स्वास्थ्य

व्यायाम र बिश्राम ब्यस्थापनद्वारा मुटु रोगको उपचार

Dr. Hemraj Koirala
डा. हेमराज कोइराला

मुटु रोगको कारणले प्रत्येक बर्ष एक करोड़ सतहत्तर लाख मानिसहरुको मृत्यु हुने गर्छ । अप्रत्यासित रूपमा अपर्झट देखापर्ने र तत्काल आवश्यक व्यवस्थान हुन नसके ज्यानै पनि जान सक्ने यो समस्या कस्मात देखापर्ने भएपनि यसको पछाडि लामो सिलसिला जाडिएको हुन्छ । विशेषतः कोरनरी धमिनीभित्रै आफै रगत जम्नुको पछाडि धमिनीका भित्ताहरुहरुमा लामो समयदेखि कोलेस्टेरेल क्याल्सियम र मृत्तकोषहरु जम्मा भएर धमनी साँघुयाउने, अथेरोस्केलेरोमिस भन्ने रोग जिम्मेवार छ । उपरोक्त पदार्थहरु जम्मा भएर धमिनी सागुरिएको ठाउँमा धमिनीले आफ्नो लचकता गुमाउछ र तन्तुहरुलाई रगतको माग ज्यादा भएको अवस्थामा फैलिएर अतिरित्त रगत आपूर्ति गर्न सक्दैन ।

यसो हुँदा साघुरिएको ठाउँमा नसाको भित्रि पत्र जसलाई इन्टिमल लेयर भनिन्छ च्यातिन पुग्छ र रगत क्याल्सियम र कोलेस्टेरोल वनाएको खस्रो सतहको सम्पर्कमा आइ नसाभित्रै जम्न पुग्छ फलतः जमेको रगतको थेग्लाले पुरै धमिनीलाई थुनिदिन्छ र थुनिएको भाग भन्दा अगाडि धमिनीले आपूर्ति गरेको हृदय तन्तहुरु अक्सिजन र पोषकतत्वको अभावमा मर्न जान्छन् । यसरी हृदयतन्तुहरु मर्न जादा मुटुले रगत पम्प गर्न सक्दैन । साथै अन्य संवेदनशील अगंहरुमा पनि रक्त आपूर्ति हनु नसक्दा व्यक्तिको मृत्यु हुन जान्छ । अधिकतम हृदयघात मुटुलाई ज्यादा दवाव पर्ने अवस्थाहरु जस्तै चिल्लो खाना पेटभरी खाएको, रिसाएको, दुखी भएको, तनावमा परेको, विहानको समयमा, खाना खाएर सुतेको अवस्थामा र एन्जियो प्लाष्टि वा अन्य हृदयका शल्यक्रिया गर्दा गर्दै हुने गर्दछ ।

व्यायाम ब्यस्थापन

१. मुटु तथा रक्तचापका रोगीले ब्यायाम गर्न भनेर कहिले पनि कठिन ब्यायाम वा श्रम गर्नुहुदैन । अंग ब्यायाम, रिढ ब्यायाम, सिथिलिकरण ब्यायाम, प्रातः ग्रमण जस्ता हल्का ब्यायाम नियमित गर्नुपर्छ ।

२. दक्ष योग गुरुबाट मुटु तथा रक्तचापका रोगीले गर्ने योग सिकेर नियमित योग आसन र प्रणायाम गर्नाले रक्तचापको जोखिम कम गर्नुका साथै मुटुरोग उल्ट्याउन पनि मद्दत गर्छ ।

३. ब्यायामलाई दिन चर्याको मुख्य अंग बनाउनु पर्छ । ब्यायाम गर्ने भनेर एकै दिन धेरै गर्ने, कहिले गर्ने कहिले नगर्ने वा मुढे बल लगाएर ब्यायाम गर्नु हुन्न ।

बिश्राम व्यबस्थापन

१. मुटु तथा रक्तचापका रोगीका लागि बिश्राम, भोजन र व्यायाम भन्दा पनि महत्त्वपुर्ण छ, राति चाढै खाना खाने र खाएको तीन घण्टा (पेट खाली भएपछि) मात्र सुत्ने गर्नु पर्छ । निद्रा नआउनेहरुले चिकित्सकको सल्लाह अनुसार औषधि खाएर भएपनि सुत्ने प्रयास गरौं । दिउसो सुत्ने, विहान अबेरसम्म सुत्ने, राति चाढै नसुत्ने, र खाना खानेबित्तिकै सुत्ने बानी मुटु तथा रक्तचाप रोगमा खतरनाक मानिन्छ ।

२. शारीरिक तथा मानसिकरुपले विश्राम लिनका लागि योग आसन, योग निद्रा, माइन्ड साउन्ड रेसोनेन्ट टेक्निक (MSRT), प्राणिक इनरजाईजीङ्ग टेक्निक (PET), सेल्फ मेनेजमेन्ट अफ एक्सेसिभ टेन्सन (SMET), जेकब्सन प्रोग्रेसिभ मसल्स् रिल्याक्सेसन टेक्निक (JPMRT) डिप रिल्याक्सेसन् टेक्निक (DRT), क्विक रिल्याक्सेसन टेक्निक (QRT), ईन्स्टेन्ट रिल्याक्सेसन् टेक्निक (IRT) जस्ता बिश्रामका विधिहरु सिकेर अभ्यास गर्ने गरौं ।

३. सम्पूर्ण शरिरको मालिस, तैल अभ्यङ्ग, वाष्पस्नान, सउना स्नान, फोहोरा स्नान, पौडिनु, तैरीनु जस्ता उपचार पद्धतिले बिश्रामलाई बढाउँछ ।

*डा. हेमराज कोइराला योगी चितवनको भरतपुर-१, वागीश्वरी स्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडीकल डाईरेक्टर हुन् ।

यो पनि पढ्नुहोस्

मुटु रोग र यसको उपचार

हृदयघातवाट बच्न के के खानेकुराहरु खानुहुन्छ र खानुहुदैन ?

योगी नरहरिनाथ अस्पताल

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!