स्वास्थ्य

जान्नुहोस् ! पिनासको रोकथाम र बच्ने उपाय

Dr. Hemraj Koirala
डा. हेमराज कोइराला

पिनासको रोकथाम र बच्ने उपाय । पिनासलाई डाक्टरी भाषामा साइनोसाइटिस भनिन्छ । साइनोसाइटिस भनेको नाक वरिपरिका पिनास ग्रन्थीहरू (साइनास) को इन्फ्लामेसन अथवा (सुनिएर रातोतातो भई दुख्नु र काम गर्न छाड्नु) हो । यी साइनस ग्रन्थीहरू नाकको वरिपरिका हड्डीहरूमा पाइने हावा भरिएका खोक्रा संरचनाहरूहुन् । साइनसले टाउकोलाई हलुका बनाउन, स्वरलाई स्पष्ट बनाउन, श्वासक्रियामा सहजतापूर्वक श्वास लिन, अनुहारमा चोटपटक लाग्दा धेरै क्षति हुनबाट बचाउन सहयोग गर्ने जस्ता कार्य गर्दछन । यी साइनसहरूमा प्राकृतिकरुपमा हावा भरिएको हुन्छ, तर यदि हावा भरिएको हड्डीको खोक्रो भाग सुन्निएर रातोतातो भई यसभित्र कफ जम्ने स्थितिलाई पिनास (साइनोसाइटिस) भनिन्छ ।

पिनासको रोकथाम र बच्ने उपाय

पिनासको सबैभन्दा आम कारण भनेको एलर्जी हो । पिनासबाट जोगिन एलर्जीबाट बच्नुपर्ने हुन्छ । एलर्जीका कारणहरूअनेक हुन सक्छन् । जस्तै :

१. माकुराको जालो, फूलको पोलन, चिसो , ढुसी, धुवा धुलो घोडाको लिदि पशुको भुत्ला, पंक्षीको प्वाँख आदि एलरजेनहरूसँग बच्नुपर्छ ।

२. ढुसी, झ्याउ, लेउ लाग्न सक्ने फर्निचर एवम् सामानहरूलाई नियमित सरसफाई गरिरहुनपर्छ । जस्तै : गद्दा, सोफा, कार्पेट, गलैचा, डोरम्याट, पर्दा रुमाल आदि ।

३. परफ्युम अत्तर आदिको बासनाले पनि धेरैलाई उलर्जी हुनसक्छ ।

४. दुषित वायुमा जस्तै धुवा धुलो धुम्रपान, आद्र वायुबाट बचौँ ।

५. घरमा हावा गुम्सिन नदिऔँ । भरको भेन्टिलेसन प्रणालीलाई चुस्त राखौँ ।

६. जाडोको मौसममा कम तापमान, र आद्र हावामा पिनास ग्रन्थीहरूको संक्रमण हुनसक्छ । तसर्थ जाडोबाट बचौँ । यसैगरी अति उष्ण तापक्रममा पनि श्वास लिँदा पिनास हुनसक्छ ।

७. तनाव, अनिद्रा, डर, चिन्ता, उदासिनता र नैराश्यता आदिबाट पनि बच्ने गरौँ । यी मनोविकार भएको अवस्थामा शरीरको प्रतिरक्षा प्रणादी कमजोर हुनगइ पिनास हुनसक्छ ।

८. रुघाखोकी लागेका व्यक्तिहरूबाट पनि बच्ने गरौ ।

९. तलाउ, पोखरी खोला वा स्वीमिङपुलमा डुबेर नुहाउँदा नाकमा पानी पसि पिनास ग्रन्थीको संक्रमण हुनसक्छ ।

१०. मौसमी संक्रमणबाट बचौँ । ब्याक्टेरिया भाइरस, फङ्गस आदिको संक्रमणले पिनास हुन सक्छ ।

११. नाक, कान घाट र दातको संक्रमणले भएकाहरूले यी संक्रमणलाई बेलैमा नियन्त्रण गरौँ । कहिलेकाहि यी संक्रमण पिनास ग्रन्थीमा सरेर पिनास हुनसक्छ ।

१२. जाडोमा निधारसम्म ढाकिने टोपी वा मङ्की क्याप लगाउने गरौँ ।

१४. दैनिक ३–४ लिटर पानी पिउने गरौँ ।

१५. नाकमा मासु पलाएएको, नाकको हड्डी टेडो भएको जस्ता समस्याको बेलैमा उपचार गरौँ ।

१६. नाकको सफाईमा विशेष ध्यान दिऔँ ।

*डा. हेमराज कोइराला योगी चितवनको भरतपुर-१, वागीश्वरी स्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडीकल डाईरेक्टर हुन् ।

यो पनि पढनुहोस्

पिनासको कारणहरू, लक्षणहरू र निदान विधि

टाउको दुख्ने समस्या र यसको उपचार

कान कराउनुको कारण के हो ?

योगी नरहरिनाथ अस्पताल

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!