राष्ट्रिय समाचारसूचना प्रविधि

नेपाललाई अन्तर्राष्ट्रिय रोबोट प्रतियोगितामा दुई अवार्ड

भाद्र ५, २०७३।

बैंकक-एसिया प्रशान्त रोबोट प्रतियोगिता-२०१६ मा आइतबार नेपाल ले ‘वेस्ट इञ्जिनियरिङ एवार्ड’ र ‘पानासोनिक एबार्ड’ प्राप्त गरेको छ । उक्त प्रतियोगितामा १६ देशका प्रतियोगीले भाग लिएका थिए । इञ्जिनियरिङ अध्ययन संस्थान,पुल्चोक क्याम्पसको रोबोटिक क्लवले तयार पारेको रोबोटले आइतबारको अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएको हो ।

यस अघि नेपाल र  मलेसियाबीचको पहिलो खेलमा दुबै देशले ६० अंक प्राप्त गरेपछि ड्र भएको थियो । पुन अर्को पटकको खेलमा मलेसियाले नेपालले ल्याएको ६० अंकको दाँजोमा १००अंक ल्याएर  नेपाललाई उछिनेको थियो । पुनः भारतसँगको खेलमा नेपालले ६० अंक प्राप्त गर्‍यो भने भारतले १०० अंक बटुल्यो । भारतको हातले सञ्चालन(म्यानुवल) गर्ने रोबोट थियो भने नेपालको पूर्ण स्वचालित रोबोट थियो । नेपालले दुई खेले गरी १२० अंक प्राप्त गर्‍यो । शुन्य अंक  ल्याउने देश हरूमा कोरिया,फिजी, कजाकिस्तान, पाकिस्तान, इजिप्ट थियो ।

रोबोट प्रतियोगिताको फाइनलमा मलेसियाले चीनलाई पराजित गर्दै विजयी भयो । नेपालको पहिलो खेल मलेसियासँगै भएको थियो । नेपाल भन्दा ५ राष्ट्रले मात्र बढी  अंक ल्याएका थिए ।  नेपाल, चीन, जापान, भारत, कोरिया, पाकिस्तान, मलेसिया, श्रीलंका, हङकङ, इजिप्ट, फिजी, इन्डोनेसिया, मंगोलिया, भियतनाम, कजाकिस्तान र थाइल्याण्ड गरी १६ देशका १७  टोली सहभागी थिए।

प्रतियोगितामा पुल्चोक इञ्जिनियरिङ क्याम्पसका प्राध्यापक राजेश कायस्थ, अरुण तिमिल्सिना, शरद घिमिरे, जगत श्रेष्ठ, प्रकाश घिमिरे, इन्स्ट्रक्टर रमेश चौघरी र विद्यार्थीहरु गरेर ४९ जना सहभागी थिए । गत १६ वर्षदेखी रोबोटिक क्लव यो प्रतियोगितामा भाग लिँदै आएको छ। सिमित साधन स्रोत भएपनि बर्सेनि नेपाली रोबोट अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट हुँदै आएको छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

error: Content is protected !!