स्वास्थ्य

अनिन्द्राको अचूक औषधि मन्त्रद्वारा लाग्नेछ गहिरो निन्द्रा

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

अनिन्द्राको थुप्रै कारणहरूमध्ये मानसिक चिन्ता पनि एक हो । आजकाल बेरोजगारको पिडाले गर्दा मानिस रातको निद न दिनको चैन सवै खराब भएको छ । निन्द्राको कारणले गर्दा थुप्रै रोगहरू निम्तने खतरा पनि कम छैन । आज मैले पाठकको फाइदाको लागि मन्त्रद्वारा निन्द्राको औषधिबारे जानकारी पस्कन गइरहेको छु ।

आजकाल बजारमा निन्द्राका थुप्रै औषधिहरू आएका छन् तर यस्ता औषधि सेवन गर्दा क्षणिक फाइदा भएपनि पछि हेविट हुनाले नखाई निन्द्रा नलाग्ने जस्ता समस्या निम्ताउन सक्नेछ । औषधिद्वारा निन्द्रा लगाउनु भन्दा यो उपाय अपनाउदा बढी फाइदा हुने हामीले देखेका छौं । निन्द्रा नलाग्नाले पनि थुप्रै रोग लाग्ने सम्भावना हुन सक्छ । दिनभरिको थकाउन मेटाउन निन्द्रा अपरिहार्य छ । बाच्नको लागी जति खानको आवस्यक छ त्यो भन्दा बढी आरामको पनि आवस्यक छ ।

गहिरो निन्द्रा शारीरिक र मानसिक स्वस्थ्य एवं सुन्दरताको लागि आवश्यक छ । भनिन्छ, यो प्रकृतिको एक महान औषधी हो । गहिरो निन्द्राले हामीलाई आफ्नो उर्जा हासिल गर्न, मस्तिष्कलाई ताजा राख्न र शारीरिक संसाधनको अधिकतम प्रयोग गर्न मद्दत गर्छ । राम्रो स्वास्थ्य र निन्द्राको बीच गहिरो सम्बन्ध छ । यसै कुरालाई ध्यानमा राख्दै पाठकको हितमा मन्त्रद्वारा निन्द्राको औषधि पस्कन लागेका छौं । आउनुहोस् यसको उपचार गर्ने तरिकाबारे जानौ । यो भन्दा पहिले उमेर अनुसार कसलाई कति निन्द्रा आवश्यक छ भन्नेबारे तल दिएको जानकारी मनन गरौं ।

उमेर अनुसार हरेक व्यक्तिलाई निन्द्रा कति आवश्यक ?

१. नवजात (१ देखि ११ महिना )

भर्खर जन्मेका देखि ११ महिना सम्मको बच्चाहरु सामान्यतया दैनिक १४ देखि १७ घण्टासम्म सुत्नु पर्दछ ।

२. किशोरकिशोरी (१४-१७ बर्ष)

किशोर किशोरीहरुका लागि निद्राको अवधि ८ देखि १० घण्टा हो ।

३. युवा (१८-२५ बर्ष)

युवा उमेर समूहकाहरुले ७ देखि ९ घण्टा सुत्नु उपयुक्त हो ।

४. वयस्क (२६-६४ बर्ष)

यो उमेर समूहका लागि निद्राको अवधि युवाहरुको लागि जस्तै छ ।

५. बृद्ध (६५ बर्ष भन्दा माथि)

यो उमेर समूहका मानिसहरुका लागि दैनिक ७-८ घण्टाको निद्रा स्वस्थ मानिएको छ ।

मन्त्रद्वारा निन्द्रा प्राप्त गर्ने तरिका यस्तो छ

१. बिस्तारामा सुत्नासाथ १ देखि १०० सम्म गन्नुहोस् र सास रोकेर ॐ कुम्भ कर्णाय नम: भन्दै सास छोड्नु निन्द्रा लाग्न थाल्नेछ । केहि समयपछि निन्द्रा लाग्न थाल्नेछ ।

Like & Follow us on Facebook

यो पनि पढनुहोस्

लक्ष्मी खुसी पारी पैसा तान्ने मन्त्र

के थकाई मन्त्रले ठिक हुन सक्ला ?

मानिसको ठूलो शत्रु आलस्य हटाउने अचूक औषधि

धन प्राप्तिको लागि कुन राशिका मानिसले के मन्त्र जप्ने ?

दुर्गा सप्तशतीको सिद्ध मन्त्र जप गरेमा मिल्नेछ यस्तो लाभ

गायत्री मन्त्र किन जप्ने ? कुन समयमा जप गर्ने ? जानीराखौं

मन्त्रद्वारा के रोग ठिक हुन सक्छ ? आजको युगमा मन्त्रमा विश्वास गर्ने कि नगर्ने

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!