आयुर्वेद

मासिक स्राव बढी भएमा धनिया र पुदिना हुन् अचूक औषधी

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

मासिक स्राव बढी भएमा धनिया र पुदिना हुन् अचूक औषधी । हरेक महिला गर्भधारणको लागि परिपक्क छन् भन्ने कुरा नियमित मासिक स्रावले जनाउने गर्दछ तर बढी मासिक स्राव हुनु तल्लो पेट बढी दुख्नु रोगको घोतक हो भन्दा खासै फरक छैन । मासिक स्राव कहिले, कुन उमेरमा, कसरी हुन्छ ? थाहा हुँदैन । धेरैजसो युवतीको ११ देखि १३ बर्षको उमेरमा पहिलो मासिक स्राव हुन्छ । यद्यपी कसैको भने ९,१० बर्षको उमेरमै र कसैको १६ बर्षपछि पनि मासिक स्राव शुरु हुन सक्छ । मासिक स्राव स्वभाविक प्रक्रिया हो । त्यसैले यसमा खासै चिन्ता मान्नु पर्दैन ।

१० देखि १५ बर्षको उमेरमा किशोरीको अण्डकोशले हरेक महिना एउटा विकसित अण्डा पैदा गर्न सुरु गर्छ । औसत मासिक धर्मचक्र २८ दिनको हुन्छ । यो अलग पनि हुनसक्छ । शुरु दिनमा मासिक स्राव अनियमित पनि हुन सक्छ । आज हामीले अत्यधिक मासिक स्रावको औषधि भान्साबाट शुरु गर्दैछौं । धनियाबारे शायद कसलाई थाहा नहोला । प्रकृतिको देनलाई हामीले मान्नुपर्छ । भान्सामा औषधि छ तर प्रयोग हुन सकिरहेको छैन । यसको ठोस कारण भनेको जानकारी नहुनुलाई मान्न सकिन्छ ।

आउनुस आज धनिया र पुदिनाबाट कसरी उपचार गर्न सकिन्छ भन्नेबारे जानौं ।

१. मंगलबारको दिन धनिया कलई गरेको पितलको भाडामा ६ ग्राम जति धनिया, आधा लिटर पानीमा राखेर पकाउनुहोस् । आधा पानी बाँकी रहेपछि २०० ग्राम जति मिश्री मिलाएर बिहिबारदेखि आइतबारसम्म थोरै थोरै खान दिनुस, मासिक स्राब नियमित हुन थाल्दछ ।

२. १२,१३ पत्ता पुदिना लिनुहोस् । १ गिलास पानीमा राखेर पकाउनुहोस् । पाक्दा-पाक्दा आधा भएपछि थोरै मनतातो भएपछि खान दिनुस, यो समस्या ठिक हुन्छ ।

नोट : मासिक स्राव बढी हुनुमा अन्य कारण पनि हुन सक्छ । डाक्टरको परामर्शमा उपचार गराउनु पर्दछ । यस्ता औषधिसंग अन्य औषधि पनि चलाउनुदा खासै फरक पर्दैन ढुक्कसंग चलाउन सक्नुहुन्छ ।

Like & Follow us on Facebook

यो पनि पढनुहोस्

औषधिको रुपमा धतुराको प्रयोग

कान पाक्ने रोग र यसको उपचार

महाऔषधि रद्राक्षको प्रयोगबाट हुने फाइदाहरु

औषधीको रुपमा बोझोको प्रयोग

सेक्स पावर बढाउने लसुन खानुका फाइदाहरु

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!