स्वास्थ्य

दमको सफल उपचार (Successful Treatment of Asthma)

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

दमको सफल उपचार (Successful Treatment of Asthma) । आजकाल दमको उपचारमा एलोपैथिकले राम्रो प्रगति गरेको देखिन्छ । एलोपैथिक औषधिको सवैभन्दा खराब बानी भनेको नियमित औषधि सेवन गर्नुपर्ने हुन्छ । एलोपैथिक उपचार गर्दा-गर्दा थाकी सकेपछि मात्र आयुर्वेदिक उपचार गराउन आउनेहरूको तादात कम छैन ।

आजको लेखमा दमको सफल उपचार आयुर्वेदिक पद्धतिबाट दिन गइरहेको छु । यस्ता औषधिले बिना साइड इफेक्ट उपचार हुने गर्दछ । यो भन्दा पहिले दमको बारेमा यसको बारेमा कारण र शरीरमा देखिन सक्ने असरबारे केहि जानौं । साधारणतया दम भन्नाले सास फेर्न हुने कठिनाइलाई बुझ्छौं । यसका विभिन्न कारणहरु हुन्छन् ।

यसको प्रमुख कारणमा श्वास फेर्ने नली, फोक्सो, मुटु, मिर्गौला, रगतको समस्या आदि पर्ने भएपनि दम भन्ने शब्दले श्वास नलीको समस्याका कारण उत्पन्न हुने श्वास प्रश्वासको कठिनाइलाई जनाउँछ । सीओपीडी (COPD) र याज्मा (Asthma) दमका प्रमुख कारण हुन् ।

Chronic Obstructive Pulmonary Disease (COPD) 

धुम्रपान गर्ने, धेरै धुँवा भएको ठाँउमा बस्ने मानिसमा सीओपीडीको समस्या बढी देखिन्छ । प्रायः ४० वर्ष नाघिसकेका मानिसमा यो रोग देखिने स्वासप्रश्वासको समस्या क्रमशः बढ्दै जान्छ । रोग लागेको थाहा पाएपछि पनि धुम्रपान गर्ने एवं धेरै धुँवा भएको स्थानमा बस्नेहरुमा यो समस्या छिटै बढेर जान्छ र श्वासप्रश्वासको संक्रमणले यसलाई थप जटिल अवस्थामा पुर्‍याउँछ ।

याज्मा (Asthma) 

यस लेखमा विशेष जानकारी दिन खोजिएको विषय भने याज्मा हो । याज्मा प्रायः कम उमेरका मानिसमा देखिन्छ र साना उमेरका नानीहरुमा पनि यो रोग देखिन सक्छ । विश्वमा सातदेखि दश प्रतिशत मानिस याज्माबाट प्रभावित भएको अनुमान छ । यसको अर्थ हरेक १०० जनामा ७ देखि १० जना यस समस्याबाट प्रभावित छन् ।

दमको आयुर्वेदिक उपचार (Ayurvedic Treatment of Asthma)

१. स्वास कुठार रस २५० मि.ग्राम, प्रवाल पिस्टि १२५ मि.ग्रा., अभ्रक भस्म १२५ मि.ग्राम, चन्द्रामृत रस १२५ मि.ग्राम सबैलाई खल गरि एकमात्रा बनाउने दिनमा २ पटक महसंग दिने ।

२. ब्रोकोरिड सीरप (डाबर) २० मिली समभाग पानीसंग खाने ।

३. असुरोको पातको रस एक चमचमा थोरै मह राखेर दिनमा २ पटक चाट्ने ।

४. वासावलेह (डाबर) १चमच दिनमा ३ पटक खाने ।

नोट : औषधि सेवन गराउदा उमेर हेरेर मात्रा निर्धारण गर्नुपर्ने हुन सक्छ । यो मात्रा ठूलाका लागि हो । औषधि सेवन गराउदा आयुर्वेदिक डाक्टर वैद्यको रेख देखमा दिनु राम्रो हुनेछ ।

यो पनि पढनुहोस् 

 कोरोना भाइरसको उपचारमा उपयोगी घरेलु औषधिहरु

 यस्ता छन् जडिबुटीबाट बनेका अर्गानीक हर्वल खाद्यान्नहरु

 हात्तीपाइले रोगमा प्रयोग गर्न सकिने उत्कृष्ट जडिबुटी विजयसाल

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!