स्वास्थ्यहेल्थ टिप्स

नाङ्गो रहनुका फाइदाहरु

गर्मीको महिना नजिकिँदै जाँदा मानिसहरू प्राय आफूलाई सकेसम्म हलुका लुगाले ढाक्न चाहन्छन् । अझ सकेसम्म निकै कम लुगामा आफूलाई राख्न चाहन्छन् । कतै बाहिर गएर घर या कोठामा फर्किएपछि सकेसम्म आफ्ना शरिरमा भएका कपडा फ्याँकेर केहीबेर भएपछि शरिरलाइ लुगा मुक्त बनाउने चाहना प्राय सबैको हुने गर्छ । यसरी शरिरबाट लुगा फालेर निर्वस्त्र रहनुका पनि धेरै फाइदाहरू छन् । शरिरलाई नाङ्गो बनाएर केहीबेर बस्न सके हाम्रो स्वास्थ्यलाई समेत निकै फाइदा गर्ने चिकित्सकहरू बताउँछन् । केहि यस्ता फाइदाहरूका बारेमा थाहा पाऔ।

१. भिटामिन डि का लागिः

 शरिरलाई निर्वस्त्र बनाएर केहीबेर घाममा बस्नु स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । निर्वस्त्र भएर घाममा बस्दा शरिरलाई चाहिने भिटामिन डीको मात्र प्राप्त गर्न सकिन्छ । त्यसो त घाममा बसेर भिटामिन डी पाउने सुरमा लामो समयसम्म घाममा भने बस्नु हुँदैन । घाममा करिब १०-१५ मिनेटसम्म बस्नु निकै राम्रो मानिन्छ । यो प्रक्रियाले भिटामिन ‘डि’ को उत्पादन प्रक्रियामा सहयोग गर्छ र तपाईंको मुड पनि राम्रो बन्छ ।

 २. स्वस्थ छालाः

हाम्रो छालालाई पनि श्वास फेर्नु पर्ने हुन्छ । सधै लुगाले छालालाई ढाकिरहँदा हाम्रो छालाले श्वास फेर्न पाउँदैन । यसक्रममा छालाले खराब वस्तुहरूलाई सोसिरहेको हुन्छ जसले हाम्रो छालालाई अस्वस्थ बनाउँछ । छालालाई नियमित रूपमा केही समय खुला राख्ने गरे शरिरबाट छालाले टक्सिन समेत बाहिर फ्याक्न सक्छ जसले गर्दा छाला स्वस्थ रहन्छ ।

 ३. रातो दागः

निर्वस्त्र भएर बस्दा शरिरमा देखिने राता दागहरू समेत हट्न सक्छन् । लुगाका कारण शरिरमा राम्रोसँग रक्त सञ्चार हुन नसकेको अवस्थामा देखिने राता दागहरू निर्वस्त्र बस्ने गर्दा रञ्तसञ्चार सहजै हुने र ति राता दागहरू हट्ने गर्छ ।

 ४. स्वस्थ मष्तिष्कः

हामीमध्ये कतिपयले बिहान उठेर खाली खुट्टाले घाँसमा हिस्ने गरेका छौ । यसले हाम्रो मष्तिष्कलाई स्वस्थ बनाउन मद्धत गर्छ । युवावस्थामा हुन सक्ने अलजाइमरको समस्यालाई समेत यसले कम गर्न मद्धत गर्छ । खाली खुट्टा हिड्दा न्युरोन कनेक्शनलाई बलियो बनाउन मद्धत गर्छ । यसले मष्तिष्कको लचिलोपनलाई थप लचिलो बनाउन मद्धत गर्छ ।

 ५. छालामा हुने संक्रमणबाट सुरक्षाः

 जब लुगाहरू पसिनाले भिजेका हुन्छन्, उक्त समयमा विभिन्न ब्याक्टेरियाले छालामा टासिने मौका पाउँछन् । यी ब्याक्टेरियाले थप सक्रमण गर्न सक्छन् । यदी पसिना आएको अवस्थामा निर्वस्त्र बस्न सके ती ब्याक्टेरियाले शरिरमा रहेर थप सक्रमण गर्न सक्दैनन् ।

 ६. आनन्दका लागिः

निर्वस्त्र बस्नुलाई तनावबाट मुक्ति पाउने एक उपाय मान्ने गरिन्छ । साथै यसले हाम्रो मानसिक समस्यालाई समेत कम गर्ने कार्यमा मद्धत गर्छ । निर्वस्त्र भएर सुत्दा रक्तसञ्चारलाई सहज बनाउँछ र रक्तसञ्चारमा नियमित र सहज हुँदा शरिरलाई न्यानोपन र स्वतन्त्र महशुस गराउँछ ।

७. उत्पादन क्षमतामा बृद्धीः

शरिरमा लगाइने भित्री वस्त्रले हाम्रो शरिरमा रक्तसञ्चारलाई समेत बाधा पुर्याउँछ । रक्तसञ्चारमा निर्वाध रूपमा हुन नसक्दा शरिरको तल्लो भागका स्नायु प्रणालीलाई असर गर्नुका साथै स्पर्मको उत्पादनमा समेत असर गर्छ ।

 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

error: Content is protected !!