टिप्सस्वास्थ्य

घाममा बस्नुका फाइदाहरु

८० प्रतिशत भिटामिन ‘डी’ सूर्यको किरणबाट प्राप्त हुन्छ । सूर्यको किरण सिधा हाम्रो छालामा पर्न पाएन भने हामीलाई भिटामिन ‘डी’ को कमी हुन्छ र यसले गर्दा हड्डीमा समस्या आउन सक्छ । पुरुषलाई भन्दा महिलालाई हड्डी पातलो हुने समस्या हुन्छ । त्यसैले यस्तो समस्या नहोस् भनेर हामी प्रत्येक दिन घाममा बस्नुपर्छ ।

शरीरलाई चाहिने भिटामिन ‘डी’ को मात्रामध्ये करिब ८०–९० प्रतिशत सूर्यको किरणबाट प्राप्त गर्छौं भने करिब १०–२० प्रतिशत हामीले खाने खाना र पौष्टिक तत्त्वबाट आउँछ । जब भिटामिन ‘डी’ हाम्रो शरीरमा हुन्छ, त्यो एक प्रकारले हर्माेनमा परिणत हुन्छ । यदि यस्तो हर्माेनको कमी भयो भने अनेक समस्या पैदा हुन्छन् ।

 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

error: Content is protected !!