मुख्य समाचार

उत्कृष्ठ विज्ञान पत्रकारको रुपमा २ जना पत्रकारहरु पुरस्कृत

असोज १, २०७६, काठमाडौँ । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज असोज १ गते सातौँ ‘राष्ट्रिय विज्ञान दिवस’ २०७६ सफलतापूर्ण भव्यताका साथ सम्पन्न गरेको छ । यस वर्षको राष्ट्रिय बिज्ञान दिवसको नारा “विज्ञान, प्रविधि र नवप्रवर्तन : सामाजिक आर्थिक रुपान्तरण” भन्ने रहेको छ । उक्त दिवसको मूल समारोह समितिको मुख्य कार्यक्रम आज राष्ट्रियसभा गृह, भृकृटीमण्डपमा भएको थियो । सो अवसरमा विज्ञान विषयमा सूचना सम्प्रेषण गरी उत्कृष्ठ उत्कृष्ठ विज्ञान पत्रकारको रुपमा छनौट भएकोमा २ जना पत्रकारहरुलाई पनि पुरस्कृत गरिएको छ । पुरस्कृत हुनेहरुमा साइन्स इन्फोटेक डट कम डट एनपीका प्रधान-सम्पादक गोपाल भण्डारी र एबिसी टेलिभिजनकी समाचारवाचिका एवं प्रस्तोता सन्तोषी अधिकारीलाई सम्मान स्वरुप रु. १५ हजार राशिको पुरस्कार सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदान गर्नु भयो ।

गोपाल भण्डारी

पुरस्कृत हुने गोपाल भण्डारी साइन्स इन्फोटेक डट कम डट एनपी अनलाइन पत्रिकाका प्रधान-सम्पादक तथा अनुसन्धान तथा विकास प्रतिष्ठान नामक संस्थाका अध्यक्ष पनि हुनुहुन्छ । उहाँले गोल्डेन साईन्फिक एज मासिक पत्रिकामा सन् २००९ देखि सन् २०१० सम्म सह-सम्पादक, रिभो साइन्स मासिक पत्रिकामा सन् २०१२ देखि सन् २०१४ सम्म सह-सम्पादक, साइन्स इन्फोटेक डट कम डट एनपी अनलाइन पत्रिकामा सन् २०१४ देखि हालसम्म प्रधान-सम्पादकको रुपमा रहेर काम गर्नु भएको छ । एक दशकदेखि लेखन, पत्रकारिता र अनुसन्धानमा संलग्न भण्डारीका विभिन्न विषयहरुका १२ वटा पुस्तकहरु, ८ वटा अनुसन्धानात्मक प्रतिवेदनहरु, ४ वटा बैज्ञानिक जगत नामक जर्लनमा अनुसन्धानात्मक लेखहरु, विभिन्न बिज्ञान मासिक, पाक्षिक पत्रपत्रिकाहरुमा लगभग १०० वटा जति बिज्ञान सम्वन्धि लेखहरु र विभिन्न अनलाइनहरुमा लगभग १,००० जति बिज्ञान र अन्य बिषयहरुका लेखहरु प्रकाशित छन् । उहाँका लेखहरु बैज्ञानिक, अनुसन्धानमुलक र सामाजिक जनचेतनामुलक हुन्छन । उहाँका भौतिकशास्त्र बिषयमा स्नातकोत्तर तहमा ९ वटा, नेपालको संविधानसभा २०७० का सदस्यहरू, नेपालको दोस्रो संविधान सभा तथा व्यवस्थापिका संसदका सदस्यहरू, विज्ञानका जिज्ञासाहरु गरी १२ वटा पुस्तकहरु प्रकाशित छन् । उहाँ बिभिन्न बौद्धिक, बैज्ञानिक तथा सामाजिक संघ संस्थाहरुमा पनि आबद्ध हुनुहुन्छ ।

सन्तोषी अधिकारी

अर्की पुरस्कृत हुनु भएकी पत्रकार सन्तोषी अधिकारीले विगत १४ वर्षदेखि पत्रकारिता शुरु गरेकी हुन् । शुरुवाती दिनमा देशान्तर साप्ताहिक, नुवाकोट एफएम, नेपालवाणी रडियो नेटवर्क, इमेज एफ एम, इमेज न्युज एफमा समाचारवाचिका साथै कार्यक्रम संचालिकाको रुपमा काम गरेकी थिइन् । उनले एभिन्युज टेलिभिजन, प्राइम टाइम्स टेलिभिजन हुँदै हाल एबिसी न्युज टेलिभिजनमा समाचारवाचिका एवं कार्यक्रम निर्माता, प्रस्तोताको रुपमा काम गर्दै आएकी छिन् । हाल उनले एबीसी टेलिभिजनमा समाचार वाचनका साथै स्वास्थ्य विज्ञानसंग सम्बन्धित कार्यक्रम आवर हेल्थ सञ्चालन गर्दै आएकी छन् । उनका विज्ञानसँग विभिन्न अनुसन्धानमुलक लेख र रचनाहरु प्रकाशित भएका छन् ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

आज असोज १ गते राष्ट्रिय विज्ञान दिवस मनाइदै

भोली असोज १ गते मनाइने राष्ट्रिय विज्ञान दिवसको कार्यक्रम तालिका

सातौँ ‘राष्ट्रिय विज्ञान दिवस’ २०७६ को सप्ताहव्यापी कार्यक्रमको तालिका

सातौँ राष्ट्रिय विज्ञान दिवस २०७६ को बारेमा पत्रकार सम्मेलनको आयोजना

यस्तो छ राष्ट्रिय विज्ञान दिवस-२०७६ को नारा

सरकारले असोज १ गते ‘राष्ट्रिय बिज्ञान दिवस’ भव्यताका साथ मनाउने

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!