आयुर्वेद

यी हुन शरीरमा गडेको काटा गलाएर फाल्ने जडिबुटीहरु

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

शरिरभित्र गडेको काँडा जडिबुटी सेवन गरेर निकाल्छ भन्दा अचम्म लाग्छ । हामीले जडिबुटीबाट यस्तो फाइदा लिन सक्नेछौं । मैले थुप्रै यस्ता समस्यामा प्रयोग गरेर हेरेको छु । यदि काँडा गडेको छ निकाल्न सकिएको छैन भने जडिबुटीको रस राख्नाले गडेको काडा बाहिर आउछ ।

यस्ता विषय बस्तु अन्य Online पत्रिकामा पाउन गार्हो छ । पाठकको ज्ञान अभिवृद्धि गराउन हामी विगत लामो समयदेखि कम्मर कासेर अघि बढि रहेका छौं । यस्ता गोप्य रहस्य जाने र जीवनमा प्रयोग गरेर नाम र यस कमाउन सक्नु हुनेछ । हाम्रो उद्धेश्य जडिबुटी कसैबाट अछुतो नरहोस भन्ने हाम्रो परामर्श छ ।

यस्ता अनेकौं जडिबुटीबारे जानकारी दिनेछौं गर्न र पढ्न नभुल्नुहोला सकेसम्म सेयर गरेर सवै सामु पुराउनु होला । अनुसन्धान र अनुभव गरेका जडिबुटी डाइरीमा लेखेर राखेमा एकदिन काममा आउनेछ ।  आउनुस् अब यस्ता कुन जडिबुटी छन् जसको प्रयोगले गडेको काढा निकाल्न सक्छ ।

यस्ता जडिबुटी हाम्रो वरिपरि रहेका तर यसका फाइदा नजान्नाले त्यसै खेर गएको देखिएको छ। यस्ता जडिबुटी हुन धतुरो र आँक यसलाई नचिन्ने को होला तर यसको फाइदा नजान्नाले प्रयोग विहिन देखिएका छन् । आँकको रूख २५ बर्ष पुगेपछि गणेशको मुर्ति हुने कुरा आयुर्वेदिक ग्रन्थमा लेखेको पाइन्छ । यदि कसैले यो निकालेर राख्छ भने नसोचेको सफलता र धन धान्यको वृद्धि हुनुको साथै लक्ष्मीको बास हुने लेखेको छ ।

आउनुस् गडेको काँटा कसरी निकाल्ने जानौं

१. धतुराको सानो पात गुडमा लपेटेर खानाले जस्तोसुकै काढा शरिरबाट गलाएर फाल्दछ ।

२. काँटा गडेको छ तान्न सकिएको छैन भने आँकको दूधलाई गडेको ठाउमा लगाएर बाधी दिनु भोलीपल्ट हेर्नु बाहिर निस्कन्छ । यो मेरो निजी अनुभव हो । थुप्रै व्यक्तिहरूले यसको प्रयोग गरेर फाइदा उठाउनु भएको छ ।

नोट : धुतुराको पात सेवन गर्दा थोरै लाग्न सक्ने हुनाले वैद्यको रेखदेखमा सेवन गराउनु भनेको छ । तर गुडमा लपेटेर सेवन गर्दा हानी नगर्ने भनेतापनि बच्चाहरुलाई भने नखुवाउदा राम्रो हुनेछ । यस्ता औषधि विषादी हुनाले वैद्यको परामर्श लिएर मात्र सेवन गराउनु होला भन्ने हाम्रो आग्रह छ ।

यो पनि पढनुहोस्

वाथ, जोर्नी दुख्ने समस्याको सफल उपचार

छाती किन दुख्छ ? यस्तो छ यसको घरेलु उपचार

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!