जीवनशैली

मानिसको ठूलो शत्रु आलस्य हटाउने अचूक औषधि

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

आलस्य मानिसको ठूलो शत्रु हो । आज नेपालीहरू यही आलस्यको सिकार भएका छन् । जब-जब यो रोग मानिसलाई लाग्न थाल्दछ तब-तब मानिस कामचोर हुन थाल्दछ । न स्वयम् केहि गर्छ न अरूलाई गर्न दिन्छ । मेरो अनुभवमा केहि बर्ष पहिले वा भनौं पंचायत कालमा मानिसको झुकाब खेती किसानमा बढी जान थालेको थियो खेत जोत्ने आफै गर्दथे तर पछि जोत्नको लागि गोरुको ठाउँमा टेक्टर आयो जोतकोटमा मानिस लाग्न छाडे ।

मौसम अनुसार धान गहुँको सिजनमा सवै खेतमा हुने गर्थे तर धान काट्ने मेसिन गहुँ काट्ने मेसिन र धान रोप्ने मेसिन आएपछि खेतमा पस्न छाडे यसरी मानिस क्रमश: एैयासीतर्फ लाग्न थाले । आज सवैभन्दा ठुलो बहाना नहर नहुनाले खेत बाँझो छ टेक्टर भएपनि खेती योग्य जमिनतर्फ कसैको झुकाव छैन ।

नेपालीहरू यति धेरै परनिर्भरमा लागे कि बखान गरेर साध्य भएन । यहाँ यस्तो बनाउन सरकार पनि दोषी छ । विदेशी सामानलाई स्थान दिइएको छ उत्पादनमुखी नबनाएर परनिर्भरमुखी जनतालाई बनाइएको छ । नेपाली उत्पादन शुन्यमा झारिएको छ । कमिसनतन्त्र हाबी भएको छ ।

आलस्य मानिसको ठूलो शत्रु हो भन्दा खासै फरक छैन मैले आज यो आलस्य कसरी हटाउने भन्ने विषयमा जानकारी पस्कन गइरहेको छु । यो भन्दा पहिले एउटा कुरा मलाई भन्न मन लाग्यो, आज आलस्यको रेखामुनि रहेका सम्पुर्ण नेपालीले यो औषधि सेवन गर्न सके मलाई लाग्छ सवै नेपाली पनि आलस्य जस्तो रोगको सिकार हुने थिएनन् ।

आउनुस आलस्यले गर्ने सवैभन्दा ठूलो असर समाजमा पनि देख्न सकिन्छ । अधुरा काम गर्न पठाउन नसक्ने र हिसाब-किताब दुरस्त नहुँदा सवै फाइदा अरूलाई हुने गरेको सबैलाई पक्कै थाहा होला अब यो रोगको उपचार अहिलेसम्म थिएन तर मैले नेपालीहरूको लागी आलस्यको औषधि सस्तो मुल्यमा भित्र्याएको छु ।

मेरो उद्धेश्य समस्त नेपाली निरोगी रहुन भन्ने हो । आज मैले ल्याएको औषधि यदि सामुहिक रूपमा बाँडेर खान सके ठूलो फाइदा हुन सक्ने विश्वास लिएको छु । यो औषधि भित्र्याउन मलाई धेरै मेहनत गर्नु परेको थियो बल्ल-तल्ल भित्र्याएर सबैलाई जानकारी पस्कने काम गर्दैछु ।

आलस्यको औषधि यस्तो छ प्रयोग गरेर लाभ लिने काम गरौं

१. प्रात: उठ्नासाथ नुहाउने र एउटा खुट्टाको बलमा खडा भएर नित्य पुर्बतर्फ हेर्दै “ॐ नमोभगवते सूर्याय स्वाहा ” भन्दै १०८ पटक जाप गर्न सके क्रमश: आलस्यपन हट्न गई मानिस काममा व्यस्त हुनेछ ।

Like & Follow us on Facebook

यो पनि पढनुहोस्

लक्ष्मी खुसी पारी पैसा तान्ने मन्त्र

के थकाई मन्त्रले ठिक हुन सक्ला ?

धन प्राप्तिको लागि कुन राशिका मानिसले के मन्त्र जप्ने ?

दुर्गा सप्तशतीको सिद्ध मन्त्र जप गरेमा मिल्नेछ यस्तो लाभ

गायत्री मन्त्र किन जप्ने ? कुन समयमा जप गर्ने ? जानीराखौं

मन्त्रद्वारा के रोग ठिक हुन सक्छ ? आजको युगमा मन्त्रमा विश्वास गर्ने कि नगर्ने

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!