खानपान

हरियो साग खाउँ, निरोगी बनौं

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

मानव स्वास्थ्यमा हरियो सागको महत्व ठूलो छ । हाम्रो दैनिक खानामा हरियो सागसब्जी समाबेस भएको हुनुपर्छ । हरियो सागबाट अनगिन्ती फाइदाहरु हामीले लिन सक्छौं । कोलकत्ताको Neural Eye Cara Center मा केहि दिन आँखा सम्बन्धी अध्ययन गर्न पुगेका थियो त्यहाँ दैनिक आँखाको व्याम गरी सकेपछि हरियो सागपातमा १०,१५ मिनट हेर्ने अभ्यास गराउदो रहेछ ।

यसरी दैनिक हेर्दा आँखामा शितलता प्राप्त हुनुको साथै नेत्र ज्योति बढ्दो रहेछ । हरियो सागमा हेर्ने मात्रले यति फाइदा हुन सक्छ भने खाएर झन कति फाइदा भएको हुन सक्छ सहजै अनुमान गर्न सकिन्छ । ‌‌हरियो साग खाउँ नेत्र ज्योति बढाउ शरीरमा लाग्न सक्ने थुप्रै रोग भगाउँ भन्ने नाराका साथ सबैले यसतर्फ ध्यान दिन सकौं भन्ने हाम्रो आग्रह छ ।

हरियो सागको सेवनबाट हुन सक्ने फाइदाहरू

१. लामो समय कम्प्युटर मोवाइल जस्ता कारणले गर्दा आँखा कमजोर भएको हुन सक्छ यसो भएमा हरियो सागको नियमित सेवनले आँखा कमजोर हुनबाट बचाउनेछ । हरियो सागमा भिटामिन ए का साथै अरू पनि थुप्रै पोषकतत्व हुन्छन् जसले आँखालाई तेजिलो बनाउन सहयोग गर्छ ।

२. हरियो सागमा प्रशस्त मात्रामा क्याल्सियम भिटामिन डी हुन्छ जुन हड्डीका लागि उपयोगी छ । उमेर बढ्दै गएपछि हड्डीका पनि विभिन्न समस्या देखा पर्दै जान्छन् । त्यसका लागि डाक्टरहरूले क्याल्सियमका औषधि दिन्छन् । नियमित खाने सागमा क्याल्सियम पाइन्छ भने साग खान किन जोड नदिने ? तसर्थ बाल्यकालदेखि नै साग खाने बानी बसाल्नु अति उपयुक्त हुन्छ ।

३. हरियो साग जति स्वास्थ्यका दृष्टिले उपयोगी छ उति नै यसले सुन्दरतामा पनि सहयोग पुर्‍याउँछ। एन्टीअक्सिडेन्टको गुणले भरिपूर्ण सागले अनुहारलाई ताजा राख्छ ।

४. हरियो सागले क्याल्सियम, फाइबर तथा आइरन प्रदान गर्छ जसले पेटको भित्री सफाइमा मद्दत पुर्‍याउँछ । कोलिन क्यान्सरबाट जोगाउने कैयौं मिनरल्स हरियो सागबाट प्राप्त हुन्छ ।

५.नियमित हरियो साग सब्जी खानेहरूलाई दिसा कब्जीयत हुदैन । पेटको रोगको प्रमुख कारण भनेको दिसा सफा नहुनु पनि एक हो । कब्जीएतका कारणले ठूला मात्र होइन सानामा पनि रोग निम्ताउन सक्छ । हरियो सागमा प्रसस्त भिटामिन हुने हुनाले सागको प्रयोग गरौं ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

स्वास्थ्यको लागि करेला खानुका फाइदाहरु

स्वास्थ्यको लागि मेवा खानुका फाइदाहरु

स्वास्थ्यको लागि करी पत्ता खानुका फाइदाहरु

स्वास्थ्यको लागि सितलचिनी खानुका फाइदाहरु

स्वास्थ्यको लागि सितलचिनी खानुका फाइदाहरु

स्वास्थ्यको लागि कर्कलो खानुका फाइदाहरु

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!