टिप्सस्वास्थ्य

दाह्रीजुँगा पाल्नुका फाइदाहरु

 हाम्रा पुर्खा र ऋषिमुनिले त्यसै दाह्री पालेका होइन रहेछ । दाह्रीजुँगा बढेको छ र काट्न लाग्नु भएको छ रु एक पटक सोच्नुहोस् । धेरै पुरुष दाह्रीजुँगाको भारी बोक्न चाहँदैनन् । अनुहारमा दाह्रीजुँगा उम्रिन थालेपछि धेरैले खौरिहाल्छन् । हाई पर्सनालिटीका लागि पनि दाह्रीजुँगा फालेर चिटिक्क पर्नुपर्ने धेरैको बुझाइ छ । दाह्रीजुँगा नखौरिनुलाई अल्छीपनको संज्ञा पनि दिने गरिन्छ । तर, दाह्री पाल्दाका केही महत्त्वपूर्ण फाइदा छन्, जे दाह्री काट्नेले गुमाइरहेका छन् ।

दाह्रीजुँगा पाल्ने पुरुषलाई प्रोत्साहन गर्न र दाह्री पाल्नुका फाइदाबारे बखान गर्न विश्वमा हरेक वर्ष विश्व दाह्री दिवस समेत मनाइन्छ । दाह्रीलाई पुरुषत्वको परिचायक पनि भनिन्छ । कतिपयलाई दाह्रीजुँगा खौरिएर चिटिक्क परेको पुरुष मन पर्नसक्छ । तर कतिलाई भने दाह्रीवाल पुरुष मर्द लाग्छ । मेट्रो डट को डट युकेका अनुसार दाह्री पाल्नुका फाइदा यस्ता छन् :

१. ठन्डीमा न्यानो, गर्मीमा शितल

दाह्रीले जाडो महिनामा अनुहारलाई चिसोबाट जोगाउने मात्र होइन गर्मी मौसममा दाह्री पलाएको अनुहार हुनुको फाइदा बेग्लै हुन्छ । दाह्रीवाल अनुहार पानीले धोएर हिँड्दा बढि शितल अनुभूति हुन्छ, जबकी दाह्री काटेकाहरुको अनुहारको छाला भने सिधै सूर्यको किरणको प्रकोपमा पर्ने हुँदा ओइलाउँछ ।

२. पुरुषत्वको प्रवर्धन

दाह्री पालेको मानिसलाई अन्य मानिसले अल्लारे मानिस ठान्दैनन् र गम्भीर प्रकारको मानिस ठान्छन् । साथै महिलाहरुले समेत दाह्रीवाल पुरुषलाई बढि मर्द ठान्दछन् ।

३. सडकमा हिँड्दा सबैका आँखा पर्छन्

दाह्रीवाल पुरुष वास्तवमा सबैको आकर्षणको विषय बन्दछ । तपाइँले बाटोमा हिँड्दा अरु मानिसले तपाइँकै दाह्रीको प्रसंसा गर्दै खासखुस गरिरहेको सुन्नुहुन्छ ।

४. नियमित खौरिने झण्झटबाट मुक्ति

दाह्रीजुँगा खौरिन र चिरिच्याँट पार्न लाग्ने समय र खर्च तथा हैरानीबाट समेत राहत पाएका हुन्छन् दाह्रीवाल मानिसले ।

५. सम्बन्ध स्थापनामा सहयोग

 विज्ञहरुका अनुसार प्राय दाह्रीजुँगा पाल्ने मानिसहरुको स्वभाव एकैखालको हुन्छ । त्यसैले दाह्री पालेका मानिसहरु एक आपसमा छिटै साथी बन्दछन् । यसकारण मानवीय सम्बन्ध स्थापनाका लागि समेत दाह्री पाल्नु फाइदाजनक हुँदोरहेछ ।

६. यौनाकर्षण

महिलाहरु दाह्री पालेको पुरुषप्रति बढि यौनाकषिर्त हुने विभिन्न खाले अध्ययनले देखाएका छन् ।

७. साँच्चीकै सुन्दर

मिलाइएका दाह्री जुँगावाल मानिस साँच्चीकै सुन्दर देखिन्छ । दाह्री जुँगाले पुरुषमा आत्मवलमा समेत वृद्धि हुने बताइन्छ ।

८.  छालाको क्यान्सर रोक्छ

रिसर्चबाट यो प्रमाणित भएको छ कि सूर्यबाट निस्किने हानिकारक ‘युबी’ किरणको नोक्सानीलाई दाह्रीले रोकिदिन्छ । मानव शरीरमा निकै नोक्सान पुर्‍याउने यो किरणले क्यान्सरसमेत निम्त्याउन सक्छ । दाह्रीले यो हानिकारक किरणलाई ९५ प्रतिशतसम्म रोक्न सक्छ ।

९. एलर्जी हुन दिँदैन

कतिपय व्यक्तिलाई दाह्री खौरेपछि छाला चिलाउने, बिबिरा आउने र पछि घाउकै रूप लिई ठूलो समस्या जन्मिने हुन्छ । तर, दाह्री पाल्ने पुरुष छालाको एलर्जीसम्बन्धी समस्याबाट टाढै रहन्छन् ।

१०. जवान राख्छ

दाह्री नखौरिने पुरुषलाई मिल्ने अर्को फाइदा हो, सधँै जवान देखिन पाउनु । दाह्री खौरिने व्यक्तिको अनुहारको छालामा केही वर्षपछि बुढ्यौलीपन देखिन थाल्छ । बारम्बार खौरिँदै जाँदा दाह्री जर्खरिएर पलाउन थाल्छ । कैँचीले काटेर मिलाउने तर दाह्री नखौरिने व्यक्तिको अनुहारको चमक जवान रहिराख्छ ।

११. दाग–धब्बा इन्फेक्सनबाट टाढा

दाह्री खौरिँदा कहिलेकाहीँ छालासमेत काटिने र अनुहारमा दाग–धब्बा बन्ने गर्छ । कहिले त काटिएको ठाउँमा इन्फेक्सन भएर ठूलै समस्या निम्तिने गर्छ । दाह्री पाल्ने व्यक्ति यो समस्याबाट टाढै रहन पाउँछ ।

१२. नेचुरल मोस्चराइजर

अनुहारको छालाको चमक जोगाइराख्न कतिपय पुरुषहरू विभिन्न ब्रान्डका सनस्क्रिन क्रिम प्रयोग गर्ने गर्छन् । छाला बिग्रिएको तनाव कम गर्न मोस्चराइजर क्रिम लगाउँछन् । तर, दाह्री नै एक मात्र नेचुरल मोस्चराइजर हो, जसले अनुहारको छाला स्वस्थ राख्न मद्दत गर्छ ।

यो पनि पढ्नुहोस्   

किन केटीहरु दारी पाल्ने केटाप्रति आकर्षित हुन्छन

सधै जवान देखिने तरिकाहरु

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

error: Content is protected !!