मुख्य समाचारसमाचारसम्पादकीय

औपचारिकता पुरा गर्नकै लागि आज विज्ञान दिवस मनाइयो

१ असोज, २०७५, काठमाडौँ । “विज्ञान तथा प्रविधि दीगो विकास र समृद्धि” भन्ने नारासहित औपचारिकता पुरा गर्नकै लागि आज छेटौँ राष्ट्रिय विज्ञान दिवस नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान खुमलटारमा मनाइयो । यो दिवस २०७० सालदेखि असोज १ देखि मनाउन थालिएको हो ।

विज्ञान तथा प्रविधिको क्षेत्रमा क्रियाशिल व्यक्ति तथा संघसंस्थालाई उत्साह दिने र जनमानसमा पनि विज्ञानप्रतिको रुचि बढाउने उदेश्यले दिवस मनाउन थालिएको हो । नेपालमा उपलब्ध जनशक्तिबाट पनि विज्ञान तथा प्रविधिको क्षेत्रमा प्रगति गर्न सकिने सम्भावना भए पनि जनशक्ति परिचालन र व्यवस्थापनमा सन्तुलन मिलाउन नसक्दा उल्लेखनीय काम हुन सकेको छैन ।

तर नेपालमा अझसम्म पनि विज्ञान तथा प्रविधिसग सम्वन्धित तत्कालिन विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले बैज्ञानिकको यथार्थ परिभाषा गर्न सकेका छैनन ।  बिश्वब्यापी रुपमा स्थापित बैज्ञानिकको सर्वमान्य परिभाषा अनुसार नेपालमा बैज्ञानिकलाई परिभाषित गर्न नसक्नु बिडम्वनाको कुरा हो ।

दुई तिहाई बहुमतको शक्तिशाली कम्युनिष्ट सरकारले बिज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा मन्त्रालयमा गाभेर बिज्ञानको विकासको परिकल्पना गर्नु र बिज्ञानको व्यापक रुपमा अनुसन्धान गर्ने वातावरण सिर्जना भई अन्तर्राष्ट्रिय स्तरका बैज्ञानिक नेपालमा बन्लान भन्ने सोच्नु वर्तमान अवस्थामा कोरा कल्पना मात्र हुने देखिन्छ । यो बिषयमा नेपाल सरकारको गम्भीर ध्यानाकर्षण हुन् जरुरी छ ।

नेपालमा बिज्ञान तथा प्रविधिको विकास गर्न शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालयवाट छुट्याई स्वतन्त्र रुपमा विज्ञान तथा प्रविधि मन्त्रालय बनाएमा मात्र बिज्ञान तथा प्रविधिको विकास हुन सक्ने देखिन्छ ।  विज्ञान तथा प्रविधिलाई अधिकतम उपयोग गरी मुलुकलाई विकास र आर्थिक समृद्धिको मार्गमा अघि बढाउनैपर्छ ।

यो पनि पढनुहोस्

सामाजिक बहस – सरकारले तुरुन्त विज्ञान तथा प्रविधि मन्त्रालयलाई स्वतन्त्र राख्नुपर्छ, शिक्षामा गाभ्नुहुन्न भन्ने विचारमा तपाईको धारणा के छ ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!