै पिडा हुन्छ ।

२. एक्स–रे : एक्स–रे गरेर पिनास ग्रन्थीमा कफ जमे नजमेको पत्ता लगाउन सकिन्छ ।

३. सिटी स्क्यान : सिटी स्क्यान गर्दा अझ कहाँ कहाँ र कति कफ जमेको छ भनेर पत्ता लगाउन सकिन्छ ।

४. एमआरआई : यो सिटी स्क्यान र एक्स–रे भन्दा पनि उत्तम खालको निधान पद्दति हो ।

*डा. हेमराज कोइराला योगी चितवनको भरतपुर-१, वागीश्वरी स्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडीकल डाईरेक्टर हुन् ।

यो पनि पढनुहोस्

टाउको दुख्ने समस्या र यसको उपचार

औषधीको रुपमा मरिचको प्रयोग

कान कराउनुको कारण के हो ?

योगी नरहरिनाथ अस्पताल

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!