आयुर्वेद

शरीरमा भएको कालो दाग हटाउने सुत्र

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

शरीरमा भएको कालो दागको उपचार छाला रोग विशेषज्ञसंग पनि नभएको केहि मानिसको जीकिर छ । आज मैले यो रोगको सुत्र पाठक सामु पेश गर्न गइरहेको छु । अनुहारमा कालो दाग देखिएमा सुन्दरतामा खलल पुर्याउन सक्छ । यस्तो रोग एकपटक कसैलाई देखिएमा चाँडो निको नहुने केहिको दावी छ ।

यो रोगको प्रमुख कारण सिफिलिस हो भन्ने केहीको मत छ । बाबु आमाको लापरबाहीको सिकार सन्तानले भोग्नुपर्ने हुन सक्छ । यस्ता रोग हजुरहरूको समाजमा छ भने यो उपचार गर्न लगाउनु भएमा पुण्यको काम हुनेछ । नेपाली समाजमा यस्ता रोग फाटफुट देखिने गरेको पाइन्छ ।

एकपटक मैले एक जनालाई यो सुत्र बताएको थिए केहि ठिक भएको उहाँको जिकिर थियो तर पछि उहाँ यो ठाउँ छोडेर अन्तै जानुभयो अहिले भेट हुन सकेको छैन । हाम्रो देशमा यस्ता अनेकौं औषधि छन् तर पहिचान र अनुभवको अभावले गर्दा प्रयोगबाट मानिस बन्चित भएका छन् । आज हामीले यस बारेमा पाठकलाई राम्रो जानकारी पस्कने छौं ।

मेहदी हाम्रो बारमा प्राय: देखिन्छ । मेहदिको पात ल्याउनुहोस् र सावुन समभाग मिलाएर लेप बनाउनुहोस् । दागमा यो लेप लगाउनु होस क्रमस यो रोग निको हुदै जानेछ । यस्ता अनेकौं रोग मेरो बाबाले यो सुत्रबाट निको बनाउनु भएको थियो । उहाँले यो सुत्र जनहितमा बाड्नु सबैको कल्याण हुनेछ भन्नु हुन्थ्यो ।

यो लेख पढ्नु हुने जो कोहिले यो औषधि बनाएर यस्ता बिरामीको सेवा गर्न सक्नुहुन्छ । यसको कुनै हानीकारक प्रभाव छैन् । मानव सेवा जस्तो ठूलो सेवा केहि छैन । मानव सेवा आफूले जानेको जडिबुटीबाट गर्न सक्नु हुन्छ । यो लेखलाई सेयर गरेर हरेकको पहुँचसम्म पुराउनु हुनेछ । धन्यवाद !

Like & Follow us on Facebook

यो पनि पढनुहोस्

मासिक स्राव बढी भएमा धनिया र पुदिना हुन् अचूक औषधी

औषधिको रुपमा धतुराको प्रयोग

कान पाक्ने रोग र यसको उपचार

महाऔषधि रद्राक्षको प्रयोगबाट हुने फाइदाहरु

औषधीको रुपमा बोझोको प्रयोग

सेक्स पावर बढाउने लसुन खानुका फाइदाहरु

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!