आयुर्वेद

औषधिको रुपमा बेलपत्रको प्रयोग

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

सवैभन्दा पहिले हामीले बेलपत्र भगवानको प्रसादको रूपमा प्रयोग गर्दै आएका थियौँ तर यसलाई स्वास्थ उपचारमा प्रयोग गरेका थिएनौं तर प्रकृतिले हामीलाई यस्तै यस्तै अनगिन्ती औषधि दिएको छ यसलाई प्रयोग गर्छौं भने यसबाट थुप्रै फाइदा उठाउन सक्छौँ ।

आज हामीले बेल खाने त गरौं तर बेलको फलबाट मात्र होइन यसको पातबाट उपचार गर्ने विधिसम्म जान्नेछौं । आउनुस् उसको पातबाट के कस्ता रोग निको गराउन सकिन्छ भन्नेबारे जान्न प्रयत्न गरौं । यसको पात मधुमेह रोगमा उपयोगी हुने कुरा हालका केही प्रयोगहरूले सिद्ध गरिदिएका छन्।

बेलको महत्व हिन्दु धर्म अंर्तगत ऋग्वेद, शिवपुराण, अग्नि पुराणमा पनि उल्लेख भएको छ । शिव, गणेश आदिमा बेलपत्र चढाइन्छ । शिवरात्रीको अवसरमा समेत प्रत्येक शिवालयमा प्रशस्त बेलपत्र चढाइन्छ ।

बेलपत्रको प्रयोग

१. ज्वरो आएको बेला बेलको पात ल्याउने र पकाउने र यो पानी ज्वरो आयको बेला सेवन गराउनाले राम्रो फाइदा गर्दछ ।

२. मौरीले टोकेको ठाउमा बेलपत्र दल्नाले जलन निको हुन्छ ।

३. बेलको ११ पातमा ३ दाना मरिच राखेर पिस्ने नित्य ४१ दिन सम्म खाने गर्नाले सुगर निको हुनेछ ।

४. हृदय रोगीले हार्ट अटेक नहोस् भन्ने चाहना भए बेलपत्रको काढा नित्य पिउनाले राम्रो फाइदा गर्दछ ।

५. श्वास प्रश्वासका रोगीले नित्य बेलपत्रको काढा पकाएर सेवन गर्नाले दम बढ्नबाट रोक्छ ।

६. गर्मीको कारण मुखमा घाउ भएको छभने बेलपत्र चपाउनाले घाउ निको हुन्छ ।

७. आजकाल पायल्स नहुने कोही छैन । पायल्सको रोगमा बेलको जराको भित्री भाग ल्यायर पिस्ने र धुलो बनाएर राख्ने र नित्य १ चमच पाउडर सेवन गराउनाले पायल्स रोग निको हुन्छ ।

८. पायल्समा काचो बेलको गुदो सौफ र सुठो मिलाएर काडा पकाउने र सेवन गर्ने गर्नाले पनि यो समस्या हल हुन्छ ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

स्वास्थ्यको लागि हरियो धनियाका फाइदाहरु

मानव स्वास्थ्यको लागि प्याज खानुका फाइदाहरु

स्वास्थ्यको लागि एभोकाडो खानुका फाइदाहरु

स्वास्थ्यको लागि चिप्ले किरा खानुका फाइदाहरु

स्वास्थ्यको लागि पिस्ता खानुका फाइदाहरू

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!