खानपान

शरीर कमजोर हुँदा खाने खानेकुराहरु

हामी जव दिनभरी काम गरेर थाक्छौं । शरीरको उर्जा कम हुन्छ । शरीरमा उर्जा कम भएपछि आराम जरुरी हुन्छ । शरीरको आरामको लागि सुत्नु अत्यावश्यक छ । यसका साथै शरीर कमजोर हुँदा चाडैं पच्ने तर शरीरलाई तागत दिने खानेकुराहरु खानु जरुरी छ । शरीर कमजोर हुँदा खाने खानेकुराहरु निम्न अनुसार छन् ।

यो पनि पढ्नुहोस् 

शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउने खानेकुराहरु र जडीबुटीहरु

हाई ब्लडप्रेशर हुँदा खान हुने खानेकुराहरु

यूरिक एसिड बढ्दा खान नहुने खानेकुराहरु

उच्च रक्तचापमा खान नहुने खानेकुराहरु

हृदयघातवाट बच्न के के खानेकुराहरु खानुहुन्छ र खानुहुदैन ?

आँखा तेजिला बनाउन खानुहोस् यस्ता खानेकुराहरु

मुड फ्रेश बनाउने खानेकुराहरु

जाडो मौसममा खाने खानेकुराहरु के के हुन् ?

१‍. दैनिक पालकको सागको एक गिलास जुस पिउँदा शरीरलाई ऊर्जा मिल्छ ।

२‍. एक गिलास दूधमा एक चम्चा मह र थोरै बेसार मिलाएर नियमित खाँदा कमजोरी हट्छ ।

३‍. बिहान र साँझ दैनिक दुई कोसा केरा दूधमा मिसाएर खाँदा कमजोरी हराउँछ ।

४‍. अनारको गेडा सुकाएर पिसेको धुलो बिहान र बेलुका एक-एक चम्चा नियमित खाँदा शरीरले शक्ति प्राप्त गर्छ ।

५‍. चार-पाँच वटा छोकडा, दुई-तीन वटा काजु, दुई वटा बदाम मिसाएर एक गिलास दूध उमाल्ने र त्यसमा एक चम्चा मिश्री मिसाएर नियमित पिउँदा कमजोरी हुँदैन ।

Like & Follow us on Facebook

६‍. अमलाको धुलोलाई मिश्रीको धुलोसँग मिसाएर दैनिक सुत्नुभन्दा अघि एक चम्चा पाउडर खाने गर्नुपर्छ ।

७‍. एक गिलास दूधमा एक चिया चम्चाको चार भागको एक भाग दालचिनीको धुलो र एक चम्चा मह मिसाएर खाँदा शरीरमा स्फुर्ती आउँछ ।

८‍. साँझ पाँच चम्चा चनाको दाल एक गिलास काँचो दूधमा भिजाउने र बिहान मिश्री र किसमिस मिसाएर दैनिक पिउँदा शरीरको कमजोरी हराउँछ ।

९‍. दुई चम्चा मेथी पाँच घण्टासम्म पानीमा भिजाउने । भिजेको पानीलाई उमालेर दुई चम्चा मह मिसाएर नियमित खाँदा फाइदा पुग्छ ।

१०‍. खाना खाएपछि दैनिक एक कप अंगुरको ताजा जुस खानाले शरीर फुर्तिलो बन्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!